सौन्दर्य टिप्स
अहिले बजारमा विभिन्न कम्पनी तथा फ्रुट्सका मोइस्चराइजर उपलब्ध हुन्छन् जसमध्ये आफ्नो छालासँग मेल खाने मोइस्चराइजर प्रयोग गर्नुपर्छ ।

जमिन र माटोको प्रकारका सम्बन्धमा राम्रोसँग परीक्षण गराउनुपर्छ।
पिल्लरको साइज र त्यसको दूरीमा विशेष सावधानी अपनाउनु जरुरी छ। त्यसका अतिरिक्त कति र कस्ता प्रकारका डण्डी राख्ने भन्ने विषयमा सचेत हुनुपर्छ।
सामानको गुणस्तर (गिटी, बालुवा, इँटा, सिमेन्ट, डण्डी आदि) मा विशेष ध्यान दिनुपर्छ।
प्राविधिक वा इन्जिनियरहरूलाई निरीक्षण गराएर काम गराउनुपर्छ।
दक्ष लेबर, मिस्त्री आदि छनोट गर्नुपर्छ।
कृष्ण गौतम, बरिष्ठ उपाध्यक्ष, निर्माण व्यवसायी संघ
ज्योतिषशास्त्रअनुसार भूकम्प
दैवी एवं प्राकृतिक प्रकोपबाट बच्न भगवान्प्रति आस्थावान् हुनुपर्छ भन्छ ज्योतिषशास्त्रले।
जुन घरमा भगवान्को पूजा हुन्छ, बिहान–बेलुका घन्टी बजाइन्छ त्यहाँ सुरक्षा हुन्छ भन्ने विश्वास छ।
घर बनाउनुअघि भूमि पूजा गर्नु आवश्यक छ, जसले संकटमोचन गर्छ।
बलौटे माटो, चिहान भएको जमिन अनि कालो भूमिमा घर बनाउनु हँुदैन।
जहाँ आस्तिक एवं सकारात्मक सोच राख्ने मानिसहरू बसेका छन् त्यहाँ यस्ता प्राकृतिक विपत्तिले पनि विध्वंश गर्ने सम्भावना कम हुन्छ।
ज्यो. पुष्पकला कौशिक, फलित ज्योतिष
मनोरोगबाट बच्ने उपाय
अचानक आएको यो दैवीप्रकोपले धेरैलाई मानसिक असर मात्र पारेको छैन रोगी नै बनाएको छ।
यस्तो बेलामा मानसिक रोग लाग्नुअघि नै त्यसको व्यवस्थापनमा लाग्नु जरुरी छ। मानसिक रोगको उपचारमा लामो समय लाग्ने भएकाले पहिले नै सावधानी अपनाउनुपर्छ।
चिन्ता, विषाद, भय आदिलाई मनोरोगमा परिणत हुन नदिन उदाहरणीय कथा सुन्ने, सकारात्मक पुस्तक पढ्ने, प्रेरणादायक चलचित्र हेर्ने अनि परिवार एवं साथीभाइसँग घुलमिल हुने काम गर्नुपर्छ।
मानसिक रोगको सिकार भैहाले तत्काल मनोचिकित्सककहाँ पुगिहाल्नुपर्छ। कतिपय अवस्थामा यो रोगजस्तो लाग्दैन तर यसले बिरामीलाई भित्रभित्रै खोक्रो पारिसकेको हुनसक्छ।
एक्कासि आएको विपत्तिले धेरैलाई मनोरोगी बनाएको हुनसक्छ। त्यसैले बेलैमा त्यसको पहिचान गरी उपचार गराउनुपर्छ।
डा.शरदमान ताम्राकार, मनोचिकित्सक
मानसिक समास्याको व्यवस्थापन
भूकम्पका कारण हजारौं मानिसको मानसिक स्थिति बिग्रिएको छ। त्यसमा पनि महिला एवं बालबालिका बढी प्रभावित छन्।
विपत्तिले ल्याएको मानसिक त्रास, आवेग एवं निष्क्रियतालाई केही मात्रामा भए पनि कम गर्न सकेसम्म छिटो साधारण जीवनमा फर्कन प्रयास गर्नुपर्छ।
बालबालिकाका अगाडि डराएर बस्नुहुँदैन। अघिपछि जस्तो काम गरिन्थ्यो ती कामलाई निरन्तरता दिनुपर्छ जसले गर्दा बालमानसिकतामा त्यस्तो भयंकर केही भएको रहेनछ भन्ने प्रभाव पर्छ।
यस्तो बेला सकेसम्म आफूलाई सकारात्मक तरंग आउने कुरामा सहभागी गराउनु, सकारात्मक पुस्तक पढ्नु वा चलचित्र हेर्नु उपयुक्त हुन्छ।
अरूका कुरा सुन्ने र आफ्ना कुरा पनि अरूसँग सेयर गर्ने जसले मानसिक विचलन कम भएर मन हल्का हुन्छ।
घरमा उपलब्ध भएका कुरा प्रयोग गर्नुपर्छ। प्रशस्त पानी पिउनुका साथै समय भए आफूलाई जे गर्दा खुसी लाग्छ त्यही गर्नुपर्छ।
सुषमा रेग्मी, मनोवैज्ञानिक
खानेकुरामा ध्यान दिने ?
यस्तो बेलामा ताजा खानेकुराको अभाव हुनसक्छ। प्राय: मानिस जंक फुडको सहायतामा बाँच्न बाध्य छन्।
जंक फुड नै खाए पनि चाउचाउ आदिलाई राम्रोसँग पकाएर खानुपर्छ।
यतिबेला बाहिरी वातावरण निकै प्रदूषित हुने भएकाले अरु बेलाको तुलनामा उमालेको पानी प्रशस्त पिउनुपर्छ।
भूकम्पपछिको समयमा काममा त्यति व्यस्त हुनु नपर्दा घरमा बढी खानेकुरा पाक्ने गरेको पाइन्छ। यस्तो अवस्थामा धेरै खाइने हुनाले डाइट कन्ट्रोल गर्नुपर्छ।
वातावरण बढी प्रदूषित भएको यो अवस्थामा माछा–मासुको साटो सागपात एवं ताजा तरकारीमा जोड दिनु उत्तम हुन्छ।
यतिबेला फुर्सद पाइयो भनेर सुत्नुभन्दा शारीरिक कसरतमा जोड दिनुपर्छ।
रश्मि बजिमय श्रेष्ठ, डाइटिसियन
बिमा दाबी गर्दा
विगतको हाम्रो पोलिसीमा यो महाभूकम्पपछि परिवर्तन गरिएको छ। विगतको तुलनामा अहिले प्रभावितहरूलाई सहज होस् भनेर बिमा दाबीको प्रक्रिया छोट्याइएको छ।
अहिले सहज र सरल कागजपत्रका आधारमा बिमा दाबी गर्न सकिन्छ।
भत्किएका घर, क्षति भएका सवारीसाधन वा अन्य क्षतिग्रस्त वस्तुमा बिमालेखकको सर्तअनुसार दाबी भुक्तानी गर्न सकिन्छ।
बिमा गरेर पनि दाबी गर्न असहज भएका वा नसकेकाहरूका लागि बिमा समितिले ५ जना पदाधिकारीको व्यक्तिगत फोन नम्बर चौबीसै घन्टा खुला राखेको छ जसले गर्दा सर्वसाधारणले सहजै सेवा प्राप्त गर्न सक्छन।
यो भूकम्पपछि हरेक बिमा कम्पनीको कार्यालयमा हेल्प डेस्कको व्यवस्था गरिएको छ।
पूजन ढुंगेल, उप–निर्देशक, नेपाल बिमा समिति
भान्साको रेखदेख
गर्मीमा विशेषत: झिंगा, लामखुट्टे आदिको बाक्लो उपस्थिति हुने हुँदा भान्साको विशेष हेरचाह गर्नु जरुरी छ।
हरेक दिन बिहान भान्सा कोठालाई फिनेल वा सर्फ पानीले सफा गर्नुपर्छ जसले गर्दा झिंगालगायत अन्य कीटाणु पर भाग्छन्।
गर्मीमा हरिया तरकारी एवं फलफूललाई स्टोर गरेर राख्नुहँुदैन किनभने गर्मीमा यस्ता चीज छिट्टै कुहिने समस्या हुन्छ।
यो समयमा बेलुकाका भाँडा सिंकमा त्यसै छाडिराख्नु हुँदैन जसले गर्दा भुसुना भन्किने र विभिन्न रोग निम्तिने सम्भावना हुन्छ।
बढी भएको खानेकुरा भरसक फ्रिजमा स्टोर गरेर राख्नु उपयुक्त हुन्छ।
रुबी महतो, गृहिणी
फोहोरमैलाको घरेलु व्यवस्थापन
प्राकृतिक प्रकोपपछिको महामारीका बेला विशेषत: भान्सा तथा घरको सरसफाइमा ध्यान दिनुपर्छ।
झिंगा तथा लामखुट्टेको संक्रमण हुन नदिन पानी जमेका खाल्डाखुल्डीको व्यवस्थापन गर्नुपर्छ। सडे–गलेका बासी खानेकुरा पुर्नुपर्छ। प्लास्टिकमा बाँधेर पुर्नु हुँदैन। त्यसो गर्दा त्यसभित्रका खानेकुरा गल्न पाउँदैनन्।
बाल्दा खरानी हुने सामग्रीहरू जलाएर नष्ट गर्नुपर्छ।
समय–समयमा फिनेल पानी छर्कने तथा भान्साको सफाइमा पर्याप्त ध्यान दिने।
यस्तो बेला फोहोर व्यवस्थापनकर्ताहरूको उपस्थित हुन नसकेकाले जलाउन तथा गलाउन नमिल्ने सामानहरू छुट्टै छोपेर राख्नु जरुरी हुन्छ।
सिम्पल जोशी, गृहिणी