Successfully Copied

प्रा.डा. सविना श्रेष्ठद्धारा लिखित ‘अकथ्यको प्रतिध्वनी’ र ‘आफुलाई भूलाई’ लोकर्पण

बाल नेत्ररोग विशेषज्ञ प्रा.डा. सविना श्रेष्ठद्धारा लिखित ‘अकथ्यको प्रतिध्वनी’ र ‘आफुलाई भूलाई’ दुई कृतिहरु एकसाथ लोकार्पण भएको छ ।


बाल नेत्ररोग विशेषज्ञ प्रा.डा. सविना श्रेष्ठद्धारा लिखित ‘अकथ्यको प्रतिध्वनी’ र ‘आफुलाई भूलाई’ दुई कृतिहरु एकसाथ लोकार्पण भएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच पूर्व प्रधानन्यायाधिश विश्वम्भर प्रसादश्रेष्ठको प्रमुख आतिथ्यताका बीच लोकार्पण गरिएको थियो ।

‘अकथ्यको प्रतिध्वनी’ कारागारका कैदीहरुमा समर्पित, उनीहरुका आफ्नौ आफ्नै स्वकथनहरु (१०२ वटा) संकलित पुस्तक रहेको छ । पुस्तकमा कैदीहरुको जेलको बसाई, उहाँहरुका अनुभव, मर्म, कानुन प्रतिको धारणा, गुनासो आदिका बारेमा जस्ताको तस्तै उहाँहरुकै विचार र अभिव्यक्तिलाई लिखित रुपमा प्रस्तुत गरिएको छ । यो पुस्तक अकथ्यको प्रतिध्वनी नेपाली भाषाका साथै अन्य दुई भाषहरु अंग्रेजीमा ‘Silent Echoes’ र नेपाल भाषामा ‘मकंगु हाःसः’ समेत लोकार्पण गरिएको हो ।

दोश्रो कृति ‘आफुलाई भुलाई’ ३४ वटा कविताहरु समावेश गरिएको कविता संग्रह हो जसमा जीवन, जगत, मानिस, माया र सम्बन्धका बारेमा लेखिएका छन् । कविता संग्रहमा साहित्यकारद्वय श्री शैलेन्द्र साकार र लक्ष्मी मालीज्यूले शुभकामना मन्तव्य लेखेका छन् ।

डा. श्रेष्ठका यस अघि २ वटा कविता संग्रहहरु ‘जिन्दगी एक प्रश्न चिन्ह’ (२०४४), ‘मनको स्पर्श’ (२०५८) र नेपाल भाषामा एउटा कविता संग्रह ‘सविना श्रेष्ठया चिनाखँ’ (२०८०) प्रकाशित भईसकेका छन् । साथै पूर्व प्रशासक विश्वमान श्रेष्ठको जीवनीमा आधारित पुस्तक ‘एउटा जिवन छामेर हेदार्’ (२०८०) प्रकाशित भईसकेको छ ।

साहित्यका साथै चित्रकला र गायनमा पनि डा. सविना सक्रिय छन् । उनी हाल काठमाडौं मेडिकल कलेजमा प्राध्यापकको रुपमा कार्यरत छन्।

 Image