Successfully Copied

यसरी बनाउनुहोस् मसरुमका परिकार

ओलिभ आयल, भेनिगर, कालो मरिच तथा नुनलाई एक ठाउँमा मिसाउने । उक्त मिश्रणमा उसिनेर चिसो पारिएको मसरुमलाई मेरिनेट गरेर आधा घन्टा छोडिदिने । टमाटरलाई दुई–दुई टुक्रामा काटेर मसरुममा मिसाउने । त्यसैमा बेसिलको पात हाली चिसो भएपछि सर्व गर्ने ।

मसरुम बेसिल सलाद

सामग्री : मसरुम २ सय ग्राम, ओलिभ आयल : २ चम्चा, भेनिगर : २ चम्चा, मरिच र नुन : स्वादअनुसार

स–साना टमाटर : १ सय ग्राम, बेसिलको पात : २० ग्राम

विधि : ओलिभ आयल, भेनिगर, कालो मरिच तथा नुनलाई एक ठाउँमा मिसाउने । उक्त मिश्रणमा उसिनेर चिसो पारिएको मसरुमलाई मेरिनेट गरेर आधा घन्टा छोडिदिने । टमाटरलाई दुई–दुई टुक्रामा काटेर मसरुममा मिसाउने । त्यसैमा बेसिलको पात हाली चिसो भएपछि सर्व गर्ने ।

मसरुम टिक्का मसला

सामग्री : मसरुम २ सय ग्राम, टोम्याटो प्युरी २ चम्चा, ओलिभ आयल १ चम्चा, लसुनको पेस्ट आधा चम्चा, मरिचको धूलो ५ ग्राम, ओरिगानो आधा चम्चा, नुन स्वादअनुसार ।

विधि : मसरुमलाई धोएर पानी निथार्ने । टोम्याटो प्युरी, ओलिभ आयल, लसुनको पेस्ट, कालो मरिच, ओरिगानो तथा नुनको मिश्रण तयार पार्ने । यो मिश्रणमा मसरुमलाई मेरिनेट गर्ने । आधा घन्टापछि मसरुमलाई सिन्कामा उनेर ग्रिल गर्ने ।

 Image