कोको फुज
सामग्री : भोड्का ६० एमएल, कोकोनट सिरप १० एमएल, ब्लु क्युकारो १० एमएल, लाइमजुस १५ एमएल, पाइनएप्पल जुस ३० एमएल, मार्टिनी, कलर ब्लु, गार्निस पाइनएप्पल विथ चेरी तथा आवश्यक ग्लास ।
विधि : सबैलाई एकसाथ मिसाएर सेक गरी ग्लासमा राख्ने अनि गार्निस गरेर सर्भ गर्ने ।
पेन किलर
सामग्री : डार्क रम ४५ एमएल, कोकोनट क्रिम ३० एमएल, भुइँकटरको जुुस ३० एमएल, सुन्तलाको जुस ३० एमएल, एगेस्टुरा बिटर ।
विधि : सबैलाई एकसाथ मिसाएर सेक गरी ग्लासमा राख्ने अनि गार्निस गरेर सर्भ गर्ने ।
मोहितो
सामग्री : भोड्का, सुगर सिरप, पुदिनाको पात, पाँचवटा कागती ।
विधि: पुदिनाका पातलाई हत्केलामा राखेर अर्को हातले हिर्काउने । यसो गर्दा पुदिनाको वासना सबैतिर फैलिन्छ । त्यसलाई खाली गिलासमा हाल्ने, ४ देखि ६ पिस कागती हाल्ने । पुदिना र कागतीलाई “मडल” गर्ने, त्यसपछि ६० मिलिलिटर भोड्का हाली सुगर सिरप वा चिनी हाल्ने । त्यसपछि आफ्नो इच्छानुसार आइस हाल्ने ।
फिडेल क्यास्ट्रो
सामग्री : ६० मिलिलिटर डार्क खुकुरी रम, जिन्जर एली, कागतीको रस ।
विधि : ६० मिलिलिटर खुकुरी रम एउटा गिलासमा हाल्ने, त्यसपछि १५ मिलिलिटर कागतीको रस हाल्ने, इच्छानुसार आइस क्युब राख्ने, जिन्जर एले हालेर राम्रोसँग चलाएपछि फिडेल क्यास्ट्रो तयार हुन्छ ।
टिरामिसु
सामग्री : बकार्डी ह्वाइट रम ४० एमएल, कहलुआ ३० एमएल, एक्सप्रेसो ३० एमएल, फ्रेस क्रिम ६० एमएल, कोका पाउडर थोरै, तासिएको चकलेट थोरै, चकलेट सिरप १५ एमएल ।
विधि : सेकरमा बकार्डी ह्वाइट रम, कहलुवा, एक्सप्रेसो, फ्रेस क्रिम तथा चकलेट सिरप हाल्ने र बेस्सरी हल्लाउने । केही बेर हल्लाएपछि तासिएको चकलेट पोतिएको ककटेल गिलास वा मार्टिनीमा ककटेल खन्याएर सर्व गर्ने । यो ककटेल गुलियो हुन्छ ।