चिल्ली बेबी कर्न
बेबी कर्न स्क्वायर सेपमा काट्ने र त्यसमा कर्नफ्लोर र मैदा हालेर १० मिनेटसम्म मेरिनेट गर्ने । तेलमा डिप फ्राई गरेर त्यसमा तेलमा प्याज, भेँडेखुर्सानी–अदुवा लसुन फ्राई गर्ने ।

यो ‘चाइनिज ओरिएन्टल’ स्वादको प्रसिद्ध खाना हो । यो परिकारका लागि पनि हड्डी नभएको कुखुराको मासु चाहिन्छ । त्यसमा ‘कर्नफ्लोर’, मैदा, नुन, सेतो मरिचको धूलो मोल्ने र करिब ४५ मिनेट ४/५ डिग्रीमा छोपेर राख्नुपर्छ । त्यसपछि कराहीमा आवश्यकतानुसार तेल तताउनुपर्छ । तेल तातेपछि अघि ‘मेरिनेट’ गरेर राखेको मासुलाई ‘फ्राई’ गर्नुपर्छ । अब अर्को प्यानमा थोरै तेलमा लसुन फुराउने, थोरै पानी, ‘डार्क सोया सस’, ‘ब्राउन सुगर’, मह अनि कर्नफ्लोर घोलेर आधा मिनेट पकाउनुपर्छ । पाकेपछि अघि ‘फ्राई’ गरेर राखेको मासु राखेर पानी ठिक्क सुक्न थालेपछि हरियो लसुनको पातले ‘गार्निस’ गर्नुपर्छ । यो ‘स्न्याक्स’ का रूपमा धेरै रुचाएको परिकार हो । विशेष गरी यो मदिरासँग बढी सुहाउँदो परिकार हो ।
- सुदर्शन प्रसाद खतिवडा
सेफ, आगन्तुक रिसोर्ट धुलिखेल