Successfully Copied

बदलिँदो जीवनशैलीमा स्तन क्यान्सर

बदलिँदो जीवनशैली, खानपान तथा व्यस्त दिनचर्याले पछिल्लो समय मानिसको जीवन बदलिएको छ । सँगसँगै विभिन्न रोग झाँगिदै गएका छन् । तिनैमध्ये स्तन क्यान्सर प्रमुख रोगका रूपमा देखिएको छ । यसो त स्तन क्यान्सरको कुनै ठोस कारण छैन ।

बदलिँदो जीवनशैली, खानपान तथा व्यस्त दिनचर्याले पछिल्लो समय मानिसको जीवन बदलिएको छ । सँगसँगै विभिन्न रोग झाँगिदै गएका छन् । तिनैमध्ये स्तन क्यान्सर प्रमुख रोगका रूपमा देखिएको छ । यसो त स्तन क्यान्सरको कुनै ठोस कारण छैन । कसैलाई वंशानुगत पनि हुनसक्छ । कतिपयलाई यसै पनि यो रोग लागेको पाइन्छ । परिवारमा हजुरआमा, आमा, दिदीबहिनी कसैलाई स्तन क्यान्सर भएको छ भने अन्यमा यसको जोखिम उच्च हुन्छ । ‘बीआरसीए–वान’ र ‘बीआरसीए–टु’ जीन (स्तन क्यान्सर) को उत्परिवर्तनका साथै सक्रियताका बढ्दै गयो भने ४५ देखि ६५ प्रतिशत स्तन क्यान्सरको विकास हुने देखिन्छ । अर्को कुरा, बढ्दो उमेरले पनि स्तन क्यान्सरको जोखिम बढाउँछ भने महिनावारीको प्रारम्भिक सुरुवात (१२ वर्षभन्दा कम) र ढिलो रजोनिवृत्ति (५५ वर्षभन्दा बढी) मा पनि यसको जोखिम उच्च देखिएको छ । अन्य कारकहरूमा विकिरण, मोटोपना, आरामदायक जीवनशैली, रक्सी सेवन आदि हुन् । 

लक्षणहरू 

स्तनमा गाँठो महसुस हुनु, स्तनको आकार असामान्य तरिकाले बढ्दै जानु, स्तन दुख्नु, निप्पलबाट स्राव हुन थाल्नु, स्तन क्यान्सरका मुख्य लक्षण हुन् । 

सावधानी 

स्तन क्यान्सरबाट बच्न विशेष गरी सकारात्मक पारिवारिक इतिहास भएका व्यक्तिहरू तथा अन्य महिलाले पनि नियमित रूपमा क्यान्सरको वार्षिक जाँच गराउने तथा अन्य चेकजस्तै स्तनको अल्ट्रासाउन्ड, म्यामोग्राम र एमआरआई गर्दै गर्नुपर्छ । सेवा उपलब्ध नभएको खण्डमा बलियो पारिवारिक इतिहास भएकाहरूले ‘बीआरसीए–वान’ र ‘बीआरसीए–टु’ जीन परीक्षण गर्न सक्छन् । 

उपचार 

‘बाइल्याटरल मास्टेक्टोमी’ (दुवै स्तन हटाउने) बाहेक अन्य कुनै विशेष निवारक विधिहरू छैन । पुनर्संरचनात्मक शल्यक्रियाबाट पुनः क्रृत्रिम स्तन राख्न सकिन्छ । विश्वप्रसिद्ध अभिनेतृ एञ्जेलिना जोलीको स्तन क्यान्सरबारे हामी सबैले सुनेकै छौं, उनले पनि स्तन क्यान्सरको शल्यक्रिया गराएकी थिइन् । सायद निको पार्ने कुनै औषधि, थेरापी र विधिहरू हुन्थे भने शल्यक्रियाको जरुरत पर्दैनथ्यो । 

खानपान 

यही कुरा यसरी नै खानुपर्छ भन्ने छैन । केवल सामान्य रूपमा स्वस्थ आहारविहारमा ध्यान दिनुपर्छ । 

डा. कुन्दु याङ्जोम

वरिष्ठ स्त्रीरोग विशेषज्ञ, नर्भिक इन्टरनेसनल अस्पताल

 Image