Successfully Copied

हट गार्लिक विंग्स 

सामग्री : चिकेन विंग्स सात पिस, एक–एक चम्चा अदुवा र प्याजको पेस्ट, सेलरी सानो एक मुठा, एक चिया चम्चा हटसस, एक चिया चम्चा वेस्टर सस, एक चिया चम्चा ह्वाइट भिनेगर, एक चिम्टी ह्वाइट पिपर, एक चिया चम्चा तिलको तेल । 

विधि : चुलोमा सफा प्यान बसाल्ने । प्यान तातिसकेपछि तिलको तेल हालेर अदुवा र प्याजको पेस्ट हाली केही बेर चलाउने । त्यसपछि माथि उल्लेख गरिएका मसला र सामग्री प्रयोग गरेर थोरै पानी राखी चलाउँदै तीनदेखि पाँच मिनेट पकाउने । हट गार्लिक सस तयार भयो । 

सर्वप्रथम विंग्सलाई राम्रोसँग सफा गरेर बोइल गर्ने र त्यसपछि फ्राई गर्ने । एउटा प्यानमा फ्राइड चिकेन विंग्सलाई राखेर अघि तयार पारेको हट गार्लिक सससँग राम्ररी चलाएर मिक्स गर्ने । राम्ररी मिक्स भइसकेपछि प्लेटमा सर्भ गर्ने । यसलाई स्प्रिङ ओनियन तथा स्प्रिङ सलादसँग सर्भ गर्न सकिन्छ । 

- काशिभ अधिकारी 

  सेफ, वालनट बिस्ट्रो एन्ड ब्याङ्क्वेट

 Image