स्वस्थ दाँत, खुसी शिशु
दुधे दाँतको राम्ररी हेरचाह नगरेमा दाँत समयअगाडि निकाल्नैपर्ने अवस्था आउने, दाँत नभएको ठाउँमा दाँत सर्ने, बांगोटिंगो आउने र भविष्यमा तार बाँध्नुपर्ने अवस्था आउँछ जुन अझ खर्चिलो र पीडादायी हुन्छ।

पहिले आफ्नो आवश्यकताको हिसाबले बजेट निर्धारण गर्नुपर्छ । कसैलाई पसलमा पुगपछि महँगो, ठूलो तथा सुविधाजनक ओभन किन्ने रहर हुन्छ तर बजेट नपुग्ने अवस्था हुन्छ । ओभन किन्नुअघि ब्रान्ड, मूल्य र सुविधाका सम्बन्धमा जानकारी लिनुपर्छ । आफ्नो भान्साको साइज एवं परिवारको सदस्य संख्याअनुसार माइक्रोवेभको साइज छान्नुपर्छ । एकात्मक परिवारका लागि १८ देखि २० लिटरको माइक्रोवेभ उपयुक्त हुन्छ । माइक्रोवेभमा खाना पकाउन र तताउन सकिन्छ । बजारमा दुई किसिमका माइक्रोवेभ पाइन्छन्–सोलो ग्रिल र कन्वेक्सन माइक्रोवेभ । ओभन पारदर्शी हुनु जरुरी छ अर्थात् भित्र पाकिरहेको खाना बाहिरबाट देखिनुपर्छ ।