हामीले खाने दैनिक खानामा प्रोटिन पुग्दैन
गुन्द्रुक, भटमास र सिन्कीमा प्रशस्त मात्रामा भिटामिन, मिनरल्स, प्रोटिन एवं फाइबर पाइन्छ । कोदो, फापरलगायतमा आइरन र फाइबर पाइन्छ । हाम्रा रैथाने परिकारहरू स्वास्थ्यवर्द्धक छन् ।

दीपेश सूर्यवंशी
सेफ, भेटघाट रेस्ट्रो, अनामनगर
सामग्री : गिदी, नुन, बेसार, खुर्सानीको धूलो, हरियो खुर्सानी, जिरा र धनियाँको धूलो, गरम मसला, अदुवा, लसुन, टमाटर ।
विधि : सबैभन्दा पहिले मःमः पकाउने भाँडामा गिदीलाई आधा पाक्ने गरी स्टिम गर्ने । त्यसपछि प्यानमा तेल तताउने, त्यसमा गिदी राख्ने । सानो आँचमा फ्राइ गर्ने । सँगसँगै काटेको अदुवा, लसुन, हरियो खुर्सानी, काटेको टमाटर हालेर ५ देखि ७ मिनेटसम्म पकाउने । त्यसपछि मसला हाल्ने र २ मिनेटसम्म पकाउने । मसला सुरुमा हाल्दा डढ्ने भएकाले पछि हाल्नुपर्छ ।