परिकार
ब्रेडवाडा : सामग्री ः ब्रेड (पाउरोटी) चार पिस दही दुई लिटर प्याज दुईवटा हरियो खुर्सानी दुईवटा बिरेनुन एकचिम्टी खुर्सानीको धूलो आधा सानो चम्चा धनियाँको धूलो एक चम्चा टोम्याटो सस आधा चम्चा हरियो धनियाँका पात एक चम्चा भुजिया एक चम्चा

अमृत तामाङ
सेफ, माइ च्वाइस रेस्टुरेन्ट लैनचौर
सामग्री : चिकेन २०० ग्राम, लसुन २० ग्राम र अदुवा २० ग्राम, हट सस दुई चम्चा, नुन स्वादअनुसार ।
विधि : चिकेनलाई उम्लिरहेको पानीमा लसुन, अदुवा, सेलरी पत्ता, स्टार मसला, प्याज, गाजर हालेर आठ मिनेटसम्म उमाल्ने । त्यसपछि उक्त चिकेनलाई तेलमा फ्राइ गर्ने र अदुवा तथा लसुनलाई गोल्डेन कलर नआउन्जेल फ्राइ गर्ने । यसमा दुई चम्चा हट सस राखी टिम्मुर, नुन, स्टार मसला, तिलको तेल र नुन स्वादअनुसार लगाएर केही बेर राख्ने । अब यो स्वादिष्ट परिकार तयार भयो । यसलाई मेन डिसका रूपमा सर्भ गर्न सकिन्छ ।
वीरेन्द्रकुमार श्रेष्ठ
सञ्चालक, माइ च्वाइस रेस्टुरेन्ट
नेपालीहरूमा रेस्टुरेन्ट जाने चलन बढ्नुको कारण के हो ?
पहिलो कारण त व्यस्तता नै हो । दोस्रो, एक्सपोजर तथा फरक स्वाद चाख्ने बानीको विकास । तेस्रो, यो एक किसिमको फेसनजस्तै बन्नु पनि हो ।
कोरोनाकालमा पनि रेस्टुरेन्टमा मान्छे खचाखच देखिन्छन नि ?
फुर्सदमा झन् मान्छेलाई के खाऊँ–खाऊँ, नयाँ स्वाद चाखौं भन्ने कौतूहलता हुन्छ । अर्को कुरा पछिल्लो समय मानिसले तनावबाट टाढा रहने बाटो खोजिरहेका छन् । साथीभाइसँग रेस्टुरेन्ट गयो, खायो, रमाइलो गर्यो रिफ्रेस भइन्छ भन्ने मानसिकताले यस्तो समयमा पनि रेस्टुरेन्टमा मानिसको भीड बढेको हुनुपर्छ ।
रेस्टुरेन्टको खाना कत्तिको स्वस्थकर हुन्छ ?
आफैले घरमा पकाएर खाएजस्तो त हुँदैन तर पछिल्लो समय कतिपय रेस्टुरेन्टले अत्यन्तै हाइजिन मेन्टेन गरी खाना सर्भ गर्ने गरेका छन् ।
चाडपर्वमा कस्तो खाना राम्रो हुन्छ ?
चाडपर्वमा सकेसम्म आनै घरको खाना खानु उपयुक्त हुन्छ । आफ्नो शरीर र स्वास्थ्यलाई ध्यान दिएर सन्तुलित आहार–विहार गर्नुपर्छ । चाडपर्व भन्दैमा धेरै मात्रामा खानेकुरा खानु हुँदैन । पर्वका निहुँमा धेरै खानु पनि भएन ।
‘माइ च्वाइस’ को विशेषता के हो ?
मल्टी–कुजिन एकै स्थानमा उपलब्ध हुनु नै ‘माइ च्वाइस’ को विशेषता हो ।