Successfully Copied

नारी दिवसमा विविध कार्यक्रम

११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम साथ मनाइयो । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाइन्छ ।

११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम साथ मनाइयो । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाइन्छ । नेपालमा यस वर्ष ‘लैंगिक समानताको बलियो आधार ः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको बिस्तार’ भन्ने राष्ट्रिय नाराका साथ यो दिवस मनाइयो ।
बाग्मती प्रदेशको राजधानी हेटौंडामा प्रभातफेरि आयोजना भयो । प्रभातफेरिका क्रममा विभिन्न नारासहितका प्लेकार्ड र ब्यानरहरूप्रदर्शन गरिएका थिए । प्रदर्शनमा सहभागीहरूले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यसम्बन्धी ऐन कार्यान्वयन गरौं, एकल महिलालाई सम्मान गरौं र भावना बुझौं, छोरीलाई श्रम होइन विद्यालय पठाऔं भन्ने नारा र प्लेटफर्म बोकेका थिए ।
यसैगरी, कमलपोखरीस्थित रुसी भवनमा पूर्व सोभियत संघ र र त्यसका पूर्णगणराज्यका विज्ञहरूको संस्था मित्रकुञ्जले अन्तर्क्रियाको आयोजना गरी नारी दिवस मनायो ।
त्यस्तै, टाटा मोटर्सको अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङले आयोजना गरेको ‘नेक्सन इभी वुमन ड्राइभ द नेसन’ कार्यक्रममा ‘मिस नेपाल–२०२२’ का विजेताहरूसहित नेक्सन इभीका ग्राहकहरू र सिप्रदीका कर्मचारीहरू सहभागी थिए । कार्यक्रममा नेक्सन इभीका १२ वटा गाडी थापाथलीस्थित सिप्रदीको कार्यालयबाट बागडोलस्थित सर्भिस सेन्टर र त्यहाँबाट नैकापको ट्रेनिङ सेन्टरसम्म नेक्सन इभीमा यात्रा गराइएको थियो ।
यसैगरी, नारी दिवसका अवसरमा विश्वको सर्वोच्च शिखर सगरमाथास्थित खुम्बुपासाङल्हामु–४ खुम्जुङमाजलवायु परिवर्तनले महिलामा पारेको असर र त्यसको न्यूनीकरण कसरी गर्ने भन्नेबारे सचेतना कार्यक्रम आयोजना गरियो । जलवायु परिवर्तनका कारण कृषि, स्वास्थ्य र पर्यटनमा प्रभाव परेकाले समाधानमा सिंगो राज्य लाग्नुपर्ने कार्यक्रममा सहभागीहरूले बताएका थिए । सरकारी तथा गैरसरकारी संघसंस्थाले संयुक्त रूपमा आयोजना गरेको उक्त कार्यक्रममा पूर्व परराष्ट्रमन्त्री विमला राई पौड्याल, उपसभामुख इन्दिरा रानामगर, जलवायुविज्ञ माधव कार्की, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत आदिको सहभागिता थियो । 

 Image