Successfully Copied

चिसोमा तातोमीठो

प्यान तताएर लसुन र प्याज फुराई गोल्डेन ब्राउन भएपछि किमा हाली भुट्ने ।

जस साची सुप

सामग्री : चिकेन किमा १ सय ग्राम, नेपोलियन सस आधा कप, काटेको प्याज १ टेबुल चम्चा, लसुन १ चम्चा, बटर डेढ चम्चा, स्टक डेढ कप, कर्नफ्लोर डेढ टेबुल चम्चा, हट सस १ चिया चम्चा, साल्ट पेपर स्वादअनुसार ।

विधि : प्यान तताएर लसुन र प्याज फुराई गोल्डेन ब्राउन भएपछि किमा हाली भुट्ने । किमा पाकेपछि स्टक, नेपोलियन सस, हट सस, साल्ट पेपर हालेर एकछिन चलाउने । त्यसमा पानीमा भिजाइएको  कर्नफ्लोर हाल्ने । तयारी सुप बाबलमा हालेर धनियाँको पातले गार्नेस गर्ने ।

चिकेन स्टुय

सामग्री : चिकेन ठूलो पिस काटेको १ सय ग्राम, भिजाएको राजमा २० ग्राम, आलु, गाजर  मिडियम साइजमा काटेको ३० ग्राम, सेलरी स्टक चार, रोजमेरी १ चिया चम्चा, कर्नफ्लोर डेढ चम्चा, बटर डेढ चम्चा, फाइन चप लसुन १ टेबुल चम्चा, स्टक डेढ कप, साल्ट, पेपर स्वादअनुसार ।

विधि : तताएको प्यानमा बटर हालेर लसुन फुराउने । त्यसमा हाफ वोयल आलु, गाजर तथा राजमा हालेर केहीबेर पकाउने । त्यसमा सेलरी स्टक, रोजमेरी, साल्ट पेपर आदि हालेर कर्नफ्लोरले हल्का बाक्लो बनाउने । तयारी सुपलाई ठूलो बावलमा हाली सेलरी पातले गार्नेस गर्ने ।

पेकिङ सुप

सामग्री : कुखुराको मासु मसिनो टुक्रा गरेको २० ग्राम, गाजर, सिमी, मसरुम मसिनो साइजमा काटेको २० ग्राम, फाइन चप प्याज र लसुन १-१  टेबुल चम्चा, स्टक डेढ कप, सोया सस ३ टेबुल चम्चा, हट सस  १ चिया चम्चा, अण्डाको आधा भाग फिटेको, भिनेगर ३ टेबुल चम्चा, कर्नफ्लोर २ टेबुल चम्चा, तेल १ चिया चम्चा, साल्ट पेपर स्वादअनुसार ।

विधि  : चिकेन, गाजर, सिमी र मसरुमलाई ब्लान्स गर्ने (८० प्रतिशत पकाउने) पछि पानी निकालेर एक साइडमा राख्ने । प्यान तताएर तेल हाल्ने  अनि लसुन र प्याज फुराउने । त्यसपछि सबै हाफ वोयल भेजिटेबल राखेर सोथे गर्ने । त्यसमा स्टक, भिनेगर, सोया सस तथा हट सस हाल्ने । केहीबेरपछि साल्ट पेपर हालेर एकछिन उमाली अघि फिटेर राखिएको अण्डाको आधा भाग हाली चलाउने । तयारी सुपलाई बाबलमा राखेर हरियो प्याजले गार्नेस गर्ने ।

हट प्यान म:म

सामग्री : पाकेको चिकेन म:म एक प्लेट, हट सिजलर प्लेट, स्टार एनिज २ वटा, भेंडेखुर्सानी, गोलभेंडा, प्याज (टुक्रा पारिएको) डेढ चम्चा, लसुन १ टेबुल चम्चा, हट सस १ चिया चम्चा, टोमाटो केचप १ कप, भिनेगर १ टेबुल चम्चा सोया सस १ टेबुल चम्चा, धनियाँ तथा हरियो प्याज मसिनो गरी काटेको ३ टेबुल चम्चा, जुलियन बन्दा ५० ग्राम, तेल, साल्ट पेपर स्वादअनुसार ।

विधि : प्यानमा तेल तताउने र स्टार एनिजलाई खैरो हुन्जेल भुट्ने । त्यसपछि लसुन फुराएर गोलभेंडा तथा भेंडेखुर्सानी राखेर टोमाटो केचप मिक्स गर्ने । त्यसमा भिनेगर, सोया सस, हट ससका साथै साल्ट पेपर हालेर पकाउने । त्यसपछि सस रेडी हुन्छ । तातो सिजलर प्लेटमा बन्दा ओछ्याएर पाकेको म:म राखी माथिबाट तयारी सस हाल्ने । साइडमा काँक्रा, गाजरले सजाउने । सर्भ गर्नुअघि हल्का बटर छर्कने ।

बाबु आले, सेफ

क्याफे डी स्वीज, मैतीदेवी

 Image