बटुक र चुकाउनी
पाल्पाको आदिम र पुख्र्यौली परिकार बटुक र चुकाउनी लोकप्रिय, स्वादिलो र स्वास्थ्यबद्र्धक पनि छ । यो खाना पछिल्लो समय पाल्पामा मात्र होइन देशभरि रुचाइएको छ । चाडबाडको समयमा शाकाहारीका लागि पनि बटुक र चुकाउनी उत्तम विकल्प हो ।

आवश्यक सामग्री (४ देखि ६ जनाका लागि)
१ किलो : हड्डीरहित मासु, ४०० ग्राम : टमाटर, २०० ग्राम : प्याज, १५ ग्राम : अदुवाको पेस्ट, १५ ग्राम : लसुनको पेस्ट, ५ ग्राम : बेसारको पाउडर, १० ग्राम : रातो खुर्सानीको धुलो, १५० मिलिलिटर : तेल, २ वटा : कागती तथा स्वाद अनुसार नुन ।
झान्नका लागि : ४ वटा : खुर्सानी, अलिकति जिरा, ३० मिलिलिटर : तेल
बनाउने विधि
मासुलाई राम्रोसँग सफा गर्ने । थोरै पानीमा नुन, खुर्सानी, बेसार हालेर मासु पकाउने । मासु पाकेपछि यसलाइ लोहोरोले पिस्ने । प्यानमा तेल तताएर काटिएको प्याज रातो कुरकुरे हुनेगरी फ्राइ गर्ने । यसमा लसुन, अदुवाको पेस्ट, खुर्सानी र बेसारको पाउडर हालेर केही समय चलाउने । टमाटर हालेर ५ मिनेट पकाउने । त्यसपछि पिसेको मासुल हालेर पानी नसुकुन्जेल पकाउने । त्यसपछि तेल तताएर खुर्सानी तथा जिरा पड्काउने । खुर्सानी खैरो भएपछि झान्ने ।