Successfully Copied

कुरा संकल्पको

करिअर छनोट गर्नु तथा यसमा निरन्तर कायम रहनु र अलग पहिचान बनाउनु फरक कुरा हुन् । उन्नतिका लागि केही संकल्प गर्नु एवं त्यसको कार्यान्वयन आवश्यक छ । प्राविधिक दक्षता नै करिअरको

करिअर छनोट गर्नु तथा यसमा निरन्तर कायम रहनु र अलग पहिचान बनाउनु फरक कुरा हुन् । उन्नतिका लागि केही संकल्प गर्नु एवं त्यसको कार्यान्वयन आवश्यक छ ।

प्राविधिक दक्षता नै करिअरको बाटोमा सफल हुने एक मात्र मन्त्र हो भन्ने सोच्नु गलत हो । यो एक अनिवार्य पक्ष हुन सक्छ तर अन्तिम भने हुँदैन । सम्बन्धित क्षेत्रमा प्रतियोगिताका लागि सम्पर्कको योग्यता आवश्यक छ तर त्यसभन्दा पनि आफ्ना सहकर्मीसित कस्तो सम्बन्ध राखिन्छ, आफ्नो बोससित कस्तो व्यवहार गरिन्छ त्यो बढी महत्वपूर्ण हुन्छ ।

–कुरा सुन्ने बानी बसाल्नुपर्छ । सुन्ने बानीले विचार आदान–प्रदान गर्ने शैली र नयाँ सोचको विकास हुन्छ ।

–बोल्न हतार गर्नु हुँदैन । विचार गरेर मात्र बोल्नुपर्छ ।

–रिस र आवेग नियन्त्रण गर्नुपर्छ । यो घरको मामिला होइन । सम्बन्ध बनाउन जति समय लाग्छ, बिगार्न त्यो भन्दा कम समय भए पुग्छ ।

–सम्पर्क कायम राख्न इमेल र फोन प्रयोग गर्न सकिन्छ ।

–मिटिङमा बसेर मात्र हुँदैन, आफ्नो उपस्थिति जनाउन कुनै पनि अवसरलाई हातबाट जान दिनु हुँदैन । आफ्नो योग्यता, दूरदर्शिता तथा सोचलाई सही ढंगमा प्रस्तुत गर्नुपर्छ ।

–अरूको सहायता गर्न सधंै तत्पर रहनुपर्छ । आफ्नो सम्पर्कलाई विस्तार गर्नुपर्छ । आफ्नो कोठामा मात्र सीमित नरहेर त्यो भन्दा बाहिर पनि संसार भएको कुरा बुझ्नुपर्छ ।

–भनिन्छ–संसार सानो छ । कुन मोडमा को आफूसामु आएर उभिन्छ थाहा नहुन सक्छ । त्यसैले नजिकको साथी होस् वा तत्कालीन सहयोगी, सबैसित राम्रो सम्बन्ध राख्नुपर्छ ।

–हरेक नोकरीको विज्ञापन निस्कदैन । यो स्थितिमा यदि आफ्नो सम्बन्ध सम्बन्धित व्यक्तिसित राम्रो छ भने नोकरीका लागि धेरै परिश्रम गरिरहनुपर्दैन । समय–समयमा पुरानो सम्बन्धलाई नवीकरण गरिरहनुपर्छ ।

–करिअरको कुनै पनि क्षेत्र कम्प्युटरको प्रभावबाट अछुतो छैन । यही माध्यमबाट आफूलाई बाहिरी संसारसित जोडेर राख्न सकिन्छ । अत: फुर्सदको समय कम्प्युटरमा बिताउनु राम्रो हुन्छ साथै कम्प्युटरको बढीभन्दा बढी सिस्टम जान्ने प्रयास गर्नुपर्छ । यसबाट आफ्नो कामका लागि अरूमाथि निर्भर रहनुपर्ने बाध्यता हुँदैन । लामो समय अघि बढ्ने नोकरी हरेकका लागि आरामदायी हुन्छ । यसमा परिचित वातावरण, निश्चित कार्यक्रम, परिचित व्यक्ति हुने हुनाले चिन्ताको अरू कुरा रहँदैन । तर जब व्यक्तिले बढी आराम खोज्न थाल्छ तब समस्या पर्छ । संसारका कुनै पनि नोकरीले आराम गर्नका लागि पैसा दिँदैनन् । काम गर्ने शैली फरक हुन सक्छ तैपनि निरन्तर काम गर्नु सफलताको पहिलो सर्त हो ।

–कामका सम्बन्धमा व्यक्तिको इच्छा–अनिच्छाभन्दा पनि संस्थाले चाहेअनुसार गर्नुपर्ने हुन्छ । अत: मन लगाएर काम गर्नुपर्छ । काम गर्दा लाज, अप्ठ्यारो मान्नु हुँदैन । कर्तव्यबोध हुनु आवश्यक छ ।

–उन्नतिका लागि प्रोफेसनल डिग्री वा डिप्लोमा मात्र पर्याप्त हुँदैन । किताबी ज्ञानले व्यक्तिलाई सिद्धान्त सिकाउँछ तर सफल हुन त्यो ज्ञानलाई कार्यान्वयनमा ल्याउनुपर्छ । आफूलाई पूर्णरूपमा एक्सपोज गर्नुपर्छ । योग्यता आफैंभित्र लुकाएर राख्नु आफू वा आफ्नो संस्था कसैका लागि पनि लाभदायक हुँदैन । अत: वर्कसप, सेमिनार, कन्फरेन्स आदिमा सहभागी भएर आफूलाई अझ बढी दक्ष बनाउँदै लानुपर्छ । आफ्नो क्षमता र दक्षता बढाउने काममा पछि पर्नु हुँदैन ।

–सहकार्य गरेर संगठित रूपमा काम गर्नुपर्छ । आफ्ना सहकर्मीहरूसित सहयोगी वातावरण कायम राख्नुपर्छ । आवश्यकताअनुसार एक–अर्काको मद्दत गर्नुपर्छ । कार्यक्षेत्रमा मित्रता कायम गर्नुपर्छ यद्यपि अनावश्यक आत्मीयता दर्साउनु खतरनाक हुनसक्छ ।

 

 Image