Successfully Copied

मटन सिक कबाब

क्रिम, लेमन जुस, चाट मसलाबाहेक सबै चीज मोलेर रातभरि राख्ने । भोलिपल्ट मटन किमालाई सिंकमा उन्ने । तन्दुरमा १२ मिनेटजति थोरै घिउ दल्दै सेक्ने । बाहिर निकालेर पिस पारी क्रिम, चाट मसला तथा लेमन जुससँग मिसाउने ।

मटन सिक कबाब

सामग्री : मटन किमा २ सय ग्राम, जाइफल आधा टुक्रा, १० वटा सुकमेलको धूलो, ५ वटा ल्वाङको धूलो, गरम मसला १० ग्राम, नुन स्वादअनुसार, घिउ १० मिलिलिटर, क्रिम १० मिलिलिटर, लेमन जुस ५ मिलिलिटर, चाट मसला ५ ग्राम ।

विधि : क्रिम, लेमन जुस, चाट मसलाबाहेक सबै चीज मोलेर रातभरि राख्ने । भोलिपल्ट मटन किमालाई सिंकमा उन्ने । तन्दुरमा १२ मिनेटजति थोरै घिउ दल्दै सेक्ने । बाहिर निकालेर पिस पारी क्रिम, चाट मसला तथा लेमन जुससँग मिसाउने ।

हट एन्ड सावर सुप

सामग्री : चाइनिज भेजिटेबल मसिनो गरी काटेको १० ग्राम, चिकेन मसिनो काटेको १० ग्राम, अण्डा १ वटा, सोया सस १५ मिलिलिटर, नुन स्वादअनुसार, सेतो मरिच २ ग्राम, भेनिगर १० मिलिलिटर, लसुन ५ ग्राम, तेल ५ मिलिलिटर, तिल तेल १० मिलिलिटर, कर्नफ्लोर ५ ग्राम ।

विधि : तेलमा लसुन फ्राइ गर्ने, चिकेन हालेर फ्राइ गर्ने त्यसपछि भेजिटेबल हालेर केही बेर फ्राइ गर्ने । पानी हाल्ने त्यसमा सोया सस, भेनिगर, नुन, सेतो मरिच उमालेपछि कर्नफ्लोरलाई पानीमा घोलेर हाल्ने । १० सेकेन्ड उमाल्ने र तिलको तेल हालेर सर्भ गर्ने ।

                                                           - डाइनिङ पार्क रेस्टुरेन्ट एन्ड लाउन्ज बार, मध्यबानेश्वर

 Image