महिला पत्रकारको संघर्ष
समाचार लेख्न थालेको सात महिनापछि मेरो ‘बाइलाइन’ समाचार छापिएको थियो । त्यो थियो, स्वर सम्राट् नारायण गोपालको मृत्यु र दाहसंस्कारको समाचार ।

धेरै अन्तर्राष्ट्रिय मिडियामा आबद्ध भएर खोजी पत्रकारितामा अगाडि बढिरहेकी छिन्–श्रीलंकाकी दिलरुक्षी ह्यान्डुनेट्टी । अहिले उनी अलजजिरा, द गार्डियन, न्यूयोर्क टाइम्सलगायतका अन्तर्राष्ट्रिय मिडियासँग आबद्ध भएर खोजी पत्रकारिता गरिरहेकी छन् साथै उनी श्रीलंकास्थित सेन्टर फर इन्भेस्टिगेटिभ रिपोर्टिङकी सहसंस्थापकसमेत हुन् ।श्रीलंकाको कोलम्बोमा जन्मिएकी दिलरुक्षी ह्यान्डुनेट्टी १८ वर्षको उमेरदेखि नै पत्रकारितामा प्रवेश गरेकी हुन् । अंग्रेजी विषय पढाउने आमाको सहयोगमा उनी पत्रकारितामा आएकी हुन् । घरको वातावरण नै लेखपढ गर्ने थियो । जसका कारण उनी विभिन्न स्थानमा पुगेका डायरीलेख्थिन् । कथा–कविता लेखेर पत्रिकामा छपाउँथिन् । तर आफूले लेखेका कथा–कविताभन्दा पनि मानिसका कथा भिन्न थिए । भुइँमान्छेका कथा–व्यथा कहालीलाग्दा थिए । उनलाई भुइँमान्छेको कथा लेख्नु थियो, छाप्नु थियो । पत्रकारितालाई राम्रो पेसाका रूपमा लिने चलन नभए पनि उनलाई लेख्ने हुटहुटी भने बढिसकेको थियो । उनी भन्छिन्, ‘म आफ्ना लागि लेख्थें जबकि भुइ“मान्छेहरूको कथा बेग्लै थियो । उनीहरूका कथा किन नलेख्ने भनेर पत्रकारितातर्फ मोडिएँ ।’ पत्रकारिता गर्नु उनका लागि सहज थिएन तर जब जुनियर रिपोर्टर भएर उनी समाचार कक्षमा पुगिन् उनले सोचेजस्तो वातावरण थिएन । त्यसबेला केही महिला पत्रकारिता गरिरहेका थिए । समाचार कक्षमा पुरुषकै हावी थियो । उनलाई लाग्यो समाचार कक्ष त पुरुषहरूले पुरुषकालागि बनाएका हुँदारहेछन् । उनलाई देशमा भएका घोटलादेखि लिएर भुइँमान्छेका कथा लेख्नु थियो । उनी आत्मविश्वासका साथ अघि बढ्दै गइन् । राजनीतिक बिटमा रिपोर्टिङ गर्न थालिन् । यसले उनलाई राजनीतिक पत्रकारका रूपमा स्थापित गराइदियो । एकातिर कानुनको अध्ययन गर्दै र अर्कातर्फ पत्रकारिता गर्दै संसद् रिपोर्टिङदेखि लिएर देशमा भएका घोटलाको चिरफार गर्न थालिन् । कलम चलाउनु उनका लागि चुनौती नै थियो साथै महिला भएर रिपोर्टिङ गर्न पनि सहज थिएन । उनलाई धेरै धम्की आउ“थे । मानसिक तनावसँगै उनी लैंगिक हिंसाको समेत सिकार बन्नुप¥यो । उनी भन्छिन्, ‘मानसिक हिंसा त थुप्रै भोगें थे्रडहरू पनि आइरहन्थे, यतिसम्म भयो कि राजनीतिकर्मीबाट यौन हिंसा पनि भयो ।
जोखिम मोलेरै भएपनि पत्रकारितालाई थप उचाइमा पु¥याउनु उनको लक्ष्य थियो । उनी दैनिक समाचारमा मात्र सीमित नभई खोजी पत्रकारिता गर्न थालिन् । उनले जति नयाँ विषय खोतल्थिन् सबैले उनलाई धम्की दिन्थे । उनले भनिन्, ‘पत्रकारिता सीमित ठाउँ र सीमित विषयमा मात्र गरेर पुग्दैन यसलाई फराकिलो बनाउन खोजी पत्रकारितामा लाग्नुपर्छ ।’ खोजी पत्रकारिताले पत्रकारको दायरा बढाउनुका साथै आर्थिक रूपमा सबल हुन पनि सहज हुने उनको भनाइ छ । उनले खोजी रिपोर्टिङ गरेको एउटा समाचार हो ‘पानामा पेपर’ । यसमा थुप्रै देशका पत्रकारहरूको सहकार्य थियो ।उनले श्रीलंकाबाट काम गरेकी थिइन् । यसमा विश्वभरका धनी व्यक्तिहरूले लुकाएर राखेको कालोधनको उजागर भएको थियो । थुप्रै खोजमूलक रिपोर्ट तयार पारिसकेकी उनले सन् २०२२ मा अमेरिकाको हवाईस्थित इस्ट वेस्ट सेन्टरद्वारा प्रदान गरिएको अन्तर्राष्ट्रिय पुरस्कारबाट पुरस्कृत भइन् । विभिन्न देशमा पुगेर खोजी पत्रकारितामा मेन्टरको भूमिका निभाइरहेकी उनले खोजी पत्रकारितामा विभिन्न राष्ट्रहरूबीच सहकार्य आवश्यक भएको बताउँछिन् । देशहरूबीचमा संस्कृतिदेखि भाषाको समस्या हुन्छ । यसमा स्थानीय पत्रकारहरूले नै सहकार्य गरेर काम गर्न सकेमा पत्रकारिताले थप गति लिने उनी बताउँछिन् । नेपालको पत्रकारितालाई नजिकबाट नियालिरहेकी उनले खोजी पत्रकारिता प्राथमिकतामा नपरेको बताउँछिन् । यसका साथै महिलाहरू नेतृत्वमा समेत कम रहेको उनले बताइन् । पत्रकारितामा महिलाहरूको भूमिका पनि महत्वपूर्ण हुने उनको अनुभव छ ।
उनी भन्छिन्, ‘एसियाकै कुरा गर्दा मिडिया हाउसहरूमा महिलाहरूको नेतृत्व कम छ । पत्रकारिता पेसालाई मर्यादित पेसाका रूपमा पनि हेरिएको छैन । त्यसैले पत्रकारिता पेसा मर्यादित र व्यवस्थित बन्न सकेको छैन, यसले गर्दा काम गर्नेहरूलाई पनि हतोत्साहित हुने अवस्था छ ।’ समाचारकक्ष पुरुषप्रधान हुनु अर्को समस्या देख्छिन् उनी । उनले भनिन्, ‘समाचार कक्षहरूमा समानता छैन यसले गर्दा पनि धेरै महिलाहरूले उजागर गर्ने धेरै मुद्दाहरू पछाडि परिरहेका छन् ।’ पत्रकारितामा महिलाहरूले छुट्टै भूमिका निभाउन र मुद्दाहरू उठाउन सक्ने हुनाले महिलाहरूलाई जिम्मेवारी दिन मिडिया हाउसहरू पछि पर्न नहुने उनको भनाइ छ । महिलामैत्री समाचार कक्ष नहुनु र पत्रकारितामा परिवारको सहयोग नहुनाले पनि धेरै महिलाहरूले पत्रकारिता पेसालाई अंगाल्ने अवस्था नरहेको उनको भनाइ छ । उनी भन्छिन्, ‘महिलाहरू विवाह वा बच्चा जन्मिएपछि धेरैले यो पेसालाई अगाडि बढाउन सकेका छैनन्, समाचार कक्ष र परिवारको साथ पाए महिलाहरू पनि स्थापित हुन सक्छन् ।’
तस्बिरहरुः मधु शाही