Successfully Copied

पश्चिमा परिकारका लागि ग्यास्ट्रो पब

केही महिना अघिदेखि जमलस्थित विश्वज्योति मलमा संचालित ग्यास्ट्रो पबमा विशेषत: पश्चिमा परिकारको राम्रो मेनु छ ।

सेफ कैलाश अर्याल

केही महिना अघिदेखि जमलस्थित विश्वज्योति मलमा संचालित ग्यास्ट्रो पबमा विशेषत: पश्चिमा परिकारको राम्रो मेनु छ । उच्च कोटिको खाना पस्कने रेस्टुरेन्टलाई ग्यास्ट्रो भनिन्छ । यहाँ नामअनुसारको परिकार तथा वातावरण पनि उत्तिकै स्टान्डर्ड रहेको संचालक तथा सेफ कैलाश अर्याल बताउँछन् । अस्ट्रेलियन, जर्मनी, ब्रिटिस, अमेरिकाका विभिन्न परिकार पाइने ग्यास्ट्रो पबमा मुख्यत: जर्मनी खाना बढी रुचाइएको पाइन्छ ।

होटल म्यानेजमेन्टमा मास्टर गरी विगत १० वर्षदेखि अस्ट्रेलियाको पार्क हायट रेजेन्सी, फोर सिजन, रेगुलर पबमा हेड सेफका रूपमा उनको अनुभव छ । नेपाल घुम्ने क्रममा आएका सेफ कैलाश नेपालमा आएपछि यतै आफूले सिकेको कुरामा केही गरौं भनेर रेस्टुरेन्ट खोलेको बताउँछन् ।

 

चिकेन किभ

 

सामग्री : चिकेन फिल्ला ३ सय ग्राम, आलु ५० ग्राम, डाइस कट काटेको गोलभेंडा एवं प्याज १० ग्राम, हरियो प्याजलाई कर्ल गरी काटेको  ५ ग्राम (सर्भका लागि), चेरी पिक्कल २० ग्राम ।

 

विधि : चिकेन फिल्लालाई छाला र हड्डी छुटाउने । त्यसलाई ५ मिनेट पकाई हल्का क्रिस्पी बनाउने । त्यसमा कर्नफ्लोर, नुन हालेर मिडियम आँचमा फ्राई गर्ने । त्यसमा हाफ बोयल रातो आलुलाई डाइस कट काटेर सोथे गर्ने । प्याज र गोलभेंडालाई मिक्स्चरमा पिसेर तावामा पकाउने र ह्वाइट वाइन, बटर, नुन र ब्ल्याक पेपर हालेर स्वाद दिने ।

 Image