Successfully Copied

नागरिकता र अवैध सन्तान

९ महिनासम्म गर्भमा राखेर सन्तान जन्माउने तथा हुर्काउने काम प्रकृतिले नै आमालाई दिएको छ । यसमा केही क्षणको गर्भाधान कर्मबाहेक बाबुको खासै भूमिका हुँदैन । सन्तानको पहिचान बाबुकै नामबाट हुने, आमाको खासै भूमिका नहुने अवस्था अहिले पनि विद्यमान छ । आमाको नामबाट नागरिकता प्रमाणपत्र प्राप्त गर्न

९ महिनासम्म गर्भमा राखेर सन्तान जन्माउने तथा हुर्काउने काम प्रकृतिले नै आमालाई दिएको छ । यसमा केही क्षणको गर्भाधान कर्मबाहेक बाबुको खासै भूमिका हुँदैन । सन्तानको पहिचान बाबुकै नामबाट हुने, आमाको खासै भूमिका नहुने अवस्था अहिले पनि विद्यमान छ । आमाको नामबाट नागरिकता प्रमाणपत्र प्राप्त गर्न सक्ने व्यवस्था कानुनले गरे पनि कार्यान्वयन प्रक्रियामा निकै ठूलो झन्झट छ ।

पूर्वअधिराजकुमार धीरेन्द्र शाहकी छोरी श्रेया राज्यलक्ष्मी शाहले नेपाली नागरिकता प्रमाणपत्र पाउन नसकेको समाचारले पनि धेरैलाई आश्चर्यमा पारेको थियो । लामो समयदेखि आमा जयाराज्यलक्ष्मी शाहसँग अमेरिकामा बस्दै आएकी श्रेया करिब एक वर्षअघि नागरिकता लिन नेपाल आइन् । श्रेया नागरिकताका लागि सिफारिस लिन काठमाडौं महानगरपालिका–३ को वडा कार्यालयमा पुगिन् । बडा कार्यालयले बाबुआमाको विवाह दर्ताको प्रमाणपत्र माग्यो । श्रेयाले त्यतिबेला विवाह तथा जन्मदर्ताको प्रचलन नभएको कुरा बताइन् । त्यसपछि बाबुलाई साथमा ल्याउन भनियो । उनले आफ्नो परिचय दिँदै भनिन्–मेरा बुवा तत्कालीन अधिराजकुमार धीरेन्द्र २०५८ साल जेठ १९ गते दरबार हत्याकाण्डमा मारिनु भयो ।’ विवाह दर्ता र जन्मदर्ता नभएको र बाबु पनि नभएको अवस्थामा वडाध्यक्षले सिफारिस गर्नुपर्ने कर्मचारीहरूले बताएपछि उनले वडाध्यक्ष दीपक केसीलाई भेटिन् । सिफारिसका लागि वडाध्यक्ष केसी पनि तयार भएनन् । श्रेयाले धेरै प्रयास गरिन् तर कतै केही नलागेपछि उनी अमेरिका फर्किन् जहाँ उनको ग्रिनकार्ड छ । 

नेपालको इतिहासकै सबैभन्दा शक्तिशाली राजा हुन्–महेन्द्र शाह । उनकी नातिनी नै नेपालको नागरिकता प्रमाणपत्रबाट वञ्चित भइन् । महेन्द्र आफैंले रोपेको निरंकुश शासन व्यवस्थाको वीजबाट उनकै नातिनी अनागरिक बनिन् । जनताले दुःख पाउनुमा मुख्य दोष शासन सत्ताकै हुन्छ, यद्यपि मुलुकमा गणतन्त्र आउँदासमेत यो समस्या जीवितै छ । बाबुले मेरो सन्तान हो भनिदिए मात्र नागरिक अधिकार पाइने अन्यथा अनागरिक भएर बाँच्नुपर्ने विडम्वना २०४६ सालसम्म विद्यमान थियो । २०४६ सालको परिवर्तनपछि विवाह र जन्मदर्ताको अनिवार्य प्रावधान राखियो । विवाह र जन्मदर्ता भएको अवस्थामा कागजात आफैं बोल्ने भएकाले नागरिकताको प्रमाणपत्र लिन समस्या परेन । यदि धीरेन्द्रकी श्रीमती जयाले २०४६ सालको परिवर्तन लगत्तै आफ्नो विवाह तथा छोरीको जन्मदर्ता गरेको भए अहिले उनकी छोरीले यो समस्या भोग्नुपर्ने थिएन । पढेलेखेकी तथा जाने बुझेकी जया शाहले समेत बेलामा होस पुर्‍याइनन् । विवाह तथा जन्मदर्ता गर्नुपर्छ भन्ने हेक्का अहिले पनि धेरैजसो महिलामा छैन । समयमै विवाह तथा जन्मदर्ता नगर्दा भविष्यमा आउनसक्ने भयानक सास्तीका सम्बन्धमा पनि धेरै महिला सुसूचित छैनन् । सम्भ्रान्त परिवारकी भएका कारण श्रेयाले नेपाली नागरिकता प्रमाणपत्र नपाउँदैमा आकाश खसेर थिचिहाल्ने अवस्था छैन, उनी अमेरिकाको ग्रिनकार्ड होल्डर हुन्, पढेलेखेकी छिन्, आफ्नै खुट्टामा उभिन सक्छिन् । यद्यपि यस्तै समस्यामा परेका सामान्य नेपालीहरूको अवस्था के होला ? 

९ महिनासम्म गर्भमा राखेर सन्तान जन्माउने तथा हुर्काउने काम प्रकृतिले नै आमालाई दिएको छ । यसमा केही क्षणको गर्भाधान कर्मबाहेक बाबुको खासै भूमिका हुँदैन । सन्तानको पहिचान बाबुकै नामबाट हुने, आमाको खासै भूमिका नहुने अवस्था अहिले पनि विद्यमान छ । आमाको नामबाट नागरिकता प्रमाणपत्र प्राप्त गर्न सक्ने व्यवस्था कानुनले गरे पनि कार्यान्वयन प्रक्रियामा निकै ठूलो झन्झट छ । बाबुको पहिचान नखुलेका कारण वा बाबुले आफ्नो सन्तान हो भनेर स्वीकार नगरिदिएका कारण नागरिकता प्राप्त गर्न नसकेका अथवा जन्मदर्ता नै हुन नसकेका घटना निकै छन् । एकातिर विवाह नगरे पनि महिलाले सन्तान जन्माउन सक्ने कानुनी व्यवस्था छ । अन्नपूर्ण राणाको मुद्दाको सन्दर्भमा सर्वोच्च अदालतको फैसलामा भनिएको छ–विवाह नगरे पनि महिलाले सन्तान जन्माउन सक्छन् ।’ सन्तानको जन्मदर्ताका लागि विवाह दर्ताको प्रमाणपत्र अनिवार्य छ । विवाह दर्ताको प्रमाणपत्र नभएका कारण जन्मदर्ता हुन नसकेको र जन्मदर्ताको प्रमाणपत्र नभएका कारण विद्यालयमा भर्ना गर्दा सास्ती बेहोर्नुपरेका उदाहरण पनि उत्तिकै छन् । यो समस्यामा परेका कतिपय बालबालिकाले मनोवैज्ञानिक दबाबसमेत भोगेका छन् । 

खासगरी यस्ता समस्या चार प्रकारका छन् । पहिलो हो–एकल महिलाबाट जन्मिएका सन्तान । सन्तान जन्माउने अधिकार महिलाको प्रकृति प्रदत्त अधिकार हो, अर्थात् मौलिक अधिकार हो । सन्तान जन्माउँछु तर एकल नै रहन्छु भन्ने अधिकार महिलालाई हुनुपर्छ । अहिले नेपालमा पनि आंशिक रूपमा छ । कानुनले पनि यो बाटो खोलेको छ । सन्तानको जन्मदर्ताका लागि बाबुआमाको विवाह दर्ता प्रमाणपत्र अनिवार्य गरिदिँदा कानुनले दिएको यो अधिकार कार्यान्वयनमा समस्या छ । दोस्रो कारण हो–‘पहिलो विवाह बदर नभएसम्म दोस्रो विवाह दर्ता नहुने कानूनी व्यवस्था । महिला अधिकारकै लागि यो व्यवस्था गरिएको हो । कुनै पुरुषले श्रीमती हुँदाहुँदै अर्की महिलालाई गर्भाधान गरायो भने ती महिलाबाट जन्मिएका सन्तान अनागरिक हुने समस्या छ । कानुनी रूपमा सम्बन्धविच्छेद गरिनसक्दै अर्को पुरुष तथा महिलाको संसर्गबाट जन्मने सन्तानले पनि यस्तो समस्या भोग्नुपर्ने अवस्था छ । माथि उल्लेख गरिएकी धीरेन्द्र शाहकी छोरी श्रेया राज्यलक्ष्मीको समस्या पनि यही समस्यासँग मिल्दोजुल्दो छ । 

तेस्रो हो–सडकका महिलाबाट जन्मिएका सन्तानको समस्या । वास्तवमा यो समस्या निकै पेचिलो छ । बेलुकी ९ बजेपछि जब काठमाडौं उपत्यकामा सवारी तथा मानिसको चाप पातलिँदै जान्छ, तब पोका बोकेका अर्धनघ्न महिला तथा पुरुष सडकमा देखापर्छन् । उनीहरूले देखाउने क्रियाकलाप हेर्दा मानसिक सन्तुलन बिग्रिएको सजिलै ठम्याउन सकिन्छ । रक्सीले मातेका आवारा केटाहरूले मानसिक सन्तुलन गुमाएका यस्ता महिलालाई पछ्याइरहेको पाइन्छ । रात छिप्पिँदै जाँदा उनीहरूबीच सडक बक्तीमुनि नै निर्धक्कसाथ यौनजन्य त्रियाकलाप भैरहेको देखिनु सामान्य हो । मानसिक सन्तुलन गुमाएर सडकमा भौँतारिइरहेका महिलाहरूले यस्तो यौनसम्पर्कबाट बच्चासमेत जन्माउने गरेका छन् ।

केही दिनअघि राति ११ बजेतिर ललितपुरको सुमेरु अस्पतालबाट आफ्नो घर पेप्सीकोला फर्कने क्रममा यो पंक्तिकारको आँखा सडकको पेटीमा सुतिरहेकी एक महिलामाथि पर्‍यो । उनी मस्त निदाएकी जस्ती देखिन्थिन् । नजिकै करिब १० महिनाको निकै हँसिलो बच्चा खेलिरहेको थियो । सायद ऊ आफ्नी आमाको दूध खाने तरखरमा थियो । केही दिनपछि ती महिला एक्लै देखिन थालिन् । सम्भवतः त्यो हँसिलो बच्चालाई कसैले लग्यो । स्थानीय तथा यस क्षेत्रमा काम गरेका संस्थाहरूसँग बुझ्दा काठमाडौंमा मात्र सडकमै गर्भधारण गरी सडकमै बच्चा जन्माउने महिलाको संख्या डेढ सयभन्दा बढी छ । यसरी जन्मने बच्चामध्ये थोरै मात्र सडकमा हुर्कन्छन् । बाँकी कहाँ पुग्छन् ? कसैलाई चासो छैन । यो समस्या राजधानी काठमाडौंमा मात्र होइन, के तराई, के पहाड, के गाउँ, के सहर, मुलुकका सबै क्षेत्रमा व्याप्त छ ।

 चौथो हो–बलात्कारबाट जन्मिएका सन्तान । बलात्कारका कारण गर्भधारण गर्न बाध्य महिलाहरूको समस्या पनि कम बिकराल छैन । बलात्कार आफैंमा जघन्य अपराध हो । त्यही बलात्कारीलाई नै आफ्ना सन्तानको बाबु मान्नुपर्ने बाध्यता महिलामाथि थोपरिनु भनेको पनि अपराध नै हो । आफ्नो सन्तानको बाबु भन्नु परेपछि श्रीमान् पनि मान्नैपर्‍यो । कति ठूलो बाध्यता ?

 

 Image