स्वस्थ परिकार
क्यावेज रोल सामग्री ः एउटा ठूलो बन्दागोभी सय ग्राम उसिनेको चिकेन सय ग्राम चीज मसिनो गरी टुक्रा पारिएको गाजर, मसिनो गरी काटिएको हरियो प्याज, उसिनेर मसिनो टुक्रा पारिएको मसरुम, मसिनो गरी काटिएको लसुन, स्वादअनुसार नुन र कालो मरिचको धूलो ।

गुन्द्रुक, भटमास र सिन्कीमा प्रशस्त मात्रामा भिटामिन, मिनरल्स, प्रोटिन एवं फाइबर पाइन्छ । कोदो, फापरलगायतमा आइरन र फाइबर पाइन्छ । हाम्रा रैथाने परिकारहरू स्वास्थ्यवर्द्धक छन् । तराईमा चिउरा–भुजा गुँडमा मिसाएर खाने चलन छ, रोटी खाने चलन छ । पहाडमा कोदो, मकै, गहुँ खाने चलन छ । हिमाली क्षेत्रमा फापर, जौ, आलु पाइन्छ । भूगोलको हिसाबले पाइने यी खानेकुरा स्वास्थ्यको हिसाबले राम्रो मानिन्छ । फापरले मधुमेहका रोगीलाई फाइदा गर्छ ।
अहिले रैथाने खाना विस्तारै हराउँदै गएका छन् । यसलाई सबै मिलेर प्रवर्द्धन गर्नुपर्छ । चिकित्सकले पनि बिरामीलाई यस्ता खाना खान प्रेरिन गर्नुपर्यो । गाउँघरमा उत्पादन बढाउनलाई यसको प्रचारप्रसार गर्नुपर्छ । अहिलेको पुस्ताले खेतीपातीको महत्व बुझ्न छाड्यो ।
हरेक खानेकुराको स्वाद परिवर्तन गरेर खान सकिन्छ । यसलाई आधुनिकीकरण कसरी गर्ने भन्ने सोच्नुपर्छ । कसरी आयआर्जनको बाटो बनाउन सकिन्छ । गाउँघरमा भुटेका मकै, भटमास एवं मोही खाने चलन अहिले हराइसकेको छ । सजिलो र छिटोका लागि चाउचाउ पाक्न थालेको छ । समयको अभाव, सजिलै उपलब्ध हुने कारणले रैथाने खानाको ठाउँ बजारे खानाले लिएको छ ।
हामीले खाने दैनिक खानामा प्रोटिन पुग्दैन । नेवारी सेटमा गेडागुडी, मासु, चिउरा, अचार सबै हुन्छ । थकाली खानामा भातसँगै दाल, अचार, मासु, साग एवं तरकारी हुन्छ । यी खानेकुरा सबै कुराले भरपूर हुन्छन् ।
हामी विभिन्न पर्वमा परिकार बनाएर खान्छौं । केही अध्ययन–अनुसन्धान नभए पनि हाम्रा पुर्खाले बनाएको यो चलन वैज्ञानिक हिसाबले राम्रो छ । असार पन्ध्रमा दही, चिउरा र माघे संक्रान्तिमा कन्दमूल, घिउ–चाकु खान्छौं । असारमा गर्मी हुने भएकाले दही–चिउराले शरीरलाई शीतलता प्रदान गर्छ । त्यस्तै दहीका विभिन्न फाइदा छन् । माघे संक्रान्तिमा मौसम चिसो हुने भएकाले घिउ, चाकु, फापरका फुलौरा आदि खान्छौं । पर्वमा खाइने खाना पनि जाती एवं भूगोल अनुसार केही फरक हुन्छ ।
भूपाल बानियाँ, पोषणविद्