Successfully Copied

समर ड्रेसअप

गर्मीलाई फेसनको मौसम प मानिन्छ । फेसन पारखीहरूका लागि यो मौसम वरदान नै साबित हुँदै आएको छ ।

समर ड्रेसअप

तृष्णा गुरूङ, फेसन डिजाइनर

- गर्मीलाई फेसनको मौसम प मानिन्छ । फेसन पारखीहरूका लागि यो मौसम वरदान नै साबित हुँदै आएको छ ।

- यो मौसममा पहिरन छनोट गर्दा थुप्रै कुरामा ध्यान पुर्‍याउनुपर्छ । कतिपयले वान पिस, स्लिभलेस वा सर्ट्स लगाउने क्रममा शरीरको छाला डढेको थाहा पाउँदैनन् ।

- स्लिभलेस लगाउनु छ भने बाहिरबाट पातलो अनि कुल फेब्रिकको आउटर लगाउन सकिन्छ जसले छालालाई डढ्न दिँदैन ।

- गर्मीमा जहिले पनि कुल देखिने कलर, डिजाइन एवं फेब्रिक छनोट गर्नुपर्छ ।

- विशेषगरी ब्राइट कलरका फ्लोरल प्रिन्टेड पहिरन गर्मीका लागि उपयुक्त मानिन्छन् जसले स्मार्ट र कुल देखिन मद्दत पुर्‍याउँछन् ।

- गर्मीमा अन्तर्वस्त्र पनि सहज, मौसम सुहाउँदो तथा नपोल्ने खालको हुनुपर्छ । जसको फेब्रिक र कलरमा बढी ध्यान दिनु आवश्यक हुन्छ ।

भूकम्प तथा मानसिक समस्या

कृति नापित, स्टाफ नर्स, ग्राण्डी इन्टरनेसनल हस्पिटल

- यो अवस्थामा कुनै पनि बिरामीलाई मानसिक डर, त्रास तथा तनाव हुन्छ । त्यसैले साइकोलोजिकल सपोर्ट आवश्यक हुन्छ ।

- भूकम्पमा परेर ओपन ट्रमा भएका बिरामीको घाउको स्याहारका साथै व्यक्तिगत हेरविचार गर्नु जरुरी हुन्छ । लापरबाही गरे सानो घाउले पनि ठूलो रूप लिन सक्छ ।

- पोषिलो खाना तथा प्रशस्त मात्रामा पानी पिउनुपर्छ ।

- बिरामीको मानसिक अवस्था बुझेर सोहीअनुरूप आवश्यक उपचार गर्नुपर्छ ।

- भूकम्पले गर्भवती महिला तथा शिशु दुवैको स्वास्थ्यमा नकारात्मक असर पर्ने हुँदा उनीहरूको हेरचाहमा विशेष ध्यान पुर्‍याउनुपर्छ ।

गर्मीमा छालाको सुरक्षा

रिना प्रधान, कस्मेटोलोजिस्ट द फिनिसङ टच ब्युटी टेक्नोलोजी, कुमारीपाटी

    वातावरण अत्यन्त तातो, गर्मी एवं दूषित हुने हुँदा गर्मी मौसममा छालाको विशेष ध्यान पुर्‍याउनुपर्छ ।

    यस्तो मौसममा छाला फुट्ने, चिलाउने, एलर्जी हुने आदि समस्या देखिन सक्छ ।

    छालाको सुरक्षाका लागि तीनवटा उपाय नियमित रूपमा अपनाउनुपर्छ । बेलुका सुत्नुअघि क्लिन्जिङ, टोनिङ अनि मोस्चराइजिङ तथा बाहिर निस्कनु आधा घन्टाअघि राम्रो ब्रान्डको सनब्लक लगाउनुपर्छ ।

    अन्य समयको तुलनामा यतिबेला शरीरबाट बढी पसिना आउने हुनाले पानी प्रशस्त पिउनुपर्छ भने हरियो तरकारी, फलफूल एवं जुसको सेवनले छालामा चमक ल्याउँछ ।

    आलु, काँक्रा, गोलभेडा आदिका टुक्रा अनुहारमा दल्नाले छालामा प्राकृतिक चमक देखापर्छ ।

    गर्मी मौसममा नियमित रूपमा फेस क्लिन्जिङ, मसाज वा फेसियल गराइरहनुपर्छ ।

लुबाट बच्ने उपाय

डा. सबिन थपलिया,  शिक्षण अस्पताल काठमाडौं

    धेरै गर्मीमा एक्सरसाइज हुने काम गर्नुहुँदैन ।

    रुखको छाया वा अन्य शीतल ठाउँमा बस्ने । उपलब्ध भएसम्म एसी वा पंखामा बस्ने ।

    हावा प्रवाह हुने पातलो कपडा लगाउने ।

    सादा पानीभन्दा जीवनजल पिउँदा लुबाट जोगिन सकिन्छ ।

    प्रशस्त फलफूल तथा तरल खानेकुरा सेवन गर्ने ।

    गह्रौं काम नगर्ने ।

    धेरै गर्मी भयो भने नरम कपडा चिसो पानीमा भिजाएर शरीरका विभिन्न भागमा राख्ने ।

    लुको अवस्था देखापरेको खण्डमा सलाइन पानी लिन सकिन्छ ।

    बेहोस हुनुलाई लुको गम्भीर अवस्था मानिन्छ । त्यस्तो अवस्थामा बिरामीलाई तुरुन्तै अस्पताल पुर्‍याउनुपर्छ ।

गर्मीमा खानपानमा ध्यान

शर्मिला देवकोटा बस्नेत, संचालक द गोर्खा प्यालेस रेष्टुरेन्ट

    गर्मी महिना खानपानका दृष्टिले सही समय होइन । गर्मीमा खानेकुरामा ध्यान पुर्‍याइएन भने बिरामी हुने सम्भावना बढी हुन्छ ।

    यस्तो मौसममा फ्रेस खानेकुरामा ध्यान दिनुपर्छ । बासी, झिँगा भन्किएका अनि लामो समयसम्म फ्रिजमा राखिएका खानेकुरा पनि खानु हुँदैन ।

    प्रशस्त मात्रामा पानी, जुस, फलफूल, हरियो ताजा तरकारी तथा फलफूलको सेवनले स्वास्थ्य बलियो हुन्छ ।

    गर्मीमा माछा–मासु नखानु नै वेश हुन्छ ।

    गर्मीमा खानपानकै कारण विभिन्न रोग लाग्ने सम्भावना हुने हुँदा विशेष सजग रहनु जरुरी छ ।

मेहन्दी लगाउँदा

कुलदीप कुमार बाष्र्णेय, सञ्चालक, मुम्बई मेहन्दी सेन्टर

- मेहन्दी पनि एकप्रकारको शृंगार हो जसले सुन्दरता बढाउन मद्दत पुर्‍याउँछ ।

- मेहन्दी लगाउँदा कतिपय कुरामा ध्यान पुर्‍याउनुपर्छ । घरमा लगाइने मेहन्दी आफूले चाहेको डिजाइन र बुट्टाअनुसार नहुन सक्छ ।

- मेहन्दी लगाउँदा सर्वप्रथम हातमा अरोमा तेल लगाउनु जरुरी हुन्छ जसले मेहन्दीलाई लामो समयसम्म टिकाउन मद्दत गर्छ ।

- त्यसपछि आफ्नो हातमा कस्तो बुट्टा भर्ने त्यसको पूर्वतयारी गर्नुपर्छ । सोहीअनुरूप मानसिक रूपमा तयार भएपछि मेहन्दी लगाउनुपर्छ ।

- मेहन्दी लगाउँदा कोनको प्रयोग अत्यन्त जरुरी छ जसले बुट्टालाई सही आकारमा ढाल्न सहयोग गर्छ ।

- मेहन्दी लगाइसकेपछि नसुकेसम्म सचेत रहनुपर्छ । राम्रोसँग सुकेपछि यसलाई पानीले नपखाली रगटेर झार्नुपर्छ ।

गर्मीमा हात–खुट्टाको स्याहार

सुजाता मुखिया, ब्युटिसियन

    गर्मीमा बाहिर तातो हावा चल्ने र धूलोका कणहरूको चापका कारण हात–खुट्टा फुट्ने, चर्कने तथा सुख्खा हुने समस्या देखिन्छ ।

    हात–खुट्टाको स्याहारमा विशेष ध्यान दिनुपर्छ । बाहिर निस्कँदा नेट वा पातलो स्किन कलरको मोजा प्रयोग गर्नुपर्छ ।

    बाहिर निस्कनुअघि हात–खुट्टामा मोस्चराइजर वा लोसनले हल्का मसाज गर्नुपर्छ ।

    बेलुका सुत्नुअघि मनतातो नुनपानीमा गोडालाई केही बेर डुबाएर राख्ने एवं त्यही पानीले हात तथा नङ सफा गर्न सकिन्छ ।

    सफाइपछि बेडमा जानुअघि हात–खुट्टामा राम्रो ब्रान्डको मोस्चराइजर वा घरमा तयार पारिएको मह तथा तर मिसाइएको लेप लगाउनुपर्छ ।

    यो मौसममा अन्य मौसममा जस्तो धेरै समयको फरक नराखी मेनिक्योर–पेडिक्योर गराउनुपर्छ ।

किड्स रूम

तेजिता अमात्य, इन्टेरियर डिजाइनर

बालबालिकाको कोठा भरसक खाली राख्नुपर्छ । यसो गर्दा कोठामा उफ्रने, खेल्ने ठाउँ पर्याप्त हुन्छ । यसैगरी बालबालिकाको कोठाका लागि फर्निचर, डेकोरेटिभ आइटम्स, पेन्ट आदि छनोट गर्दा उनीहरूको रुचिलाई ध्यान दिनुपर्छ । कोठा सजाउँदा उनीहरूको पनि सहयोग लिनुपर्छ जसले गर्दा उनीहरूले आफ्नो कोठा सजाएको अविस्मरणीय अनुभव गर्छन् । बालबालिकाहरूको कोठालाई आकर्षक बनाउन भित्तामा फ्लावरी वा कार्टुन क्यारेक्टरयुक्त वालपेपर उपयुक्त हुन्छ ।

भित्तामा थ्रिडी स्टिकर्स, कार्टुन पोस्टर्स लगाएर पनि कोठालाई नयाँ लुक दिन सकिन्छ । पर्दा, बेडसिट, पिलो कभर आदि छनोट गर्दा बालबालिकाहरूको रोजाइअनुसार कार्टुन क्यारेक्टर,

बार्बी, फूल, पुतली आदि प्रिन्ट्सलाई प्राथमिकता दिनुपर्छ ।

एनिमेटेड कार्टुनयुक्त पर्दाले बालबालिकाको कोठाको रौनक वृद्धि गर्छ भने बालबालिकाका हरेक गतिविधि झल्कने तस्बिरले पनि उनीहरूको कोठाको भित्ता सजाउन सकिन्छ ।

 Image