Successfully Copied

डिप्रोक्स–नेपालको ३२ औं वार्षिकोत्सव सम्पन्न

गत आर्थिक वर्ष संस्थाको १३ करोड २६ लाख ५९ हजार आम्दानी र १२ करोड ५९ लाख रुपैयाँ खर्च गरेको जनाइएको छ ।


 डिप्रोक्स–नेपालको ३२ औं वार्षिकोत्सव सम्पन्न भएको छ । नेपालले ३२ औं वार्षिकोत्सवसँगै सार्वजनिक लेखापरीक्षणसमेत सार्वजनिक गरेको छ । बिहिबार समाज कल्याण परिषद्का सदस्यसचिव मनोज भट्ट, डिप्रोक्स–नेपाल सञ्चालक समितिका कार्यवाहक अध्यक्ष शिव देवकोटा, कार्यकारी निर्देशक आचार्य र स्वालम्बन विकास केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले कार्यक्रम उद्घाटन गरेका थिए । डिप्रोक्स–नेपालअन्तर्गत तीन वटा संस्थामार्फत सेवा दिँदै आएको डिप्रोक्सका कार्यकारी निर्देशक पिताम्बर आचार्यले बताए । 

गरिबी निवारण, लघुवित्त, प्राकृतिक स्रोत व्यवस्थापन र विपद् व्यवस्थापन, आप्रवासनजस्ता विषयगत क्षेत्रमा कार्य गर्दै आएको यस संस्थाले ६९ वटा जिल्लाबाट सेवा दिँदै आएको जनाएको छ । जसबाट अहिलेसम्म २० लाख नागरिक लाभान्वित भएका छन् । यस अवधिमा ८ हजार ६९ वटा सामुदायिक पूर्वाधारहरु बनाउन सहजीकरण गरेको छ । जसमा साना सिँचाई, खानेपानी, विद्यालय भवन, झोलुगें पुललगायत छन् ।

डिप्रोक्स–नेपालका अनुसार अहिलेसम्म तीन अर्ब ६ करोड ७ लाख रूपैयाँ नगद अनुदान पाएको छ । साथै १ अर्ब ४ करोड ४३ लाख रूपैयाँ ‘ग्रान्ट इन काइन्ड’ ल्याएको छ ।
सन् १९९५ मा नेपाल राष्ट्र बैंकबाट बैंकिङ लाइसेन्स लिएर रौतहट जिल्लामा पहिलो लघुवित्त संस्था सञ्चालन गरेको थियो । कार्यक्रममा डिप्रोक्स नेपालका निर्देशक कैलाश रिजाल, लेखा विभाग प्रमुख विवेक कँडेल र थिम्याटिक लिड शिला थापाले डिप्रोक्स नेपालको परिचय र कार्यक्रम प्रगतिबारे जानकारी दिएका थिए ।

गत आर्थिक वर्ष संस्थाको १३ करोड २६ लाख ५९ हजार आम्दानी र १२ करोड ५९ लाख रुपैयाँ खर्च गरेको जनाइएको छ ।

 Image