सवीना सिग्देल (बञ्जारा)
मनोवैज्ञानिक परामर्शकर्ता
नेपाल एक प्राकृतिक सुन्दरता, विविध संस्कृति र परम्पराले भरिएको देश हो । यहाँ प्रत्येक जात–जाति, समुदाय, भूगोल र मूल्य–मान्यतानुसार आफ्नै किसिमका चाडपर्वहरू, वेशभूषा र परम्परागत संस्कृतिहरू रहेका छन् । यहाँका चाडपर्वहरू केवल उत्सव मात्र नभई हाम्रो जीवनशैली र सामाजिक सद्भावका अभिन्न अंग हुन् । साथै यी पर्व तथा संस्कृतिले मानिसहरूको मानसिक स्वास्थ्य प्रवद्र्धन तथा मनोवैज्ञानिक उपचारका क्षेत्रमा अत्यन्तै प्रभावकारी विधिका रूपमा काम गरिरहेका छन् ।
आधुनिक मनोविज्ञानले यस्ता सामुहिक–उत्सव, सांस्कृतिक गतिविधिहरू तथा आध्यात्मिक गतिविधिहरू, भावनात्मक अभिव्यक्ति सामूहिक परामर्श र सामाजिक एकता को प्रभावकारी माध्यमका रूपमा स्वीकार गरेको छ । दसैं, तिहार, छठ, ल्होसार, फागुपूर्णिमा आदि धेरै चाडपर्वले हामीलाई एकताबद्ध गर्छन् र जीवनमा खुसी तथा उमङ्ग भर्छन् । आज यिनै चाडपर्वहरूमध्ये नेपाली हिन्दू महिलाहरूको महान् चाड हरितालिका तीजका बारेमा र साथै यसको मनोवैज्ञानिक पक्षमा छलफल गर्छाैं ।
अभिव्यक्तिमूलक कला उपचार परिचय र विशेषताहरू ः
अभिव्यक्तिमूलक कला उपचार यो एक प्रकारको मनोचिकित्सा हो । जहाँ मानिसहरूले आफ्ना भावना, विचार र अनुभवहरूलाई शब्दमा मात्र नभई कलाका विभिन्न माध्यमहरू जस्तैः चित्रकला, नृत्य, संगीत, नाटक, लेखन आदिको प्रयोग गरेर व्यक्त गर्छन् । यो त्जभचबउथ ले मनमा दबेका, गुम्सिएका मनोभावनाहरूलाई सहजै बाहिर पोख्न र त्यसको पहिचान तथा समाधान गर्न सहयोग गर्छ ।
मनोविज्ञानमा एउटा भनाइ छ, मानिसहरूले आफ्ना मनभित्र गुम्सिएका भावनाहरू, पीडाहरू जति दबाएर राख्छन् त्यति नै मानसिक स्वास्थ्य समस्या देखिने उच्च जोखिम हुन्छ । त्यसैले अहिलेको व्यस्त जीवनशैली, तनावपूर्ण जीवनमा आफ्नो लागि समय छुट्टाएर मनभित्रका भावना मन मिल्ने साथीभाइ तथा आफन्तहरूसँग खुलेर व्यक्त गर्नु जसलाई पनि भनिन्छ जुन मानसिक स्वास्थ्यका लागि अति नै आवश्यक देखिएको छ । यसैकारण गर्दा लाई हाल संसारभरि मानसिक उपचारको सरल र प्रभावकारी विधिका रूपमा प्रयोग गरिएको छ ।
कला अभिव्यक्तिको माध्यमबाट गरिने उपचारका विशेषताहरू / फाइदाहरू :
मानसिक पीडा, तनावहरूलाई सिर्जनात्मक कलामार्फत व्यक्त गर्न वा बाहिर ल्याउन सहयोग गर्छ । यो थेरापीले मानिसलाई आफूभित्रका परि वर्तनहरू, आफूप्रतिको धारणा, सोचहरूबारे समयमै सजग बनाउँछ । साथै आफूप्रतिको माया, सद्भाव र आत्मसम्मान कायम राख्न सहयोग गर्छ । सामुदायिक सहभागिताबाट सम्बन्धहरू सुधार गर्छ र जसले गर्दा एक्लोपन, उदासीनता, डर–भयजस्ता मानसिक रोग लाग्नबाट बचाउँछ । समस्याहरूको समाधान गर्न, मानसिक स्वास्थ्य उपचार प्रक्रिया अघि बढाउन साथै दैनिकी तनावहरू व्यवस्थापन गर्न निकै सहयोग गर्दछ ।
हरितालिका तीज परम्परा, संस्कृति र अभिव्यक्तिको पक्ष :
हरितालिका तीज नेपाली हिन्दू महिलाहरूको एक महान् चाड हो । यो भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाइने गरिन्छ । यो पर्व दर खाने दिनबाट सुरु हुन्छ । मुख्यत ः व्रत, पूजा र ऋषिपञ्चमीसम्म मनाइन्छ । तीजको मुख्य दिनमा महिलाहरू रातो–हरियो वस्त्रमा सजिएर, नाचगान गर्दै, निराहार व्रत बसेर शिव–पार्वतीको पूजा गर्छन् । यो पर्व पति–पत्नीको दीर्घायु, सुखी दाम्पत्य जीवन र अविवाहितहरूका लागि सुयोग्य वरको कामनाका साथ पूजा गर्ने चलन छ । धार्मिक आस्थाका साथ राखिने व्रतले आत्म–अनुशासन र आत्म–चिन्तनको अवसर प्रदान गर्दछ, जसले महिलाहरूलाई आफ्नो भित्री मनसँग जोड्न र शान्ति महसुस गर्न सहयोग गर्दछ । यो एक प्रकारको ध्यान हो जसले एक सकारात्मक ऊर्जा, मानसिक शान्ति, आत्मसन्तुष्टि र आफूप्रतिको अहोभाव प्रदान गर्दछ ।
तीज पर्वलाई सतही रूपमा हेर्दा यो केवल एउटा धार्मिक र सामाजिक उत्सव मात्र लाग्न सक्छ, तर यसको गहिराइमा मानसिक स्वास्थ्यका लागि आवश्यक धेरै तत्वहरू लुकेका छन् । तीजको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको गीत–संगीत र नृत्य हुन् । महिलाहरूले वर्षभरि मनमा गुम्सिएका दुःख, पीडा, गुनासा, सासू–ससुरा र श्रीमान्का व्यवहार, चाल चलन, आफन्तस“गका गुनासाहरू, अनुभवहरू आदि समेटेर गीतका माध्यमबाट व्यक्त गर्छन् । समाजमा घटिरहेका घटनाहरू, कुप्रथाहरू, हिंसा, लैङ्गिक विभेद र महिलाको अधिकारजस्ता महत्वपूर्ण समसामयिक विषय वस्तु पनि शब्दहरूबाट समाजमा व्यक्त गर्दछन् यिनै गतिविधिलाई भनिन्छ ।
त्यसैगरी तीजमा लगाइने रातो र हरियो पहिरन, चुरा पोते, सिन्दूर वा अन्य शृंगारले आफूलाई सजाउनु र खुसी व्यक्त गर्नु पनि एक प्रकारको अभिव्यक्ति हो । साथै यो पर्वमा महिलाहरू माइती वा साथीभाइ आफन्तहरूसँग भेटघाट गर्छन्, एक–अर्काका दुःख–सुख बाँड्छन्, अनुभव साटासाट गर्छन् । यो एक प्रकारको क्रियाकलाप सामूहिक परामर्शको गर्दछ, जसले गर्दा एक्लोपना, उदासीनता, असामाजिक व्यवहारजस्ता मानसिक समस्याबाट जोगाउँछ । प्रायः घरभित्र मात्र सीमित महिलाहरूलाई आफ्नो मनका भावनाहरू पोख्न स्वीकार्य र सुरक्षित ठाउँ प्रदान गर्छ ।
अन्ततः यस्ता चाडपर्व मनाउनुले सांस्कृतिक पहिचानलाई बलियो बनाउँछ र आफ्नो संस्कृतिसँग जोडिनुले व्यक्तिमा “आफू को हुँ” भन्ने कुराको बोध गराउँछ । हाम्रो देशमा मनाउने प्रत्येक चाडपर्वहरूको आ–आफ्नै महत्व र मौलिकता रहेको छ जस्लै प्रत्यक्ष अप्रत्यक्ष रुपमा शारिरीक, मानसिक स्वास्थ्यमा गहिरो प्रभाव पारेको हुन्छ । त्यसैले थौरै समयका लागि उपचार विधि भए पनि सवै चाडपर्वहरू प्रभावकारी ढङ्गले मनाउनु एकदमै जरुरी देखिएको छ ।
निष्कर्षः
अहिले तीज मनाउने तरिकामा केही परिवर्तन आएको छ । सामाजिक सञ्जालमा देखासिकी, भड्किलोपन बढेको देखिन्छ । अहिले दर खाने नाममा तीज महिनौं अघिबाट महँगा पार्टीहरू, गरगहनाको प्रदर्शन र अनावश्यक खर्चले तीजको वास्तविक मर्मलाई ओझेलमा पारेको छ । यसले गर्दा कतिपय महिलाहरूमा आर्थिक बोझ र सामाजिक दबाब बढेको छ, जसले उनीहरूको मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ । आफूसँग नभएको कुराको देखासिकी गर्दा वा अनावश्यक खर्च गर्दा मनमा बेचैनी र हीनताबोध बढ्ने सम्भावना हुन्छ । देखावटीपन र भाइरल हुने होडबाजीले महिलाका वास्तविक पीडाहरू, गुनासाहरू समसामयिक विषयवस्तुहरू ओझेलमा परिरहेका छन् । त्यसैले यो पर्वलाई महिलाहरूका लागि भावनात्मक निकास, आत्म–अभिव्यक्तिको माध्यमका रूपमा लिनुपर्छ । महिलाहरूलाई, आफ्ना भावना अभिव्यक्त गर्न र उत्सवमा सहभागी हुन प्रोत्साहन गर्नुपर्छ । सबैलाई सुरक्षित वातावरण सिर्जना गरिदिनुपर्छ जहाँ उनीहरूले बिना डर हिच्किचाहट आफ्ना कुरा राख्न सकून् । यसले गर्दा संस्कृति र मानसिक स्वास्थ्यमा धेरै लाभ हुनेछ । प्रत्येक समुदायले यो विषयलाई गहन तरिकाले सोच्नुपर्ने वेला आएको छ ।
अन्ततः देश भित्र वा बाहिर रहनुभएका दिदीबहिनी, आमा–बुबा, छोरी, बुहारीलगायतका सम्पूर्णमा अब आउँदै गरेको हरितालिका तीज पर्वको शुभकामना टक्राउन चाहन्छु । कला संस्कृतिलाई जगेर्ना गर्दै एक मनोवैज्ञानिक उपचारको रूपमा स्वीकार गर्दै, रमाइलोसँग चाडपर्वहरू मनाऔं, समाजमा शान्ति, सद्भाव कायम राखौं, निरोगी र स्वस्थ रहौं ।