Successfully Copied

नेपालको हस्पिटालिटी विश्वमै प्रख्यात

हामी नेपालीको स्वभाव हँसमुख छ । हामी मिजासिला छौं । हामीकहाँ प्राकृतिक सुन्दरता उत्तिकै छ । हाम्रो कला–संस्कृति, संस्कार, पर्व र प्राकृतिक सुन्दरतालाई संसारभर चिनाउनुपर्छ । 

हस्पिटालिटी व्यवसायको अवस्था कस्तो छ ?

कोरोनाले धेरै अप्ठ्यारोमा पारेको छ । पछिल्लो समय भने केही सुधारोन्मुख छ । आन्तरिक पर्यटक बढी छन्, नेपालीहरूमा पनि पछिल्लो समय घुम्ने, खाने, नयाँ ठाउँ एक्सप्लोर गर्नेमा चेतना बढेको छ । पहिलाको तुलनामा सोच बदलिएको छ । हाल विदेशी पर्यटकहरू भने खासै छैनन् । भारतीय पर्यटकहरू भने आइरहेका छन् ।

नेपालको हस्पिटालिटी व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन के आवश्यकता देख्नुहुन्छ ?

हामी नेपालीको स्वभाव हँसमुख छ । हामी मिजासिला छौं । हामीकहाँ प्राकृतिक सुन्दरता उत्तिकै छ । हाम्रो कला–संस्कृति, संस्कार, पर्व र प्राकृतिक सुन्दरतालाई संसारभर चिनाउनुपर्छ । 

पर्यटन तथा हस्पिटालिटी क्षेत्रमा महिलाको उपस्थिति कस्तो छ ?

नेपालको परिप्रेक्ष्यमा यो क्षेत्रमा महिलाहरू आउने क्रम बढ्दो छ । हस्पिटालिटी क्षेत्रमा महिलाले राम्रो स्वागत–सत्कार गर्न सक्छन्, जुन पुरुषमा स्वभावैले पनि कमै हुन्छ । यो क्षेत्र महिलाका लागि धेरै राम्रो छ । होटल एसोसियसनकी अध्यक्ष अहिले महिला नै हुनुहुन्छ । 

हस्पिटालिटी व्यवसायलाई थप बढावा दिन के गर्न सकिन्छ ?

हस्पिटालिटी व्यवसायको अझै विकास र उन्नतिका लागि नेपाललाई आन्तर्राष्ट्रिय बजारमा चिनाउन जरुरी छ । राम्रा–राम्रा पर्यटकीय गन्तव्यहरू पत्ता लगाउनुपर्‍यो । त्यो गन्तव्यमा पुग्न बाटोघाटोलगायत सुविधा पुर्‍याउनुपर्छ । सरकारले हस्पिटालिटी र पर्यटनमा विशेष कार्यक्रमहरू ल्याउनुपर्‍यो । नगरकोटसम्म आउने बाटो पनि त्यति राम्रो छैन । पर्यटकहरू यहाँ आएपछि ठाउँ अत्यन्त सुन्दर तर बाटो असाध्यै अप्ठ्यारो भन्ने गुनासो गर्छन् । 

नेपालको पर्यटन र हस्पिटालिटी व्यवसायले नेपाली समाज र मुलुकलाई दिएको योगदान कस्ता छन् ?

स्थानीयलाई रोजगारी, किसानलाई आम्दानी गर्ने अवसर, विदेशी मुद्रा भित्र्याउने माध्यम आदि थुप्रै क्षेत्रमा यसले योगदान पुर्‍याएको छ । नेपालको सुन्दरतालाई अन्तर्राष्ट्रिय जगत्मा चिनाउने काम पनि यसले गरेकै छ । 

 

 Image