हेल्लो हाइ्रडेसन
सामग्री :
९० ग्राम फ्रेस एप्पल, ६० ग्राम माल्टा ओरेञ्ज, ४८ ग्राम पालुंगो
३० मिलिलिटर मह, ९० मिलिलिटर पानी, १० मिलिलिटर कागतीको रस
विधि :
सर्वप्रथम ब्लेन्डरलाई राम्ररी सफा गर्ने । माथि उल्लिखित सबै सामग्री ब्लेन्डरमा हालेर राम्ररी ब्लेन्ड गर्ने । सबै कुरा राम्ररी मिक्स भएर जुस बनिसकेपछि भी–कटको सिसाको मोक्टेल ग्लासमा हाल्ने । त्यसपछि ग्लासको माथि एप्पल मुनले गार्निस गर्ने । गर्मीका लागि निकै उपयुक्त र स्वस्थ पेय अब सर्भ गर्नका लागि तयार भयो ।
मकमोसा
सामग्री :
९१ ग्राम माल्टा ओरेन्ज
९० मिलिलिटर स्प्राइट
१ अदुवा
५ मिलिलिटर सुगर सिरप
५ मिलिलिटर कागतीको रस
थोरै पानी
विधि :
माथि उल्लिखित सम्पूर्ण सामग्रीलाई ब्लेन्डरमा हाल्ने । राम्ररी ब्लेन्ड भइसकेपछि वाइन ग्लासमा खन्याउने । यसलाई ग्लासको माथिबाट साइडमा ओरेन्ज मुनले गार्निस गर्ने । गर्मीका लागि मीठो र स्वस्थकर यो पेय पदार्थले शरीरमा मिनरल्स प्रदान गर्नुका साथै सिट्रसको मात्रा पनि बढाउँछ ।
बबल ब्लिट्ज
सामग्री :
१२० ग्राम फ्रेस पाइनापल
२ चिम्टी टिम्मुर
९० मिलिलिटर स्प्राइट
५ देखि ७ मिलिलिटर सुगर जुस
५ मिलिलिटर कागतीको रस
विधि :
तयार पारिएका सबै सामग्रीलाई ब्लेन्डरमा हालेर ब्लेन्ड गर्ने । सबै सामग्री राम्ररी ब्लेन्ड भइसकेपछि यसलाई वाइन ग्लासमा हाल्ने । यसलाई ग्लासको साइडमा पाइनापलले गार्निस गर्ने । गर्मीमा निकै मन पराइएको यो पेय पदार्थले शरीरलाई डिहाइड्रेड राख्न मद्दत पुर्याउँछ । साथै स्वास्थ्यका
दृष्टिकोणले पनि यो पेय निकै लाभकारी छ ।
लिभर बुस्टर
सामग्री :
९० ग्राम फ्रेस चुकन्दर (बिटरुट)
६ ग्राम धनियाँ पत्ता
अत्यन्तै सानो टुक्रा डल्ले खुर्सानी
एक चिम्टी भुटेको जिराको धूलो
२० मिलिलिटर मह
२० मिलिलिटर कागतीको जुस
थोरै पानी
विधि :
सफा पारेर धोएको ब्लेन्डरमा माथि उल्लिखित सम्पूर्ण सामग्री हालेर राम्ररी ब्लेन्ड गर्ने । सबै सामग्री राम्ररी मिसाएर जुस बनिसकेपछि यसलाई वाइन ग्लासमा हाल्ने । त्यसपछि ग्लासको माथि हार्ट सेपमा कटिङ गरिएको बिटरुटले गार्निस गर्ने । गर्मी मौसममा स्वास्थ्यका लागि निकै फलदायी यो पेय अब सर्भ गर्नका लागि तयार छ । स्वास्थ्यवर्द्धक यो पेय पदार्थले लिभर र किड्नीलाई राम्रो गर्छ ।