Successfully Copied

तनाव र योग

टाउको दुख्नु, आधा टाउको दुख्नु, केश झर्नु, केश फुल्नु, छाला चाउरिनु, अनुहारमा ओज-तेज नरहनु, शरीरमा ग्यासको समस्या देखा पर्नु

तनाव र योग

रीता कार्की, योग शिक्षिका

-    तनाव नै रोगको मूल कारण हो।

-    टाउको दुख्नु, आधा टाउको दुख्नु, केश झर्नु, केश फुल्नु, छाला चाउरिनु, अनुहारमा ओज-तेज नरहनु, शरीरमा ग्यासको समस्या देखा पर्नु, डायविटिज रोग हुनु, उच्च रक्तचाप, न्यून रक्तचाप एवं क्यान्सर आदि सबै रोगको मूल कारण नै तनाव हो।

-    घरकी नारी तनावमुक्त भए मात्र घरका अरू सदस्य स्वस्थ हुन सक्छन्।

-    तनाव कम गर्न वा हटाउन आहारको महत्वपूर्ण भूमिका हुन्छ।

-    मेरो स्वास्थ्य मेरो आहार भन्ने भावनाले सात्विक, पवित्र, शुद्ध एवं अहिंसक हुन आवश्यक छ।

-    बिहान खाली पेटमा पानी वा जुस, मध्यान्तरमा मोही तथा रातको खानापछि बेसारयुक्त दूध पिउनाले शरीर स्वस्थ रही तनाव कम हुन्छ।

-    आहार शुद्ध भए रगत शुद्ध हुन्छ, रगत शुद्ध भए शरीर शुद्ध हुन्छ, शरीर शुद्ध भए श्वास शुद्ध हुन्छ, श्वास शुद्ध भए बचन शुद्ध हुन्छ, बचन शुद्ध भएपछि मानिस तनावमुक्त रहन्छ।

-    तनाव हटाउन श्वासको ठूलो भूमिका हुन्छ अर्थात् हरपल श्वासमा ध्यान केन्दि्रत वा प्रणव ध्यान गर्नाले तनाव हट्छ।

-    तनाव कम गर्न अनुलोम-विलोम प्राणायाम कम्तीमा १५ मिनेट वा चन्द्रभेदी प्राणायाम गर्नु

लाभदायक हुन्छ।

-    तनाव कम गर्न आसनको माध्यमबाट शरीरभित्रका विजातीय तत्वहरू पसिनाका रूपमा बाहिर निकाल्न बिहान सूर्य नमस्कार ७ देखि ११ पटक गर्नुपर्छ।

-    तनाव कम गर्न शशकासन, बक्रासन, पर्वतासन, बुद्धपद्मासन, नटराजासन, शवासन आदि नियमित रूपमा गर्न सकिन्छ।

-    तनाव कम गर्न ज्ञान मुद्रा र साम्भवी मुद्रा पनि उत्तिकै प्रभावकारी छन्।

टीकाको प्रयोग

सुनिता खड्का गौतम, ब्युटिसियन

-    पार्टीमा जाँदा सधैं आफ्नो मेकअपअनुसार टीका लगाउनुपर्छ।

-    टीकालाई शृंगारको पूरक मानिन्छ। त्यसैले विस्तारै हातले निधारमा टीका लगाउनुपर्छ। टीका लगाउँदा सौन्दर्यमा पनि वृद्धि हुन्छ।

-    अहिले टीकामा रसायन प्रयोग हुन थालेको छ। कुनै प्रकारको एलर्जी भए टीका लगाउनु हुँदैन। त्यस्तो स्थितिमा कुमकुम बिन्दी लगाएर आफ्नो रहर पूरा गर्न सकिन्छ।

-    अनुहार अण्डाकार छ भने बिन्दी लगाउँदा सन्तुलनले काम लिनुपर्छ, मध्यम लम्बाइयुक्त बिन्दी लगाउनुपर्छ।

-    गर्मी महिनामा कटवर्क तथा गाढा रंगको टीका राम्रो देखिन्छ।

ज्वेलरी टिप्स

अनिता सड्का, सुन-चाँदी व्यवसायी

-    सुन र चाँदीलाई एकै ठाउँमा मिसाएर राख्नु हुँदैन।

-    सुनलाई कागतीको रसमा चोबेर ब्रसद्वारा रिठ्ठाले सफा गर्नुपर्छ।

-    पसिनाले गहनालाई कालो बनाउँछ। त्यसैले गहनालाई पसिनाबाट जोगाउनुपर्छ।

-    सुनलाई सिन्दूरमा डुबाएर राख्दा चम्किलो हुन्छ भने अझ राम्रो पनि देखिन्छ।

-    गहना लगाइसकेपछि हेयर स्प्रे वा परफ्युम प्रयोग गर्नु हुँदैन। त्यसमा हुने केमिकलले गहना बिगार्छ।

-    सामान्यतया सुन र चाँदीका गहना चम्काउन साबुन पानीले धुनुभन्दा पनि नरम सफा कपडाले बिस्तारै रगड्नुपर्छ। यसो गर्दा गहना चिसो हुँदैन र बढी चम्किन्छ।

गेस्ट एटिकेट्स

राजु फैजु, इभेन्ट म्यानेजर

-    कसैले ड्रेस कोड राखेको छ भने त्यही लगाएर जानुपर्छ। बिजनेस, क्याजुअल आदि कुनै पनि ड्रेस कोड हुनसक्छ।

-    बोलाइएको ठाउँमा सधैं समयमा पुग्नुपर्छ ढिलो जानु हुँदैन।

-    आफ्नो पूरै ध्यान खानामा दिनु हुँदैन।

-    बिजनेस मिटिङमा पेय पदार्थ लिनुपर्ने भए सोसल हुन एक प्याग लिन सकिन्छ।

-    आफ्नो मेकअप बिगि्रएको छ भने वाथरुममा गएर मिलाउनुपर्छ।

-    अरूको व्यवहारमा टीका-टिप्पणी गर्नुहुँदैन।

-    अरूले लगाएको पहिरनका विषयमा आफ्नो राय दिनु हुँदैन।

-    खाना खाँदा बोल्नु हुँदैन।

-    धूम्रपान गर्ने बानी भए होस्टको अनुमति लिनुपर्छ।

 Image