Successfully Copied

‘द गोल्डेन थाली’ मा नेपाली ठेट स्वाद

गोल्डेन थालीमा मासुसहित १५ परिकार समावेश गरिएको छ । दालमा मास, मुसुरो, बोडी, सिमी र मिक्स दालजस्ता विकल्प पनि छन् । भातका लागि मार्सी, ताइचिन, बासमती र जिरा मसिनो प्रयोग गरिन्छ ।


ठमेलस्थित ठमेल इको रिसोर्ट परिसरमा सुरु गरिएको ‘द गोल्डेन थाली’ नेपाली परम्परागत खाना प्रवर्द्धन गर्ने नौलो प्रयास हो । यो रेस्टुरेन्टले विशेषगरी मध्यपहाडी क्षेत्रको खानालाई प्रचारप्रसार गर्दै नेपालका विभिन्न क्षेत्रका स्वादलाई एकसाथ प्रस्तुत गर्ने उद्देश्य राखेको छ ।
यो प्रयासले नेपाली परम्परागत खाना र संस्कृतिलाई आधुनिक रेस्टुरेन्ट व्यवसायसँग जोडी अझ ठूलो उचाइमा पुर्‍याउने अपेक्षा गर्न सकिन्छ । ‘द गोल्डेन थाली’ स्थानीय र विदेशी ग्राहकका लागि नेपाली स्वाद अनुभव गर्ने उत्कृष्ट गन्तव्य बन्नेछ ।

गोल्डेन थालीका विशेषता
सिलौटोमा पिसिएको चटनी, गालेको अचार, पकाइएको ताजा अचार गोल्डेन थालीमा उपलब्ध हुन्छ । मसला र अन्य सामग्री पनि पुराना परम्परागत तरिकाबाट तयार गरिन्छ।
गोल्डेन थालीमा मासुसहित १५ परिकार समावेश गरिएको छ । दालमा मास, मुसुरो, बोडी, सिमी र मिक्स दालजस्ता विकल्प पनि छन्।भातका लागि मार्सी, ताइचिन, बासमती र जिरा मसिनो प्रयोग गरिन्छ । ढिँडोमा मकै, गहुँ, कोदो र फापर उपलब्ध छ ।तरकारीमा झोल, लेदोबेदो (ग्रेभी) र सुक्खा परिकारको स्वाद लिन सकिन्छ ।
ग्राहकको छनोट
थालीका परिकारमा ग्राहकलाई विकल्प दिइएको छ, जुन अन्य रेस्टुरेन्टमा प्रायः उपलब्ध हुँदैनन् ।
क्षमता र समय
एकैपटक १ सयभन्दा बढी ग्राहकले सेवा लिन सक्छन् । बिहान ११बजेदेखि राति १० बजेसम्म गोल्डेन थाली ग्राहकका लागि खुल्ला हुन्छ ।
मूल्य र सेवा
शाकाहारी थालीको मूल्य ५५० पर्छ भने मासुसहितको थालीका लागि अतिरिक्त शुल्क तिर्नुपर्छ ।चिया र पेय पदार्थका लागि टिफ्रेशो आउटलेट, कफी र पेय पदार्थका लागि नेपाली तपास बार पनि उपलब्ध छ ।
गोल्डेन थालीको महत्व
नेपाली खानाको संरक्षणः गोल्डेन थालीले नेपाली परम्परागत स्वाद र पकाउने शैलीलाई नयाँ पुस्ता र पर्यटकसम्म पुर्‍याउँछ।
पर्यटन प्रवर्द्धनःठमेलजस्तो पर्यटकीय क्षेत्रमा स्थापित यो रेस्टुरेन्टले विदेशी पाहुनालाई नेपाली खानाको अनुभव दिन महत्वपूर्ण भूमिका खेल्छ।
सहज र शान्त वातावरण ः शान्त र पारिवारिक वातावरणमा गाउँले परिकारको स्वाद लिँदै, ग्राहकले नेपाली खानाको गहिरो अनुभव प्राप्त गर्न सक्नेछन् ।

 Image