Successfully Copied

भित्री वस्त्रको छनोट

जस्तो पायो त्यस्तो फेबि्रक तथा स्टिचिङ भएका भित्री वस्त्र लगाउँदा अप्ठ्यारो त हुन्छ नै त्यसले स्किन एलर्जीदेखि लिएर क्यान्सरसम्म निम्त्याउन सक्छ ।

-    मानिसको स्वास्थ्य एवं व्यक्तित्वमा भित्री वस्त्रले महत्वपूर्ण भूमिका खेल्छ ।

-    जस्तो पायो त्यस्तो फेबि्रक तथा स्टिचिङ भएका भित्री वस्त्र लगाउँदा अप्ठ्यारो त हुन्छ नै त्यसले स्किन एलर्जीदेखि लिएर क्यान्सरसम्म निम्त्याउन सक्छ ।

-    कतिपय ब्रा-पेन्टी हेर्दा आकर्षक देखिए पनि नाइलन, सिल्क आदि फेबि्रकबाट बनेका हुन्छन् । त्यस्ता फेबि्रक छालामा असर गर्नुका साथै रगत सोस्ने खालका पनि हुनसक्छन् ।

-    भित्री वस्त्र खरिद गर्दा सस्तो भन्दा पनि गुणस्तरीयतामा ध्यान पुर्‍याउनुपर्छ किनभने यो निक्कै संवेदनशील कुरा हो ।

संगीता थापा, सञ्चालक, बिविच कुपण्डोल

विद्यालय पठाउन

-    बालबालिकालाई स्कुल जान उत्प्रेरित गर्न सधैं प्रेरणामूलक क्रियाकलापमा संलग्न गराउनुपर्छ ।

-    कतिपय अभिभावकले स्कुल जानुअघि बालबालिकाहरूलाई झुक्याएर घुमाउन वा खेलाउन लाने भनिदिन्छन् तर त्यसो गर्नु उपयुक्त होइन ।

-    बालबालिकालाई स्कुल लानुअघि उनीहरूलाई विद्यालयका रमाइला कुरा गरिदिनुपर्छ । एकातिर लाने भन्दै स्कुल पुर्‍याउँदा बालमनोविज्ञानमा नकारात्मक असर पर्न सक्छ ।

-    विद्यालय जान उत्प्रेरित गर्न राम्रा उपहार दिन, छुट्टीमा घुमाउन लान तथा उनीहरूलाई मनपर्ने कुरा उपलब्ध गराइदिन सकिन्छ ।

-    कतिपय बालबालिका विद्यालय जाने कुरामा अत्यन्तै झगडा गर्ने स्वभावका हुन्छन् । उनीहरूसँग विद्यालयका रमाइला क्रियाकलाप, मिल्ने साथी तथा मनपर्ने खानेकुराका सम्बन्धमा कुराकानी गरेर विद्यालयमा रुचि जगाउने काम गर्न सकिन्छ ।

रूपा कार्की, प्रिन्सिपल, चन्द्रतारा स्कुल, लाजिम्पाट

चलचित्र हेर्न जानुअघि

-    सर्वप्रथम कुन मुभी हेरिँदैछ भन्ने विषयमा पूर्ण जानकारी राख्ने ।

-    सिनेमा हेर्न जाने ठाउँ निश्चित गर्ने । जहाँ गुणस्तरीय सुविधा उपलब्ध छ त्यस्ता हल छनोट गर्नु उपयुक्त हुन्छ ।

-    आफ्नो समयअनुकूल शो तय गर्नुपर्छ । समयमा टिकट उपलब्ध हुन्छ कि हुँदैन वा टिकट बुकिङ गर्नुपर्ने कुरामा सतर्क रहनुपर्छ ।

-    कतिपय हलले उपहार, लक्की ड्र, गिफ्ट ह्याम्पर, रिफ्रेसमेन्टजस्ता आकर्षक प्याकेज प्रदान गरिरहेका हुन्छन्, सकेसम्म त्यसतर्फ केन्दि्रत हुनु राम्रो हुन्छ ।

-    आफूलाई पायक पर्ने ठाउँ, रुट तथा पार्किङको व्यवस्थाका बारेमा पनि ख्याल राख्नुपर्छ ।

-    नयाँ स्वादका परिकारको मज्जा लिँदै मुभी हेर्न मिल्ने तथा पारिवारिक वातावरणयुक्त हल रोज्नु उपयुक्त हुन्छ ताकि मुभीको मज्जा लिइरहेका बेला तनाव झेल्नु नपरोस् ।

राकेश श्रेष्ठ, म्यानेजर, क्युज सिनेमा, राइजिङ मल

गर्मीमा इभिनिङ लुक

-    गर्मीमा इभिनिङ लुकका लागि हलुका मेकअप गर्नुपर्छ ।

-    हलुका फाउन्डेसन लगाउनुपर्छ ।

-    आँखालाई स्मोकी लुक दिन ब्लु, पर्पल, ग्रीन कुनै पनि सेडको आइस्याडेा रोज्नुपर्छ । ब्लु सेड्स अहिले फेसनमा छ ।

-    हलुका गुलाबी सेड्सको लिपग्लस लगाउनुपर्छ ।

-    इभनिङ लुकका लागि लाइट गोल्ड ब्लस अन प्रयोग गर्नुपर्छ ।

-    आँखालाई सिल्भर सेड्स दिएर गाजल लगाउनुपर्छ ।

-    ग्राजुएसन हेयर डुले बोल्ड लुक दिन्छ ।

-    अनुहारलाई प्राकृतिक देखाउन मिनरल लुज पाउडर लगाउन सकिन्छ ।

वसुधा बजिमय, श्री सिन्ड्रेला ब्युटिपार्लर

 Image