Successfully Copied

जाडोका लागि मेकअप र हेयर

जाडो मौसममा कोल्ड क्रिम वा एसपीएफ युभी प्रोटेक्सन क्रिम लगाउनुपर्छ । छालालाई स्वस्थ राख्न मोस्चराइजर दिनमा दुई पटक लगाउन सकिन्छ । मोस्चराइजर आफ्नो छालाअनुसार प्रयोग गर्नुपर्छ । जाडोमा हल्का मेकअप गर्नुपर्छ । आँखालाई सुहाउने हल्का कलरको आइस्याडो लगाउनु राम्रो हुन्छ ।

मुना नेहारिका भण्डारी, मेकअप आर्टिस्ट तथा कोरियोग्राफर

जाडो मौसममा कोल्ड क्रिम वा एसपीएफ युभी प्रोटेक्सन क्रिम लगाउनुपर्छ । छालालाई स्वस्थ राख्न मोस्चराइजर दिनमा दुई पटक लगाउन सकिन्छ । मोस्चराइजर आफ्नो छालाअनुसार प्रयोग गर्नुपर्छ । जाडोमा हल्का मेकअप गर्नुपर्छ । आँखालाई सुहाउने हल्का कलरको आइस्याडो लगाउनु राम्रो हुन्छ । जाडो मौसममा अनुहार ड्राइ हुने हुँदा कम्प्याक्ट पाउडर लगाउनु हुँदैन । यतिबेला, मिनरल मेकअप उपयुक्त हुन्छ ।

जाडो महिनामा केशलाई चायाँमुक्त बनाउन ताजा कागतीको एक चम्चा रसलाई केश धुने पानीमा मिसाउनुपर्छ । नुहाउनुभन्दा आधा घन्टाअघि दहीले केशमा मसाज गरेर । १५ मिनेटपछि मनतातो पानीले पखाल्नुपर्छ । हरेक दिन यो उपाय अबलम्बन गरेचायाँको समस्याबाट मुक्ति पाइन्छ । राति सुत्ने बेलामा मनतातो नरिवलको तेलमा खाने कपूर मिसाएर केशको जरामा मसाज गर्ने र बिहान उठेर स्याम्पु गर्दा  पनि चायाँबाट छुटकरा पाउन सकिन्छ

जाडो र नारी सौन्दर्य

-रीता कार्की, योग शिक्षिका

- श्वासको माध्यमबाट पनि शरीर स्वस्थ हुने हुँदा प्रत्येक बिहान प्राणायम गर्नु आवश्यक छ । प्राणायाममा पनि भस्त्रिका प्राणायाम कम्तीमा ७ देखि १० मिनेटसम्म गर्नुपर्छ । यसले शरीरलाई स्वस्थ राख्छ ।

- चिसोमा योग शिक्षकको निगरानीमा उच्च रक्तचाप भएका बाहेक अरूले सूर्यभेदी गर्नु अत्यन्त लाभप्रद हुन्छ ।

- चिसोमा घाँटीमा समस्या हुने, गला बस्ने आदि समस्या हुन्छ जसका लागि उज्जयी प्राणायाम ५ देखि ७ पटकसम्म गर्न सकिन्छ ।

‍- चिसोमा हाम्रो शरीरबाट कम पसिना आउने हुँदा शरीर तताउन तथा शरीरबाट पसिना निकाल्न जगिङका साथै शरीर तताउने अन्य अभ्यास गर्नुपर्छ । सूर्य नमस्कारको नियमित अभ्यास ११ पटकदेखि २१ पटकसम्म गर्नुपर्छ ।

- चिसोमा मनतातो पानी पिउनु नै उपयुक्त हुन्छ । हाम्रो शरीरलाई भिटामिन सी अत्यन्तै आवश्यक हुन्छ तर भिटामिन सी शरीरमा भण्डारण नहुने हुँदा नियमित रूपमा भिटामिन सी भएका सुन्तला, कागती, अमला, हरियो खुर्सानी, धनियाँको पात, टमाटर आदि खानुपर्छ । यसले छाला पनि स्वस्थ हुन्छ ।

- चिसोमा छालामा फुस्रोपन आउने, छाला चिरिने, फुट्ने आदि हुनाले दूधको तरले छाला मसाज गर्नु वा गुलाबको फूलले छाला फुस्रो भएको ठाउँमा मसाज गर्नु उपयुक्त हुन्छ ।

- चिसोमा केश फुस्रो हुने, टुक्रिने, हाँगा आउने, चायाँ पर्नेजस्ता समस्याका लागि केश सफा गरेपछि शुद्ध तोरीको तेलले मसाज गर्नुपर्छ । त्यस्तै अमलाको रस र अदुवाको रस मिश्रण गरी मसाज गर्दा केश चम्किलो हुनुका साथै चायाँबाट मुक्ति प्राप्त गर्न सकिन्छ ।

- जाडोमा चिसोबाट बच्न बायाँपट्टिको कानभित्र थोरै कटन राखे चिसोबाट जोगिन सकिन्छ ।

बालबालिका स्कुल जानुअघि

सम्झना केसी

प्रिन्सिपल, मनोरम प्रि-स्कुल

- जुनसुकै बालबालिकालाई सुरुका दिन घर छाडेर स्कुल जान गार्‍हो हुन्छ। त्यसैले स्कुल जाने बेलामा केही दिन रोए सामान्य मान्नुपर्छ। जबरजस्ती नगरी विस्तारै बानी लगाउनुपर्छ।

- बालबालिकालाई स्कुल पठाउनुभन्दा पहिले अभिभावकले मानसिक तथा व्यावहारिक रूपमा तयार पार्नुपर्छ।

- बालबालिकालाई समयभन्दा अघि तथा समयभन्दा पछिसम्म स्कुलमा राख्नुहुँदैन। लामो समयसम्म स्कुलमा बस्दा उनीहरूलाई दिक्क लाग्न सक्छ।

- नानीहरूलाई स्कुल भनेको रमाइलो ठाउँ हो भन्ने कुरा बुझाउनुपर्छ।

- स्कुल तथा शिक्षकको तस्बिर भयावह बनाए बालबालिका स्कुल जान मान्दैनन्।

- आफ्ना नानीलाई स्कुल भनेको राम्रो ठाउँ हो, त्यहाँ राम्रा साथी भेटिन्छन् र खेल्न पाइन्छ भनेर स्कुलप्रतिको उत्सुकता जगाउनुपर्छ।

- आफ्ना बालबालिकालाई अरू बालबालिकासँग मिल्न सक्ने बनाउनुपर्छ।

- उनीहरूलाई घरका सानातिना काम गर्न सिकाउनुपर्छ।

- स्कुल पठाउनुभन्दा पहिले उनीहरूलाई आफ्नो नाम तथा ठेगाना बताउन सक्ने बनाउनुपर्छ। आफ्नो घरको नम्बर वा फोन नम्बर आदि याद गराउनुपर्छ।

- स्कुलबाट आफ्ना नानी फर्किएपछि उनीहरूले दिनभरि के-के गरे सोध्नुपर्छ।

- उनीहरूलाई माया गरेर पढ्नुपर्ने कुराको जानकारी गराउनुपर्छ।

 

 

 Image