शे महोत्सवको सांस्कृतिक रूप
बीच भागबाट बगिरहेको शे खोला । दायाँतर्फ ८ सय वर्ष पुरानो शे गुम्बा । बायाँतर्फ क्रिस्टल हिमाल अनि बीचको चौरमा डोल्पाली भाकामा सांस्कृतिक वेशभूषामा सजिएर नाचिरहेका युवती ।
नेपालीहरूको हर्षोल्लासको पर्व काठमाडौं उपत्यकासहित देशैभर मनाइयो । फागु पूर्णिमाको अवसरमा देशका पहाडी भूभागमा होली खेलेर मनाइयो ।
हिजो काठमाडौंस्थित वसन्तपुरमा हर्षोल्लासका साथ होली पर्व मनाइएको थियो भने
आज तराईका जिल्लामा होली खेलेर यो पर्व मनाइएको छ । असत्यमाथि सत्यको विजयका प्रतिक साथै पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने गरिन्छ ।
तस्बिरहरुः महेश प्रधान