Successfully Copied

तिहारका परिकार

तिहारलाई विशेषगरी दिदीभाइबीचको सम्बन्धलाई सुदृढ गर्ने पर्वका रूपमा लिइन्छ । तिहारलाई झिलिमिली पर्वका साथै मिठाईंका परिकारका पर्वका रूपमा पनि लिइन्छ ।


हिन्दूहरूको दोस्रो ठूलो चाड तिहार हो । तिहारलाई विशेषगरी दिदीभाइबीचको सम्बन्धलाई सुदृढ गर्ने पर्वका रूपमा लिइन्छ । तिहारलाई झिलिमिली पर्वका साथै मिठाईंका परिकारका पर्वका रूपमा पनि लिइन्छ । फरक–फरक प्रकारका रोटीदेखि लिएर परिकारहरू बनाउने यो चाडलाई विशेष बनाउन सकिन्छ । विभिन्न समुदायले तिहारमासेल, ठेकुवा, फिनी, झिनियाँ आदि बनाउँछन् । ठाउँ र जातजातिअनुसार यो पर्वमा फरक–फरक परिकार बनाइन्छ । यो चाडमा परिकारहरू घरमै बनाउने गरिन्छ ।


फिनी रोटी–पत्रे
फिनी तिहारमा पकाइने रोटी हो । यो मैदाको पिठोमा घिउ मिसाएर बनाइन्छ । घिउको स्वाद यसमा आउने भएकाले पनि घिउका पारखीलाई यो मन पर्छ ।
बनाउने विधि– सबैभन्दा पहिले मैदामा घिउ हालेर मुछ्ने । मुछेको पिठोलाई डल्ला बनाउने । यसलाई बेली चक्कुले काटेर फेरि दोहो¥याएर बेल्ने र तातो तेलमा तार्ने । यसरी तयार पारिएको फिनी रोटी धेरै दिनसम्म राख्न सकिन्छ ।

सेलरोटी
सेलरोटीलाई तिहारको विशेष परिकारका रूपमा बनाइन्छ । चामलको पिठोबाट तयार पारिने यो रोटी तिहारको लोकप्रिय परिकार पनि हो । यो तिहारमा मात्र नभई अन्य शुभ कार्यमा पनि प्रयोग गरिन्छ ।


बनाउने विधि–चामलको पिठोलाई पानीमा भिजाएर मुछ्ने । यसमा इच्छानुसार ल्वाङ्–सुक्मेल हाल्न सकिन्छ । कराहीमा तेल बसाएर गोलो आकारमा सेलरोटी बनाउन सकिन्छ ।


ठेकुआ
ठेकुआ तिहार र छठ पर्वमा बनाइन्छ । यो तराईमा विशेष मानिन्छ । यो तराईको प्रसिद्ध मिठार्ईं हो । तिहारमा र छठमा कोसेली लग्न पनि ठेकुआ बनाइन्छ । यसलाई गहुँको आटाबाट तयार गरिनछ ।


बनाउने विधि– गहुँको आटामा चिनी वा सख्खर हालेर मुछ्ने । यसमा आवश्यकतानुसार नरिवल, घिउ र तेल मिसाउन सकिन्छ । मुछेको पिठोमा गोला बनाएर बुट्टा भरी त्यसमा तातो तेलमा खैरो हुने गरी तार्ने ।

लाखमरी
लाखमरी नेवारी समुदायमा प्रचलित मिठाई हो । चामल र आटाको पिठो दुवैबाट यो मिठाईं बनाउन सकिन्छ । यसको स्वाद गुलियो हुन्छ । यसलाई विभिन्न आकारमा बनाउन सकिन्छ । यो बेकिङ पाउडर, घिउ, चिनीबाट बनाउन सकिन्छ ।


बनाउने विधि– पिठोमा बेकिङ पाउडर मिसाएर पिठो मुछ्ने । अर्को भाँडामा पानी र चिनीको घोल बनाउने । मुछेको पिठोलाई बेल्दै चक्कुले काटेर लाखमरीको सेप दिने । यसलाई तेलमा डिप फ्राई गर्ने । त्यसलाई निकालेर एक घण्टा राखेपछि यो तयार हुन्छ ।


अनरसा
चामलको पिठोबाट अनरसा बनाइन्छ । तिहारमा दाजुभाइको भागमा पनि अनरसा राखिन्छ ।


बनाउने विधि– मसिनो गरी पिसेको चामलको पिठोलाई आवश्यक मात्रामा चिनी राखी मुछेर छोड्ने । मुछेको पिठोलाई साना–साना डल्ला बनाउने । थोरै पिठो लि“दै हातमा घिउ लगाएर प्लेटमाथि गोलो रोटीको आकार दिने । सानो आगो बनाएर विस्तारै तेलमा तार्ने । यो थोरै रातो रंग देखिन थालेपछि निकाल्ने ।

झिनियाँ रोटी
झिनियाँ रोटी तिहारको प्रचलित परिकार हो । मधेसमा बनाइने यो रोटी प्रख्यात छ । चामलको पिठोबाट बनाइने यो रोटी विभिन्न रंगमा बनँइन्छ । यो मेसिनद्वारा बनाइने परिकार हो ।


बनाउने विधि– चामलको पिठोलाई पानीमा पकाउने । पिठोमा नै कुन रंगको बनाउने हो सोही रंग हाल्नुपर्छ । पिठो पाकेपछि यसलाई सानो दानाका रूपमा प्रयोग गरी मेसिनमा राख्ने । एकपटकमा मेसिनद्वारा ३० वटासम्म झिनियाँ बनाउन सकिन्छ । यसरी बनाएको झिनिया“लाई तीन घण्टा घाममा सुकाउने । सुकाएको झिनियाँलाई तेलमा फुराएर तयार गरिन्छ । 

 Image