Successfully Copied

कुकिङको भाषा

चपिङ गर्नु : सागसब्जी एवं सलादलाई मसिनो टुक्रा पार्नुलाई चपिङ गर्नु भनिन्छ । स्लाइस गर्नु : कुनै तरकारी वा फलफूललाई पातलो वा लामो गरी एकै रूप वा आकारमा काट्नुलाई स्लाइस गर्नु भनिन्छ । बोइल गर्नु : उमाल्ने प्रक्रियालाई बोइल गर्नु भनिन्छ । बटर बनाउनु

चपिङ गर्नु : सागसब्जी एवं सलादलाई मसिनो टुक्रा पार्नुलाई चपिङ गर्नु भनिन्छ ।

स्लाइस गर्नु : कुनै तरकारी वा फलफूललाई पातलो वा लामो गरी एकै रूप वा आकारमा काट्नुलाई स्लाइस गर्नु भनिन्छ । 

बोइल गर्नु : उमाल्ने प्रक्रियालाई बोइल गर्नु भनिन्छ । 

बटर बनाउनु : इडली, डोसा आदि बनाउन तयार गरिने घोललाई बटर बनाउनु भनिन्छ । 

गोल्डेन ब्राउन : प्याज, पकौडा आदि खैरो हुने गरी भुट्नुलाई गोल्डेन ब्राउन भनिन्छ ।

बेक गर्नु : ओभनमा कुनै चीज तताउनुलाई बेक गर्नु भनिन्छ । 

ब्लान्च गर्नु : उमालेको पानीमा तरकारी हाली आधा पकाएर निकाल्नुलाई ब्लान्च गर्नु भनिन्छ । पालक पनिर बनाउनुअघि पालकलाई पानीमा ब्लान्च गरिन्छ ।

फोल्ड गर्नु : रोटीमा भर्नका लागि रोटी वा ब्रेडलाई मोड्ने प्रक्रियालाई फोल्ड गर्नु भनिन्छ । 

ग्राइन्ड गर्नु : कुनै पनि चीजलाई पिस्ने प्रक्रियालाई ग्राइन्ड गर्नु भनिन्छ । 

बिट गर्नु :  दही, अण्डा, बटर आदिलाई फिट्नुलाई बिट गर्नु भनिन्छ ।

चर्न गर्नु : लस्सी बनाउन दहीलाई बेस्सरी फिटेर नौनी निकाल्ने प्रक्रियालाई चर्न गर्नु भनिन्छ ।

मेरिनेट गर्नु :  पनिर, आलु आदिको मसला, दही वा कुनै मसलामा मोलेर राख्नुलाई नै मेरिनेट गर्नु भनिन्छ । 

पिल गर्नु : ताछ्ने कामलाई पिल गर्नु भनिन्छ ।

स्टिम गर्नु : कुनै पनि चीजलाई बाफमा पकाउनुलाई स्टिम गर्नु भनिन्छ । 

प्युरी बनाउनु :  कुनै चीजको बाक्लो घोल बनाउनुलाई प्युरी बनाउनु भनिन्छ ।  

स्टफ गर्नु : भर्ने प्रक्रियालाई नै स्टफ गर्नु भनिन्छ । परबल, करेला, क्याप्सिकन आदिमा मरमसला तथा तरकारी भर्ने प्रक्रिया नै स्टफ हो ।

डिप फ्राइ गर्नु : खैरो हुने गरी भुट्नुलाई डिप फ्राइ गर्नु भनिन्छ ।

 Image