ओरेन्ज चिकेन
विधिः सबै भेजिटेबल र चिकेन ब्रेस्टलाई आयोडिन पानीमा राम्रोसँग पखाल्ने । चिकेन ब्रेस्टलाई एउटा बाउलमा राखी अदुवा–लसुनको पेस्ट, हर्ब्स, मरिचको धूलो र नुन हालेर मेरिनेट गर्ने अनि १५ मिनेटसम्म छोडिदिने ।![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2022/miscellaneous/orangr-chiken-1-23062022012254.jpg&w=1000&height=600)
![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2022/miscellaneous/orangr-chiken-1-23062022012254.jpg&w=1000&height=600)
सामग्री : चिकेन २ सय ग्राम, बेकन १ सय ग्राम, मरिचको धूलो–एक चिम्टी, सुकेको खुर्सानीको पेस्ट एक चम्चा, वेस्टर सस एक चम्चा र स्वादअनुसार नुन ।
विधि : बोनलेस चिकेनलाई मरिचको धूलो, चिल्ली पेस्ट, नुन राखेर मेरिनेट गर्ने । मसला राम्रोसँग भित्र पसोस् भनेर यसलाई केही बेर यत्तिकै छोडिदिने । करिब १५ देखि ३० मिनेटपछि यसलाई बेकनमा रोल गरेर तातिरहेको प्यानमा राखेर ग्रिल्ड गर्ने । लञ्च वा स्न्याक्सका रूपमा खान सकिने यो स्वादिष्ट र नौलो परिकार पछिल्लो समय धेरैले रुचाएका छन् ।
- काशिभ अधिकारी
सेफ, वालनट बिस्ट्रो एन्ड ब्याङ्क्वेट