Successfully Copied

स्टेरिङमा साउदी महिला

साउदी अरब विश्वकै एकमात्र देश थियो, जहाँ अहिलेसम्म महिलालाई ड्राइभिङको अनुमति थिएन । पछिल्ला वर्षदेखि भने महिलालाई पनि चालक अनुमति पत्र दिनुपर्ने माग गर्न थालियो । त्यसका लागि केही नाराबाजी एवं प्रदर्शनसमेत भए । साउदी शासनले यो अभियानलाई दबाउने प्रयास गर्‍यो तर अन्त्यमा उसले पनि घुँडा

गत बर्षको जून २४ देखि साउदी अरेबियाका महिलाहरूले पनि कार चलाउन पाएका छन् । विश्वकै कडा कानुन भएका देशमध्ये एक मानिने साउदी अरबमा महिलालाई कार चलाउने अनुमति थिएन । महिला स्वतन्त्रताको वकालत गरिरहेकाहरूका लागि यो ठूलो विषय थियो । 

साउदी अरबमा महिलाहरू बुर्का ओढ्छन् । उनीहरू खुला हिँड्न पाउँदैनन् । उनीहरूका लागि गाडी चलाउन पाउनु अझ ठूलो कुरा थियो तर पछिल्लो समयमा साउदी महिला अधिकारकर्मी तथा साउदी अरबका राजकुमारीहरू नै त्यस्तो बन्देज वा प्रतिबन्धको विरोधमा थिए । केही समयअघि मात्र साउदी अरबकी राजकुमारीले कारमा बसेर हट फोटोसुट गराएकी थिइन् । त्यो पनि विश्व चर्चित भोग म्यागजिनको कभर पेजका लागि । 

पछिल्लो वर्ष सेप्टेम्बरमा राजा मोहम्मद बिन सलमानको आदेशपछि साउदीमा महिलामाथिको प्रतिबन्ध हटाइने भएको थियो र त्यही महिनादेखि महिलाले लाइसेन्स लिन पाउने प्रक्रिया सुरु भयो । त्यसपछि जून २४ देखि महिलाले सवारी साधन चलाउन पाएका हुन् । 

यस्तो छ संघर्षको इतिहास

साउदी अरब विश्वकै एकमात्र देश थियो, जहाँ अहिलेसम्म महिलालाई ड्राइभिङको अनुमति थिएन । पछिल्ला वर्षदेखि भने महिलालाई पनि चालक अनुमति पत्र दिनुपर्ने माग गर्न थालियो । त्यसका लागि केही नाराबाजी एवं प्रदर्शनसमेत भए । साउदी शासनले यो अभियानलाई दबाउने प्रयास गर्‍यो तर अन्त्यमा उसले पनि घुँडा टेक्नुपर्‍यो । 

रियादमा सन् १९९० मा केही महिलालाई गाडी चलाएको आरोपमा पक्राउ गरिएको थियो । त्यसपछि त्यसका विरुद्धमा स्थानीय महिलाहरू भित्रभित्रै लागिरहेका थिए । उनीहरूले सोसल मिडिया प्रयोग गर्दै आफ्नो आवाज बुलन्द बनाए । उनीहरूले लुकीपिछी कार चलाएको तस्बिर तथा भिडियोहरू सामाजिक सञ्जालमा राखे ।

१९९० नोभेम्बर ६ 

महिलाहरूलाई सवारी साधन चलाउन निषेध गरिएको विरोधमा पहिलो पटक ४० जना साउदी महिलाले रियादमा कार चलाएर प्रदर्शन गरे । उनीहरू एकदिनका लागि थुनिए, कतिपयको पासपोर्ट खोसियो भने कतिपयले आफ्नो जागिरसमेत गुमाए ।

२००७ सेप्टेम्बर 

महिला अधिकारकर्मी वाजेहा अल–हुवाइदर तथा फउजिया अल–उयोनीको नेतृत्वमा महिलालाई सवारी साधन चलाउन दिनुपर्ने मागका साथ १ हजारभन्दा बढी महिलाको हस्ताक्षर तत्कालीन राजा अब्दुल्लाहलाई बुझाइयो । 

२००८ मार्च ८

महिला अधिकारकर्मी हवाइदरले आफैले ड्राइभिङ गरेको भिडियो खिचेर युट्युबमा पोस्ट गरिन् । 

२०११ जून १७

मनाल अल–सरिफ तथा अन्य

 

 Image