धकेलिँदै पत्रकारिता
परिवारको चाहना सरकारी जागिर थियो । गणितमा कमजोर भएकाले प्रवेशिका परीक्षापछि सजिलो विषय खोज्दै थिइन्–पूनम पौडेल ।

लक्ष्मी घिमिरे (प्रदेशसभा सदस्य, बाग्मती प्रदेश)
रामेछापकी लक्ष्मी घिमिरे राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट बाग्मती प्रदेशसभामा समानुपातिक सांसद बन्न सफल भएकी छन् । उनी अपांगता भएकी एक्ली प्रदेशसभा सदस्य हुन् । भारोत्तोलन खेलाडी तथा ह्विलचेयर बास्केटबल टिमको क्याप्टेनसमेत रहेकी उनी विवेकशील साझा हुँदै राप्रपामा प्रवेश गरेकी थिइन् ।
चुनावपछि कत्तिको व्यस्तता बढेको छ ?
बधाई–सम्मान, मिडियामा अन्तर्वार्ता लगायत पार्टीको काममा व्यस्त भइरहेकी छु ।
यो चुनावका चुनौतीहरू बताइदिनुस् न ?
म अपांगता भएको व्यक्ति भएकाले चुनावी प्रचार–प्रसारका काममा केही थप चुनौती देखिए । हाम्रो देशको भौगोलिक अवस्था र अपा¨तामैत्री संरचनाको अभावका कारण फिल्डमा जान नसक्नु, घर–दैलोमा पुगेर एजेन्डा बुझाउन गाह्रो परेको थियो । मैले मेरो चुनावी अभियानमा सामाजिक सञ्जालकै बढी प्रयोग गरें । ‘युनिभर्सल डिजाइन’को संरचना भएको भए मजस्तालाई समस्या हु“दैनथ्यो ।
अपांगता भएकाको परिवारका लागि समाज र सरकारले के गर्नुपर्ला ?
यो विषयमा परिवार, समाजभन्दा पनि राज्यको बढी दायित्व हुन्छ । राज्यले आवास, रोजगारीमा पहुँच, सामाजिक सुरक्षाको दायित्व लिनुपर्छ । राजनीतिक प्रतिनिधित्व गराउन हामीलाई दलहरूले स्थान दिनुपर्छ । अपांगता भएकाहरूको सवालमा संविधानमै त्रुटि छ । अनिवार्य भनेर उल्लेख गरेको छैन । कानुन सच्याउने र संविधान संशोधन गर्नुपर्ने हुन्छ ।
तपाईंमा नेतृत्व लिन सक्ने शक्ति र आँट कसरी अनि कहाँबाट आयो ?
मभित्रको इच्छाशक्ति, अपांगता भएकाहरूलाई गरिने व्यवहार र यो सोचलाई चिर्नुपर्ने मभित्रको चिन्तनले नै शक्ति पैदा भयो । समाज परिवर्तनका लागि आफै परिवर्तन हुनुपर्छ भन्ने मैले अठोट गरें ।
अन्य पेसामा नगएर राजनीतिमै किन आउनुभयो ?
दाम कमाउनु छैन मलाई, म महत्वाकांक्षी मान्छे पनि होइन । सेवामा रुचि भएकाले म विभिन्न सेवामूलक संघसंस्थामा आबद्ध थिएँ । त्यहाँ काम गर्दै गर्दा सानो समूह मात्रै समेटिएको र राजनीतिले राष्ट्रभरका जनताको सेवा गर्ने बाटो खुलाउने महसुस गरें । वास्तवमा भन्ने हो भने म जनताको सेवामा रुचि भएकैले राजनीतिमा आएकी हुँ ।
महिला त्यसमाथि पनि अपांगता भएकै कारण के तपाईंले कुनै विभेद महसुस गर्नुपरेको छ ?
म जहिले पनि अत्यन्तै सक्रिय र जुझारु रहें । मलाई परिवार, साथीभाइ र पार्टीभित्रकै साथीहरूबाट पनि सधै उत्प्रेरणा मिलिरह्यो । खासै विभेद महसुस गर्नु परेन ।
सभा–सम्मेलनमा भाषण गर्न वा पुस्तक पढ्नमध्ये कुन बढी मन पर्छ ?
अहिलेलाई पुस्तक नै रोजें । ममा अझै ज्ञान बढाउनु छ तब मात्र भाषण गर्दा अर्थपूर्ण होला ।
महिला विकास र सशक्तीकरणका सर्त के हुन् ?
शिक्षा, चेतना, परिवारको साथ र आर्थिक आत्मनिर्भरता ।
तपाईंले प्राप्त गरेका उपलब्धि र अब गर्न चाहेका योजना केही छन् कि ?
पढाइलाई निरन्तरता दिएंँ, राजनीतिमा पनि सफलताको पाइला अगाडि बढेको छ । भारोत्तोलनमा दुबईसम्म गएर प्रतिस्पर्धामा सहभागी भएँ । ह्विलचेयर बास्केटबलको क्याप्टेनका रूपमा राम्रै गरिरहेकी छु । आगामी दिनमा जे आइपर्छ गर्दै जाने हो । अब यो देशै परिवर्तन गर्न पाए हुन्थ्यो, कल्याणकारी राज्य स्थापना गर्न पाए हुन्थ्यो भन्ने लाग्छ ।
तपाईंको रुचि के हो?
अरूलाई आफूसक्दो सहयोग गर्दा मलाई सन्तुष्टि मिल्छ । पुस्तक पढ्नु मेरो रुचि हो ।
पाठकका लागि तपाईंका केही सन्देश छन् कि ?
सक्षम, शिक्षित र आत्मनिर्भर हुन सकियो भने कसैले पछि पार्न सक्दैन भन्ने सन्देश दिन चाहन्छु ।