केही वर्ष पहिलासम्म नारीको विवाह सात–आठ वर्षमै गरिदिने चलन थियो । ग्रामीण बस्तीमा छोरीलाई पढाउने चलनै थिएन । प्रेम विवाहको चलन पनि खासै थिएन । बुवाआमाको इच्छानुसार विवाह हुन्थ्यो । हाम्रो परम्परानुसार दर खाने दिन विवाहित छोरीलाई बुवाआमा वा दाजुभाइहरूले माइतमा डाकेर मीठा–मीठा परिकार ख्वाउने चलन थियो । अहिले पनि छ । तीजमा विवाहित छोरीलाई बुवा वा दाजुभाइ लिन जानुपथ्र्यो । लिन जान नभ्याउनेले समाचार पठाउँथे । तर उनीहरू यसलाई स्वीकार गर्दैनथे । प्रत्युत्तरमा गीत गाउँथे–‘मेरो माया हुँदो हो त बाबै (दाजै) लिन आउँदा हुन्, त्यो चिठीको खबरले जान्न बरी लै ।’
पहिले घरमा घाँस–दाउरा गर्नुपथ्र्यो । खेतबारीमा काम गर्नुपथ्र्याे । ठूला भारी बोक्नुपथ्र्यो । त्यसैले चेलीहरू कहिले तीज आउला र माइतमा गई आरामका साथमीठो खान पाइएला भनी बसेका हुन्थे । गाडीको सुविधा थिएन । वन–जंगलको बाटो पैदल हिँड्नुपथ्र्यो । वर्षामा खोलानाला र नदी बढेका हुन्थे । तर्न सकि“दैनथ्यो । पुल बनेका थिएनन् । जंगली जनावरको मात्र होइन मानिसको पनि डर हुन्थ्यो । त्यसैले तीजमा चेलीलाई लिन जानुपर्ने बाध्यता हुन्थ्यो । अब समयले कोल्टो फेरिसक्यो । अहिलेसानैमा विवाह गरिदिन पाइँदैन । कानुनले नै विवाह गर्ने उमेर २० वर्ष तोकिदिएको छ । प्रविधिले धेरै सजिलो बनाइदिएको छ । अहिले धेरैजसो ग्रामीण बस्तीमा गाडीको सुविधा छ । सबैका हातहातमा मोबाइल छन् । दिनहुँ मोबाइल एवं म्यासेन्जरमा कुराकानी गर्न पाइन्छ । अहिले तीजमा मोबाइल एवंम्यासेन्जरबाट निम्तो गर्दा पनि हुन्छ ।
हरितालिका नारीको महान् चाड हो । तीजमा कतिपयले पानी पनि नपिई व्रत गर्छन् । कतिपयले फलफूल खाएर व्रत गर्छन् । तर कसैले शुद्ध शाकाहारी भोजन गरेर पनि व्रत गर्छन् । हाम्रो हिन्दू धर्म धेरै उदार छ । त्यसैले केटाकेटी, बूढाबूढी, बिरामी, गर्भवती र सुत्केरीले शुद्ध खाना खाएर व्रत गर्दा पनि कुनै दोष लाग्दैन । तीजका दिन शिव मन्दिरमा महिलाको भीड लाग्छ । तीजमा उपवास गरी शिवजीको पूजा गर्दा पार्वतीले शिवलाई पतिका रूपमा वरमाला पहि¥याउने सौभाग्य पाएको मान्यता छ । त्यसैले अविवाहित नारीले तीजका दिन व्रत बसेर असल श्रीमान् र विवाहित नारीले श्रीमान्को सुस्वास्थ्य, दीर्घायु, उत्तरोत्तर प्रगति एवं उन्नतिको कामना गर्ने चलन छ ।
तीजको अर्काे महत्वपूर्ण दिन हो–ऋषिपञ्चमी । पौराणिक कथानुसार सत्य युगमा विदर्भ नाम गरेको देशमा श्येनजित नाम गरेका राजर्षि थिए । उनी धेरै परोपकारी एवं समाजसेवी थिए । उनले आफ्ना प्रजालाई राम्रोसँग पालनपोषण गरेका थिए । तिनै राजाको देशमा सुमित्र नाम गरेका विद्वान् ब्रा≈मण बस्थे । उनको जग्गा–जमिन धेरै थियो । श्रीमती जयश्री पनि व्यावहारिक एवं सहयोगी थिइन् । घरमा आएका पाहुनालाई निकै आदर–सम्मान गर्थिन् । तर जयश्री एक दिन अचानक रजस्वला भइन् । तर पनि उनी कामको चटारोले गर्दा घरका सबै काममा सहभागी भइन् । त्यही दोषले उनी अर्काे जन्ममा आफ्नै छोराको घरमा पशुका रूपमा जन्मिइन् । श्रीमान् सुमित्र पनि पशुकै रूपमा जन्मिए ।
छोरा सुमतिले बुवाको एकोद्दिष्ट श्राद्ध गरे । तर बुवाआमा पशुयोनिमा प्राप्त भएर दिनभर भोकै भएको कुरा राति थाहा पाए । त्यसपछि उनीहरूले राति नै बुवाआमाका लागि भोजनको राम्रो व्यवस्था गरे । पछि ऋषिहरूको सल्लाहअनुसार पितृमुक्तिका लागि सात वर्षसम्म अरुन्धतीसहित सप्तऋषिको पूजा गरेर बुवाआमालँई पशुयोनिबाट मुक्त गराए । एकातिर ऋषिपञ्चमीका दिन सप्तऋषिको पूजा गर्दा पितृहरू मुक्त हुन्छन् भने अर्कातिर रजस्वला भएको अवस्थामा थाहा नपाएर, जानीजानी, झुक्किएर वा बाध्यतावश गरिएका सबै दोष नाश हुन्छन् भन्ने विश्वास गर्छन् हिन्दु महिला । नारीले घर, सामुदायिक भवन, कुनै सार्वजनिक ठाउँ
वा मन्दिरमा भाद्र शुक्ल पञ्चमीका दिन ऋषिपञ्चमीको पूजा गरी तीजका गीत गाउँछन् । ऋषिपञ्चमीको व्रत गर्ने नारीले हलोले जोतेर उत्पादन गरिएको अन्न खाने चलन छैन ।