Successfully Copied

पुरूषोत्तममास

अहिले साउनमा मलमास परेको छ । यो मलमास तीन वर्षमा पर्छ । गएको मलमासपछि विवाह भएका नारी अहिलेको मलमासमा पतिको घरमा बस्नुहुँदैन । माइत, मावल वा अन्त कतै आफन्तकहाँ बस्नुपर्छ । सम्भव भए एक महिना, नभए १५ दिन त्यो पनि सम्भव नभए सात



एक वर्षमा बाह्र महिना हुन्छन् । तर अधिकमास अर्थात् मलमास परेको वर्ष तेह्र महिना हुन्छन् । सामान्यतया कात्तिक, माघ र वैशाख महिना लाख बत्ती बाल्न एवं ठूला यज्ञहरू गर्न उत्तम मानिए पनि मंसिर फागुन, साउन र अरू महिनामा पनि शिवजीको पूजा मात्र होइन पुराण लगाउन सकिन्छ । शास्त्रअनुसार शुक्र वा वृहस्पति अन्ध भएको बेलामा भने व्रतबन्ध, विवाह आदिअन्य ठूला यज्ञ गर्नुहुँदैन । मलमास परेका बेला पुरूषोत्तममासको व्रत गर्नुपर्छ । अन्य शुभकर्महरू गर्नुहुँदैन । अहिले साउनमा मलमास परेको छ । यो मलमास तीन वर्षमा पर्छ । गएको मलमासपछि विवाह भएका नारी अहिलेको मलमासमा पतिको घरमा बस्नुहुँदैन । माइत, मावल वा अन्त कतै आफन्तकहाँ बस्नुपर्छ । सम्भव भए एक महिना, नभए १५ दिन त्यो पनि सम्भव नभए सात दिन बार्ने परम्परा छ ।
पुरूषोत्तममास भनेको के हो ? यो नाम कसरी रहन गयो र यसमा कुन भगवान्को पूजा गर्नुपर्छ ? द्रौपदी को हन्, उनी पहिले को थिइन् किन उनका पाँच पति भए ? आदि विषयमा यहाँ संक्षेपमा चर्चा गरिएको छ ।
पौराणिक कथानुसार कुनै समयमा एउटा मलमास उत्पन्न भयो । संसारमा सबै मानिसले त्यसलाई स्वामीविनाको भनेर निन्दा गरे । त्यसपछि त्यही मलमास भगवान् नारायणको शरणमा प¥यो । भगवान् नारायणले मलमासलाई फकाएर गोलोकमा पु¥याई श्रीकृष्णसँग भेट गराउनुभयो । श्रीकृष्णले सोध्नुभयो, ‘यो को हो ? किन रोइरहेको छ ?’
गोलोकमा कोही दुःखी छैन । सबैले आनन्दपूर्वक जीवन बिताइरहेका छन् । तब नारायणले भन्नुभयो, ‘यो मलमास हो । यसलाई सबैले तिरस्कार गरेपछि मर्न तयार भयो र मैले हजुरको शरणमा ल्याएको हुँ । यसको कल्याण गर्नुहोस् । श्रीकृष्णले भन्नुभयो, ‘हे नारायण हजुरले यो मलमासलाई लिएर आउनुभयो । साह्रै राम्रो काम भयो । अब यसले दुःख पाउनु पर्दैन । अब यसलाई मजस्तै सर्वश्रेष्ठ बनाउनेछु । म जसरी अहिले संसारमा पुरुषोत्तमका रूपमा प्रसिद्ध छु त्यसरी नै यो पनि पुरुषोत्तम भगवान्का रूपमा प्रसिद्ध हुनेछ । यसलाई सबैले आदर र सम्मानका साथ पूजा गर्नेछन् ।’ त्यसपछि मलमासले पनि उचित ठाउँ पायो । त्यसैले अहिले मलमासमा भगवान् पुरुषोत्तमको विशेष रूपमा पूजा हुन्छ । अहिले साउन महिनामा विशेष रूमा शिवजीको पूजा हुँदैन । रुद्री वा हवन गरिएका कुनै पनि कार्य हुँदैनन् । केवल बालबालिकाको न्वारन एवं पास्नी गर्न हुन्छ । कसैले मन्दिर वा कसैले घरमा एक महिना, १५ दिन, सात दिन, तीन दिन वा एक दिन भए पनि भगवान् पुरुषोत्तमको पूजा गरी कथा सुन्ने चलन छ । यो पुरुषोत्तममास माहात्म्यका ३१ अध्याय छन् ।


द्रौपदीका पाँच पति
द्रौपदी पूर्वजन्ममा मेधावी ऋषिकी छोरी थिइन् । बाल्यावस्थामै आमाको मृत्यु भएपछि बुवा मेधावीले छोरीलाई साहित्य एवं नीतिशास्त्र पढाउनुभयो । आमाले सानैमा छाडेर गएकी एक्ली छोरीलाई राम्रोसँग हुर्काउनुभयो । उनी बढ्दै गइन्, विवाह गर्ने उमेर भयो । तर विवाह हुन सकेन । उनी विवाह नहुँदा निकै दुःखी भइन् । बुवा पनि वृद्ध हुँदै जानुभयो । छोरीको विवाह गरिदिन आफन्तहरूलाई योग्य वर खोज्न लगाउनुभयो । मेधावी आफै पनि ठाउँठाउँमा वरको खोजीमा जानुभयो । तर दुर्भाग्य कतै राम्रो वर पाइएनन् । ऋषि वर खोजीकै क्रममा टाठा गएर घर फर्किनुभयो । अचानक उहाँलाई ठूलो ज्वरो आयो । अन्त्यमा भगवान्को प्रार्थना गरेपछि ऋषि पनि यो धर्तीबाट बिदा हुनुभयो । तत्काल भगवान्का दूत आई दिव्य शरीरलाई विमानमा राखेर वैकुण्ठ गए ।
त्यसपछि छोरीले आँखाबाट आँसुका धारा बहाएर विलाप गर्दै भन्न थालिन्–
हा हा पितः कृपासिन्धो आत्मजाद्रद्रनन्ददायक । कस्याङ्के मां निधायाद्रद्य गतोद्रसि वैष्णवं पुरम् ।
पितृहीनां च मां तात को वा सम्भावयिष्यति । न भ्राता नैव बन्धुश्च न मे माता तपस्विनी ।
अर्थात् हे पिताजी आश्रममा एक्लै भएकी म असहायलाई अब कसले रक्षा गर्छ ? मेरा न दाजुभाइ छन्, न बन्धुवर्ग छन् । न मेरी तपस्विनी माता नै हुनुहुन्छ । अब मेरो भोजन–वस्त्रको कसले व्यवस्था गर्छ भनी ठूलो स्वरले रोइन् । तिनै कन्या रोएको सुनेर त्यहा“का सबै तपस्वी आश्रममा आए । त्यो ह्दयविदारक दृश्य देखेर सबै रोए । अन्त्यमा ऋषिलाई शिव मन्दिर नजिकै स्मसान घाटमा लगेर दाहसंस्कार गरिदिए । कन्यालाई सम्झाएर सबै आ–आफ्ना आश्रमतिर लागे । ती कन्याले आफै बुवाको काजकिरिया गरी दुःखले जीवन बिताइन् ।


केही समयपछि दुर्वासा ऋषि घुम्दै मेधावी ऋषिको आश्रममा आउनुभयो । ऋषिकन्या आर्षेयीले आदर–सत्कार गरिन् । त्यसपछि दुर्वासाले आर्षेयीलाई भन्नुभयो, ‘यो महिनाभन्दा अगाडि आउने तेस्रो महिना पुरुषोत्तम महिना हो । यो महिना अत्यन्त पवित्र छ । कात्तिक जस्ता अन्य बाह्र महिनामध्ये साउन महत्वपूर्ण मानिन्छ । बाह« हजार वर्षसम्म ग¨ास्नान गर्दा र सिंह राशिमा बृहस्पति गएको महिनामा गोदाबरीमा एकैपटक स्नान गर्दँ जुन फल प्राप्त हुन्छसोही फल पुरुषोत्तम महिनामा कुनै पनि तीर्थमा गएर स्नान गर्दा प्राप्त हुन्छ । साउन महिना श्रीकृष्णको प्यारो महिना हो । त्यसैले पुरुषोत्तम महिनाको व्रत गर ।’ ती कन्याले ऋषिको कुरा स्वीकार गरिनन् । उनले आश्रममा बसेर शंकरजीको ठूलो तपस्या गरिन् । शंकर प्रसन्न भई वरदान माग भन्दा उनले भनिन्,
‘दीननाथ दयासिन्धोे प्रसन्नश्चेन्ममोपरि । तदा मत्कामितं देहि मा विलम्बं कुरु प्रभो ।।
पतिं देहि पतिं म≈यं पतिं पति महं वृणे । पतिं देही महादेव नाद्रन्यन्मे चिन्तितं ह्दि ।।’
‘हे दीननाथ , हे दयासिन्धो यदि तपाईं मदेखि प्रसन्न हुनुहुन्छ भने मेरो चाहना पूरा गरिदिनुहोस् । हे प्रभु † ढिला नगरिदिनुहोस् । हे शंकर † मलाई पति दिनुहोस्, पति दिनुहोस्, पति दिनुहोस्, पति चाहन्छु पति दिनुहोस्, मेरो मनमा अरू कुनै चाहना छैन । यसरी उनले झुक्किएर पाँच पटक पति शब्दको उचारण गरेकी हुँदा शंकरले पनि तिम्रै इच्छानुसार पाँचवटै पति प्राप्त हुनेछन् भनी वरदान दिनुभयो । यस्तो नसुहाउँदो वर पाएपछि उनले शंकरजीसँग अनुनय–विनय त गरिन् तर केही लागेन । अन्त्यमा ‘हे कल्याणी † यस जन्ममा तिमीलाई पतिबाट पाइने सुख लेखेको छैन । यो तपस्याका प्रभावले अर्को जन्ममा तिमीलाई एउटै पिताका पाँच पुत्र तिम्रा पति हुनेछन् ।’ भनी शंकर अन्तध्र्यान हुनुभयो ।


त्यसपछि समय बित्दै गयो । ऋषिकन्या पनि बूढी हुँदै गइन् । अन्त्यमा उनले यो संसारबाट बिदा लिइन् । त्यतिबेला यज्ञसेन नाम गरेका राजाले ठूलो यज्ञ गरेका गिए । त्यही यज्ञकुण्डबाट सुनजस्तो कान्ति भएकी एउटी कन्या उत्पन्न भइन् । तिनै कन्या पछि द्रुपद राजाकी छोरी द्रौपदीका रूपमा संसारभरि प्रसिद्ध भइन् । तिनै द्रौपदीलाई अर्जुनले मत्स्यवेधका क्रममा स्वयम्वर गरी घरमा ल्याए । त्यसपछि द्रौपदीले पूर्वजन्मको शंकरको वरदानद्वारा पाँच पाण्डवलाई पतिका रूपमा वरण गरिन् । तिनै पाण्डवहरूलाई कौरवहरूले कपटी जूवामा हराई वनमा पठाए । द्रौपदी पनि पाण्डवका साथमा सँगै वनमा गइन् । धेरै वर्ष उनीहरूले वनमा दुःख पाए । अन्तिम समयमाश्रीकृष्णको उपदेशद्वारा द्रौपदीका साथमा पाँच पाण्डवहरूले पुरुषोत्तममासको व्रत गरे । उनीहरूले सोही व्रतका पुण्यका प्रभावले आफूले गुमाएको राज्यलाई १४ वर्षपछि फेरि प्राप्त गरी आनन्दले जीवन बिताए ।
त्यसैले साउन महिनामा पुरुषोत्तममासको व्रत गर्दा गुमेको राज्य मिल्छ । कुनै पनि युद्धमा विजय प्राप्त हुन्छ । मनको इच्छा पूरा हुन्छ । अनेकौं दुःख, बाधा एवं रोगहरूका साथै मन बचन र कर्मले गरिएका सबै पाप नष्ट हुन्छन् ।
केही समय पहिले काठमाडौंको चन्द्रागिरि नगरपालिका–९ मच्छेगाउँमा मत्स्यनारायणको मन्दिर निर्माण भएको छ । सोही मन्दिरमा पुरुषोत्तम भगवान्को पूजाआजा हुन्छ । त्यहाँ धेरै टाढाबाट भक्तजनहरू भगवान्को दर्शन गर्न आउँछन् । अहिले साउन दुई गतेदेखि साउन ३१ गतेसम्म त्यहाँ ठूलो मेला लाग्छ । मलमासमा ३३ वटा मालपुवा काँसको थालीमा राखी पहेंलो वस्त्रले बेरेर दान गर्दा पनि ठूलो पुण्य प्राप्त हुने कुरा शास्त्रमा उल्लेख गरिएको छ ।

 Image