वन टन सुप
वन टनका लागि चिकेन किमा, मसिनो गरी काटेको हरियो प्याज, लसुन, नुन र मरिच राखेर मोल्ने । अब मैदालाई मनतातो पानी राख्दै मुछेर डो बनाउने । सानो आकारमा बेलेको मैदाको रोटीभित्र अघि तयार पारेको किमा (फिलिङ) राखेर ममः जस्तै डल्लो बनाउने ।

दीपेश सूर्यवंशी
सेफ, भेटघाट रेस्ट्रो, अनामनगर
सामग्री : गिदी, नुन, बेसार, खुर्सानीको धूलो, हरियो खुर्सानी, जिरा र धनियाँको धूलो, गरम मसला, अदुवा, लसुन, टमाटर ।
विधि : सबैभन्दा पहिले मःमः पकाउने भाँडामा गिदीलाई आधा पाक्ने गरी स्टिम गर्ने । त्यसपछि प्यानमा तेल तताउने, त्यसमा गिदी राख्ने । सानो आँचमा फ्राइ गर्ने । सँगसँगै काटेको अदुवा, लसुन, हरियो खुर्सानी, काटेको टमाटर हालेर ५ देखि ७ मिनेटसम्म पकाउने । त्यसपछि मसला हाल्ने र २ मिनेटसम्म पकाउने । मसला सुरुमा हाल्दा डढ्ने भएकाले पछि हाल्नुपर्छ ।