Successfully Copied

दाम्पत्य जीवनमा प्रभाव पार्ने कुराहरू

दम्पतीले आफ्नो जीवनसाथीप्रति भित्री ह्दयदेखि प्रेम गर्नुका साथै परस्परमा सन्तुष्ट रहनुपर्छ । यदि कहीँ गल्ती हुन गए पनि दुवैले यो अस्वाभाविक होइन भन्ने सोची हलुका किसिमले लिनुपर्छ । आपसी गुण र दोषहरूलाई स्वाभाविक मानेको खण्डमा दाम्पत्य जीवनमा प्रगाढता आउँछ भने यो सफल दाम्पत्य

विवाहको समयमा दुलाहा र दुलही दुवैले मनमा आफ्नो सुरुवात हुन लागेको दाम्पत्य जीवनलाई लिएर विभिन्न प्रकारका मीठा सपना सजाएका हुन्छन् । यसका साथै दुवैका मनमा विभिन्न किसिमका सुनौला भावनाहरू पनि जन्मिएका हुन्छन् । विवाहको समयमा मनमा जन्माएका र सजाएका सपना र भावनाहरूका साथै गरेका, सोचेका संकल्पहरू पछिसम्म पनि कायम गरेका हुन्छन् भने त्यस समयका सपना र संकल्पलाई समय–समयमा सम्झिरहेका पनि हुन्छन् । विवाहपछि श्रीमान्–श्रीमतीको सम्बन्धमा घनिष्टताका साथै यी दुई एक–अर्काका पूरक बन्छन् ।

वैवाहिक जीवनको प्रारम्भमा श्रीमान्–श्रीमती दुवैले एक–आपसमा स्नेह, सहयोग, सद्भावना, प्रेम र मार्गदर्शक पाउँछन् भने यस प्रकारको सुमधुर सम्बन्ध जीवनभर कायमै रहन्छ । तर धेरैजसो दाम्पत्य जीवनमा विवाहको केही समयपछि नै एक–आपसमा आकर्षण, स्नेह, सहयोग आदिको कमी र यसबाट टाढा हुँदै जान्छन् । यसले गर्दा असन्तोष र विरक्तिको भावनाको दाम्पत्य जीवनलाई असर पार्छन् । श्रीमान्का लागि श्रीमतीको रूप र सौन्दर्य नयाँ जस्तो लाग्दैन भने श्रीमतीका लागि पनि श्रीमान् नयाँ शब्द जस्तो लाग्दैन । यसले पनि श्रीमान्–श्रीमतीको सम्बन्धमा आकर्षण घट्नुका साथै सम्बन्धमा तनाव उत्पन्न हुन जान्छ । यदि गल्तीलाई पनि मानिसहरूको कमजोर पक्ष हो भन्ने दृष्टिकोणलाई दुवैले सहज ढंगले लिँदै गएको खण्डमा श्रीमान्–श्रीमतीको प्रेम र आकर्षणमा कहिल्यै कमी आउन पाउँदैन ।

दम्पतीले आफ्नो जीवनसाथीप्रति भित्री ह्दयदेखि प्रेम गर्नुका साथै परस्परमा सन्तुष्ट रहनुपर्छ । यदि कहीँ गल्ती हुन गए पनि दुवैले यो अस्वाभाविक होइन भन्ने सोची हलुका किसिमले लिनुपर्छ । आपसी गुण र दोषहरूलाई स्वाभाविक मानेको खण्डमा दाम्पत्य जीवनमा प्रगाढता आउँछ भने यो सफल दाम्पत्य जीवनका लागि अत्यावश्यक पाइला पनि हो ।

दाम्पत्य जीवनको सफलताका लागि परस्परमा समझदारीपूर्ण र सहनशीलताको भावना राख्नु पनि अत्यावश्यक छ । ईश्वरले प्राणीको सृष्टि गर्दा समान प्राणीमा पनि शारीरिक, वैचारिक एवं व्यवहारका साथै आचरणमा भिन्न–भिन्न बनाइदिएका छन् । यसकारण दाम्पत्य जीवनमा दुवैको विचारधारा र व्यवहार समान हुनु सम्भव हुँदैन । श्रीमान्–श्रीमतीको विचारधारा र इच्छामा कमै मात्रामा समान भएको पाइन्छ । यही तथ्यलाई समझदारीपूर्वक व्यवहारमा उतार्नुपर्छ, यसो भएन भने यी दुईबीचको सम्बन्ध दुई ध्रुव बन्न जान्छ ।

श्रीमान्–श्रीमती दुवैले यो कुरालाई ध्यान दिनु जरुरी छ कि मानिसहरूका विचारहरू जस्तै एक अर्काको इच्छालाई पनि सम्मान दिई विचारधारा र इच्छामा भिन्नता भए पनि एक–आपसमा सम्मान दिई एकले अर्कोलाई खुसी राख्ने प्रयासका साथै आपसी खुसीका लागि सदैव तयार रहनुपर्छ । यो समझदारीले आपसमा खुसी ल्याउनुका साथै प्रेममा पनि प्रगाढता ल्याउँछ ।

दाम्पत्य जीवनमा एक–आपसमा प्रेम सम्बन्ध ताजा राख्न कहिलेकाहीँ केही समयका लागि श्रीमान्–श्रीमती टाढा बस्दा पनि प्रेममा प्रगाढता आउँछ । कहिलेकाहीँ टाढा हुँदा पनि श्रीमान्–श्रीमतीबीचको भावनात्मक सम्बन्धमा अझ सामीप्यता ल्याइदिन्छ । टाढा भएका बेला दुवैले सोच्छन् कि यदि उनीसँगै भएको भए यस्तो समस्या आउने थिएन होला आए पनि दुवै मिली समाधान गर्न सजिलो हुन्थ्यो ।

यसका साथै जब श्रीमती माइत जान्छिन् त्यतिबेला श्रीमान्ले अनुभव गर्छन् कि श्रीमती घरमा भएका बेलामा कति आराम र सुख हुन्थ्यो भनेर । यसकारण यस प्रकारको छोटो समयका लागि टाढा हुँदा पनि दाम्पत्य जीवनमा एक–अर्कालाई चिन्ने र सोच्ने अवसर प्रदान गर्छ । यसले दाम्पत्य जीवनमा एक अर्काको आवश्यकता अनुभव महसुस गर्ने अवसर पाइन्छ ।

कहिलेकाहीँ दाम्पत्य जीवनमा एक–आपसबीच उपेक्षा भएको महसुस गर्छन् । यस प्रकारको भ्रमले शारीरिक अवस्थाका साथै तनाव मात्र बढाउँछ । यसकारण दाम्पत्य जीवनमा यस्तो भ्रम पनि आउन दिनु हुँदैन ।

दाम्पत्य जीवनमा सुमधुरता ल्याउनमा प्रशंसाले पनि महत्वपूर्ण स्थान लिएको हुन्छ । प्रशंसाले सबैको मन जित्न सक्छ भन्ने कुरामा कसैको विरोध हुँदैन । प्रशंसा एउटा कला पनि हो । यसकारण एक दोस्रोको राम्रो कार्यलाई दुवैले स्वीकार गर्नुका साथै प्रशंसा पनि गर्नुपर्छ । यसका अतिरिक्त दाम्पत्य जीवनलाई सुन्दर र सफल बनाउन जुनसुकै कार्य र निर्णय विवेकपूर्ण ढंगले गर्नुपर्छ । दाम्पत्य जीवनमा आपसी प्रेम र समपर्णको भावनालाई अंगालेर हिँडेको खण्डमा जीवनमा आइपर्ने कठिन परिस्थितिहरूको सामना गर्दै सफल एवं आनन्ददायक जीवन बिताउन सकिन्छ ।

 Image