मिस युनिभर्समा विवाहित, गर्भवतीसँगै तेस्रोलिंगीले प्रतिस्पर्धा गर्न पाउने
सहभागी हुन १५ जून देखि ३ अगस्टसम्म दर्ता गर्न पाउनेछन् । यसको ग्रान्ड फिनाले ८ सेप्टेम्बरमा हुनेछ ।![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2023/news/MG3562-1690452122.jpg&w=1000&height=600)
![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2023/news/MG3562-1690452122.jpg&w=1000&height=600)
बालरोग विशेषज्ञ डा. नवराज केसीद्वारा लिखित ‘शून्यको मूल्य’ पुस्तक काठमाडौंमा आयोजित एक कार्यक्रममा सार्वजनिक भएको छ । पुस्तकमा कर्णालीका आमजनले उपचार गराउने क्रममा भोग्नुपरेका दुःख र संघर्ष समेटिएको छ । लामो समययता गृह जिल्ला सुर्खेतमा कार्यरत नवराजको यो पहिलो पुस्तक सिर्जनात्मक गैरआख्यान हो ।
पुस्तकका बारेमा बोल्दै जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीले पुस्तक कर्णालीको ऐना भएको बताउँदै यसले कर्णाली र सिंगो नेपालका महिलाको स्वास्थ्यको समाजशास्त्रीयकोण प्रस्तुत गरेको उल्लेख गरिन्। यसैगरी जनस्वास्थ्यविद् डा. रीता थापाले स्वास्थ्यका कुरालाई रैथाने भाषामा भनिएकाले पुस्तकले पाठक आकर्षित गरिरहने बताइन्। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपाली भाषामा लेखिएका कमै पुस्तकमात्र आफूले दोहो¥याएर पढ्ने गरेको बताउ“दै ‘शून्यको मूल्य’ त्यसमा अपवाद बनेको जनाए ।
लेखक डा.नवराजले पुस्तकमा कर्णालीका आमाले गुमनाम भएर सन्तानका लागि गरेको संघर्ष, सामाजिक विभेदभित्र लुकेको अन्त्यको लडाइ“बारे लेखिएको बताए।