जाडोका उपयोगी खानेकुरा
जाडो मौसममा खानपानमा ध्यान दिनु जरुरी हुन्छ । खानपानले नै शरीरको तापक्रमलाई सन्तुलनमा राख्छ । शरीरको भित्री तापक्रम बढाउन बढी क्यालोरीयुक्त खाना आवश्यक पर्छ ।
जाडो मौसम भएकाले यतिबेला धेरैले पानी तथा झोल कुरा कमै मात्रामा खान्छन् । यसले गर्दा धेरैलाई कब्जियत हुन सक्छ ।
कब्जियतबाट जोगिन हरियो सागपात, सलाद तथा रेसादार खानेकुरा प्रशस्त मात्रामा खानुपर्छ ।
राति दुईवटा रोटी, सागसब्जी, सुप तथा सलाद खानुपर्छ ।
पेटभरी तथा अपच हुने गरी खानुहुँदैन ।
नियमित रूपमा प्रशस्त मात्रामा पानी पिउनुपर्छ ।
रक्सी, चुरोट, खैनी, पान, जर्दा आदि सेवन गर्नुहुँदैन ।
चिल्लो, पिरो, मसालेदार, जंकफुड, फास्टफुड खाने बानी कम गर्नुपर्छ ।
राति छिटै सुत्ने र बिहान उठ्नासाथ ३–४ गिलास मनतातो पानी पिउनुपर्छ ।
दिनहुँ आधा घन्टादेखि एक घन्टा नियमित व्यायाम गर्नुपर्छ ।