Successfully Copied

कति छ आत्मविश्वास ?

संसारमा सायदै कोही होला, जसले जीवनमा संघर्ष नगरेको होस् । संघर्षले नै हामीभित्र लुकेको आत्मविश्वासलाई अगाडि ल्याउँछ ।

संसारमा सायदै कोही होला, जसले जीवनमा संघर्ष नगरेको होस् । संघर्षले नै हामीभित्र लुकेको आत्मविश्वासलाई अगाडि ल्याउँछ । कतिपयले यसलाई पहिचान गरी बाधा–व्यवधानहरू पार गरी अघि बढ्छन् तर कतिपय मानिस भने त्यही अलमलमा फस्छन्, अघि त बढ्ने तर कसरी ? कठिन समयमा आत्मविश्वास कायम राख्ने व्यक्तिले नै सही अर्थमा राम्रोसँग जीवन जिउँछ । हाम्रा वरपर त्यस्ता व्यक्तिको कमी छैन जसमा योग्यता र कौशल भएर पनि सफलता तिनबाट धेरै टाढा छ  । यस्ता व्यक्ति मनले सबल भएर पनि कठिन परिस्थितिमा कमजोर हुन पुग्छन् । त्यही जीवनका विषम परिस्थितिहरूबाट पार लाग्ने उत्साहले नै मानिसहरूलाई उनीहरूको लक्ष्यसम्म पुर्‍याउँछ । आफ्नो खुबीबाट राम्रोसँग परिचित छ र आत्मविश्वासका साथ अघि बढ्ने सोच छ तर विश्वासका साथ अघि बढ्न सकिँदैन भने आफ्नो कन्फिडेन्स लेवल जाँच गर्नु आवश्यक हुन्छ ।

संकोचको त्याग 

आफ्नो काममा कुशल हुनुहुन्छ र समयमै काम गर्नुहुन्छ तर आफ्ना सहकर्मीहरूसँग कुराकानी गर्न संकोच मान्नुहुन्छ । कसैसित घुलमिल हुन डराउनुहुन्छ र धेरै सोच्नुहुन्छ भने तपाईं पूर्णरूपमा आत्मविश्वासी हुनुहुन्न । संकोचले आत्मविश्वासलाई धेरै हदसम्म कम गर्छ । सफलता प्राप्त गर्न आफ्नो काममा कुशल हुन जति आवश्यक छ, त्यति नै अरूका साथमा राम्रोसँग तालमेल बसाउनु आवश्यक हुन्छ । संकोची व्यक्तिका बारेमा प्राय: सबैले नकारात्मक सोच राख्छन् र ऊसँग दूरी कायम गर्छन् । जब कि आत्मविश्वास कायम राख्न साथी–सहयोगी आवश्यक छन् । 

स्वयंको पक्ष 

सहकर्मी वा घरका अन्य सदस्य हरेक काम आफूलाई दिएर निश्चिन्त हुन्छन् र केही नभनी चुपचाप ती काम पूरा गर्न अग्रसर हुनुहुन्छ भने तपाईं आफ्ना लागि स्ट्यान्ड लिन सक्नुहुन्न । यो स्वभावले पनि आत्मविश्वास कम गर्छ । अरुको मद्दत गर्दा आफ्नो राम्रो पक्ष दर्सिन्छ तर स्वयंलाई नोक्सान पुर्‍याउनु वा आफ्ना लागि आवाज नउठाउनु पनि एक प्रकारको अवगुण हो । यसबाट छुटकारा प्राप्त गर्नु आवश्यक छ । जबसम्म नाइँ भन्ने कला सिकिँदैन तबसम्म आत्मविश्वासबाट टाढै भइन्छ । 

निडरता  

त्यसो त सबैसित राम्रोसँग प्रस्तुत हुनुहुन्छ र सबै काम गर्न पनि जान्नुहुन्छ तर जब कुनै काम एक्लैले गर्नुपर्ने हुन्छ तब अघि बढ्न डराउनुहुन्छ । प्रत्येक कुरामा अरूको मद्दत चाहनुहुन्छ वा हरेक काम सोधेर वा मार्गदर्शन प्राप्त भएपछि मात्र गर्नुहुन्छ भने यो बानीले पनि आत्मविश्वासको तह कम भएको दर्शाउँछ । कुनै काम आफू एक्लैले गर्न नसक्नु पनि अवगुण नै हो । यस्ता व्यक्तिलाई हरेकले संशयको दृष्टिले हेर्छन् र काम भन्न डराउँछन् । जब कि अघि बढ्न स्वयंलाई प्रमाणित गर्नु आवश्यक हुन्छ । अत: आफूलाई प्रमाणित गरौं र अवसर नगुमाऔं ।

 

 Image