वन टन सुप
वन टनका लागि चिकेन किमा, मसिनो गरी काटेको हरियो प्याज, लसुन, नुन र मरिच राखेर मोल्ने । अब मैदालाई मनतातो पानी राख्दै मुछेर डो बनाउने । सानो आकारमा बेलेको मैदाको रोटीभित्र अघि तयार पारेको किमा (फिलिङ) राखेर ममः जस्तै डल्लो बनाउने ।
सामग्री : मकैको पिठो अलि खस्रो, पानी, मोही, गुन्द्रुकको अचार, लोकल कुखुराको मासु, मौसमी तरकारी, गोलभेंडाको अचार ।
विधि : कसौडीमा पानी उमाल्ने, उम्लिरहेको पानीमा थोरै–थोरै पिठो राख्दै मस्काउने । थिक लेयर बसेपछि छोपिदिने । सानो आँचमा ३० मिनेटसम्म पकाउने । त्यसपछि तरकारी, अचार, मोही आदि राखेर सर्भ गर्ने ।
- कवीर भण्डारी, सेफ, मकै घर