Successfully Copied

भेजिटेबल वानटन सूप

बन्दा, सिमी, गाजर, प्याज तथा धनियाँलाई मसिनो गरी चप गर्ने र त्यसमा उसिनेको आलु मिचेर मोल्ने ।

सामग्री 

बन्दा : २० ग्राम 

गाजर : ५ ग्राम

प्याज : ५ ग्राम

मैदा : ५० ग्राम

कर्नफ्लोर : १० ग्राम

सोया सस : ५ मिलिलिटर

आलु उसिनेको : १० ग्राम

धनियाँ : १ मुठा

सिमी : १० ग्राम

नुन : स्वादअनुसार

सेतो मरिच : ३ ग्राम

अजिनोमोटो : ३ ग्राम

पालुंगोको साग : १ मुठा

कागती : आधा पिस 

विधि 

बन्दा, सिमी, गाजर, प्याज तथा धनियाँलाई मसिनो गरी चप गर्ने र त्यसमा उसिनेको आलु मिचेर मोल्ने । त्यसमा नुन, सेतो मरिच, अजिनोमोटो तथा सोया सस मिक्स गरी भेज किमा बनाउने । अर्काे भाँडामा मैदालाई म:मको पिठोजस्तै मोलेर रोटी बनाउने र त्यसमा भेजिटेबल किमा भरेर तीनचुच्चे आकारमा ढाल्ने । एउटा भाँडामा पानी उमाल्ने । त्यसमा वानटन पिस हालेर ६–७ मिनेटजति पकाउने अनि नुन, मरिच, अजिनोमोटो तथा सोया सस पनि हाल्ने । त्यसैमा पालुंगोको साग पनि हाल्ने । केहीबेर पकाएपछि कर्नफ्लोरको घोल बनाएर हल्का बाक्लो हुन्जेल पकाउने । 

 Image