Successfully Copied

स्वादिष्ट परिकार

स्टफ्ड चिकेन विङ्गस सामग्री : पाँच पिस चिकेन विङ्स, सय ग्राम चिकेन किमा, २० ग्राम प्याज,  एउटा हरियो खुर्सानी, एक चम्चा हरियो धनियाँ, एक चिम्टी खुर्सानीको धूलो, एक चिम्टी जिराको धूलो, एक चिम्टी धनियाँको धूलो, स्वादअनुसार नुन र मरिचको धूलो, एक चम्चा अदुवा–लसुनको पेस्ट, एक लिटर तेल ।

सन्तोष अधिकारी

सेफ, स्काइसीप रेस्टुरेन्ट 

स्टफ्ड चिकेन विङ्गस

सामग्री : पाँच पिस चिकेन विङ्स, सय ग्राम चिकेन किमा, २० ग्राम प्याज,  एउटा हरियो खुर्सानी, एक चम्चा हरियो धनियाँ, एक चिम्टी खुर्सानीको धूलो, एक चिम्टी जिराको धूलो, एक चिम्टी धनियाँको धूलो, स्वादअनुसार नुन र मरिचको धूलो, एक चम्चा अदुवा–लसुनको पेस्ट, एक लिटर तेल ।

विधि : चिकेन विङ्गसभित्रको हड्डी निकाल्ने । हड्डी निकालेपछि त्यहाँ खाली ठाउँ बन्छ । त्यसमा चिकेन किमा भर्ने । किमा भरिसकेपछि ब्ल्याडरमा डुबाउँदै डिप फ्राई गर्ने ।

नोट : ब्ल्याडर बनाउनका लागि मैदा र कर्नफ्लोरमा नुन, मरिचको धूलो, एउटा अण्डा, अदुवा–लसुनको पेस्ट हालेर घोल बनाउने

 

चिकेन फजिता

सामग्री : २५० ग्राम हड्डी नभएको कुखुराको मासु, ५० ग्राम प्याज, ५० ग्राम भेंडेखुर्सानी, ५० ग्राम गाजर, १० ग्राम हरियो प्याज, नुन स्वादअनुसार, एक चिम्टी मरिचको धूलो, एक चिया चम्चा हट चिल्ली सस, १० मिलिलिटर थाई सस, १० ग्राम मैदा, १० ग्राम कर्नफ्लोर, आवश्यकताअनुसार तेल ।

विधि ः कुखुराको मासुलाई राम्रोसँग पखालेर फिंगर कटमा काट्ने । त्यसपछि मैदा र कर्नफ्लोरको ब्ल्याडरमा डुबाएर डिप फ्राई गर्ने । मासु पाकेपछि निकाल्ने । त्यही प्यानमा फेरि थोरै तेल राखेर त्यसमा भेंडेखुर्सानी, प्याज, गाजरलाई पनि फिंगर कटमा काटेर फ्राई गर्ने । त्यसमा अघि पकाएको चिकेन हालेर एकछिन पकाउने । अब माथि तयार पारिएको सबै मरमसला राखेर राम्रोसँग चलाउने । हट प्यान तताएर सिजलिङ गरेर सर्भ गर्न सकिन्छ ।

 

कुरकुरे मःम

सामग्री : मैदा, नुन स्वादअनुसार, १ चिम्टी मरिचको धूलो, एउटा अण्डा, एक चम्चा अदुवा–लसुनको पेस्ट, एक कप ह्वाइट ब्रेड क्रम, एक लिटर तेल ।

विधि : आफ्नो स्वादअनुसार मःम तयार पार्ने । त्यसपछि मःमलाई ब्ल्याडरमा डुबाउने  र त्यसलाई ह्वाइट ब्रेड क्रममा चोप्दै डिप फ्राई गर्ने ।

 Image