Successfully Copied

२०७९ साल मंसिर महिनाको राशिफल

मेष : कुनै विशेष काममा सफलता मिल्नेछ । कहिलेकाहीँ काम गर्दा कुनै कुराले मनमा दोधार हुनसक्छ । सकेसम्म तटस्थ र शान्त भएर काम गर्नुपर्ने बेला छ । पारिवारिक घुमघाम हुनसक्छ । कसैकसैलाई यो महिनामा सन्तान लाभ हुनसक्छ । धार्मिक कार्यतर्फ मन आकृष्ट

 

मेष : कुनै विशेष काममा सफलता मिल्नेछ । कहिलेकाहीँ काम गर्दा कुनै कुराले मनमा दोधार हुनसक्छ । सकेसम्म तटस्थ र शान्त भएर काम गर्नुपर्ने बेला छ । पारिवारिक घुमघाम हुनसक्छ । कसैकसैलाई यो महिनामा सन्तान लाभ हुनसक्छ । धार्मिक कार्यतर्फ मन आकृष्ट हुनसक्छ । दाम्पत्य जीवन सोचेजस्तै सुखमय रहनेछ । चोटपटक लाग्नसक्ने सम्भावना भएकाले भान्सामा काम गर्दा, सवारी चलाउँदा, सिँढीमा तलमाथि गर्दा, केटाकेटीसित खेल्दा पनि विशेष सतर्कता अपनाउनुहोला ।  

वृष

कुनै कामविशेषले कतैको यात्रा गर्नुपर्ला । महिनाको पूर्वाद्र्धको समय तपाईंले सोचेजस्तै अनुकूल नहुनसक्छ । उत्तराद्र्धको समय भने तपाईं अनुकूल नै रहनेछ । व्यावसायिक क्षेत्रमा, सेयर कारोबारमा सफलता मिल्नेछ । पारिवारिक वातावरण सुखमय रहनेछ । घरमा नयाँ सदस्यको आगमन हुनेछ । गरेको काममा अपेक्षित सफलता मिल्नेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । पेट एवं ग्यास्ट्रिकका बिरामीहरूले भने खानपानमा सजगता अपनाउनुपर्नेछ । आफ्नो व्यक्तिगत कामका लागि समय निस्कनेछ ।

मिथुन

आफ्नो कार्यक्षेत्रमा राम्रो उन्नति–प्रगति हुनेछ । सोचेअनुरूप काम सम्पन्न हुँदै जानेछन् । दाम्पत्य जीवनमा अपेक्षित माया, सद्भाव एवं समझदारी कायम रहनेछ । तपाईंको कार्यकुशलता देखेर सबै प्रभावित हुनेछन् । प्रतिस्पर्धीहरू पनि तपाईंकै पक्षमा उभिनेछन् । मनमा भएको तनाव हट्न जाँदा शरीरमा फुर्ती बढ्नेछ । आफ्नो इच्छानुसारको काम गर्न पाउ“दा मनमा प्रसन्नत्रता बढ्नेछ । कहिलेकाही“ राम्रै विचारले गरेको वा बोलेको कुरा पनि कसैलाई नराम्रो लाग्न सक्छ । सकेसम्म बोली र व्यवहारमा विनम्र रहनु नै राम्रो हुनेछ ।  

कर्कट

कुनै विशेष कुराको उपलब्धि हुनेछ । व्यक्तिगत काममा पनि सफलता मिल्नेछ । आफ्नो इच्छानुरूपको काममा आपूmलाई ढाल्ने मौका मिल्नेछ । कहिलेकाहीँ काम गर्दागर्दै आकस्मिक तनाव हुनसक्छ । सकेसम्म आपूmलाई धैर्य, शान्त र सकारात्मक राख्ने प्रयास गर्नुपर्नेछ । महिनाको उत्तराद्र्ध तपार्इंको अनुकूल रहनेछ । पारिवारिक खुसीका निमित्त कुनै कुरामा सम्झौता गर्नुपर्ला । एक–अर्काको कुरालाई बुझ्दै काम गर्ने प्रयास गरेमा दाम्पत्य जीवनमा मधुरता थपिनेछ । व्यावसायिक क्षेत्रबाट राम्रो लाभ हुनेछ ।

सिंह

काम गर्ने उत्साह एवं जाँगर बढ्दा शरीर स्वस्थ रहनेछ । आर्थिक पक्ष सुदृढ रहनेछ । आफ्ना प्रियजनसित भेटघाट गर्ने मौका मिल्नेछ । कसैकसैको घरमा नयाँ सदस्यको आगमन हुनेछ । दाम्पत्य जीवनमा कुनै कुरालाई लिएर वैचारिक मतभेद हुनसक्छ । राम्ररी खुलेर आफ्नो विचार एवं तर्क प्रस्तुत गर्न सकेमा तपाईंको कुरालाई बुझ्ने प्रयास हुनेछ । आपूmलाई चित्त नबुझेको कुरालाई परिवार वा  समाजमा व्यक्त गर्नुपर्दा पनि आफ्नो बोली वा विचारको ख्याल गर्नुपर्ने बेला छ । सन्तानको खुसीका निमित्त पनि कुनै कुरामा सम्झौता गर्नुपर्ला। सानासाना छोराछोरीको भावना बुझीकाम गरेमा अनावश्यक तनावबाट बच्न सकिन्छ ।                    

कन्या

समष्टिगत रूपमा राम्रो महिना छ । काम गर्ने पराक्रम बढ्नुका साथै शरीर पनि स्वस्थ रहनेछ । शैक्षिक, साहित्यिक एवं सामाजिक कार्यमा सफलता मिल्नेछ । कुनै विशेष कामले यात्रा हुनसक्छ । आफ्नो इच्छानुसारको काम गर्ने मौका मिल्नेछ । आर्थिक पक्ष सुदृढ रहनेछ । विभिन्न खालका व्यक्तित्वहरूसित भेटघाट गर्ने मौका जुट्नेछ । कसै–कसैलाई विशेष मान÷प्रतिष्ठा÷पद प्राप्त गर्ने अवसर मिल्नेछ । साथीसङ्गीसित रमाइलो गर्न पाइनेछ । अधूरा कामहरू सफलतातिर उन्मुख हुन पाइला चाल्नेछन् । आफ्नो प्रभुत्व र चाहनानुसार काम गर्न पाउ“दा मनमा सन्तोष बढ्नेछ ।

तुला

पारिवारिक सुख एवं समृद्धि बढ्नेछ । दाम्पत्य जीवन सुमधुर रहनेछ । सन्तानबाट अपेक्षित खुसी एवं सन्तोष पाइनेछ । विश्वसनीय व्यक्तिबाटै धोका पाइने सम्भावना भएकाले कसैमाथि भर नपर्नु नै राम्रो हुनेछ । आफ्नो गोपनीयतामा सजग रह“दै आफ्नो काम आफैं गर्नु नै राम्रो हुनेछ । अनपेक्षित समस्याले काममा बाधा हुनसक्ने भएकाले सकेसम्म महत्वपूर्ण काम निर्धारित समयअगावै सक्नु राम्रो हुनेछ । अनावश्यक खर्चको योग रहेकाले किनमेल एवं आर्थिक क्रियाकलाप गर्दा सतर्कता अपनाउनुपर्नेछ । रक्तचापको मात्रामा घटबढ, टाउको एवं आ“खा दुख्नेजस्ता सम्भावित समस्या हुनसक्ने भएकाले त्यस विषयस“ग सम्बन्धित व्यक्तिहरूले आफ्नो स्वास्थ्य र खानपानको ख्याल गर्नुहोला । सकेसम्म आपूmलाई शान्त र सकारात्मक राख्ने प्रयास गर्नुहोला ।

वृश्चिक

विभिन्न कामको जिम्मेवारीले मनमा तनाव र शरीरमा थकान हुनसक्छ । व्यक्तिगत काममा उचित समय दिन नसक्दा मन अधैर्य हुनसक्छ । सकेसम्म आपूmलाई सकारात्मक बनाउ“दै प्राथमिकताअनुसारको काममा आपूmलाई ढाल्नु नै राम्रो हुनेछ । आफू अनुकूल कामको तालिका बनाई स्वास्थ्य, खानपान र व्यक्तिगत कामका लागि अलिकति भएपनि समय छुट्याउन सके आफैंलाई सजिलो हुनेछ । सहयोगी हातहरू पछि हट्न सक्छन्, सकेसम्म आफ्नो काम आपैm गर्ने प्रयास गर्नुपर्नेछ । अर्काको भरविश्वासमा भरसक कुनै पनि काम नगर्नुहोला। परिवार एवं जोडीबाट भने अपेक्षित सहयोग र सद्भाव मिल्नेछ ।

धनु

व्यक्तिगत काममा सफलता मिल्नेछ । आफ्नो इच्छानुसारको समय बिताउने एवं किनमेल–घुमघाम गर्ने मौका मिल्नेछ । कसैको भर नपरी आफ्नो काम आफंै गर्दा मनमा आत्मसन्तुष्टि मिल्नेछ । प्रतिस्पर्धीले काममा तगारो हाल्ने प्रयास गरे पनितपाईंको व्यक्तित्व र प्रतिभाबाट आपैmं नतमस्तक हुनेछन् । महिनाको उत्तराद्र्ध पूर्वाद्र्धको तुलनामा केही अनुकूल रहनेछ । दाम्पत्य जीवनमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । श्रीमान्सित कतै घुमघाम गर्न जाने मौका मिल्नसक्छ । कहिलेकाहीँ काम गर्दा आकस्मिक बाधा आइलागेपनि आपैmंले समस्या सल्टाउने प्रयास हुनेछ । सम्बन्धित व्यक्तिबाहेक अरूलाई आफ्नो निजी कुरा नगर्नु नै राम्रो हुनेछ ।

मकर

क्रमशः कामहरू सफल हुँदै जानेछन् । मनमा भएको तनाव हट्नेछ । समस्याको समाधान हुनेछ । कुनै कामविशेषले कतैको यात्रा हुनसक्छ । धार्मिक कार्यतर्पm मनको झुकाव बढ्नेछ । कुनै प्रतिस्पर्धात्मक कार्यमा सफलता मिल्नेछ । कसैलाई सम्मानित÷अभिनन्दित हुने अवसर मिल्नेछ । आर्थिक पक्ष सुदृढ रहनुका साथै व्यापारिक क्षेत्र पनि सफल रहनेछ । दाम्पत्य जीवन सोचेजस्तै सुमधुर रहनेछ । सन्तान सुख प्राप्त हुनेछ । तपाईंको वाकपटुता र कार्यदक्षताको राम्रो प्रशंसा हुनेछ । कतैबाट कसैकसैलाई राम्रो काम गरेबापत कदरस्वरूप प्रशंसा÷सम्मान पत्र प्राप्त हुनेछ । साथीसङ्गीसित रमाइलो जमघट हुनेछ ।

कुम्भ

समस्याको समाधान हुनेछ । विगतमा कुनै कारणले रोकिएका कामहरूले पूर्णता लिन खोज्नेछन् । कुनै विशेष कार्यमा सफलता मिल्नेछ । परिवारबाट अपेक्षित सहयोग मिल्नेछ । शैक्षिक, साहित्यिक, सामाजिक क्रियाकलापमा सम्बन्धित व्यक्तित्वहरूलाई सफलता मिल्नेछ । आफ्नो कार्यक्षेत्रबाट उचित सम्मान प्राप्त गर्ने अवसर मिल्नसक्छ । कुनै कारणवश कतैबाट रोकिएको धनमाल फिर्ता हुनेछ । व्यावसायिक क्षेत्रबाट पनि राम्रो धनलाभ हुनेछ । सबैले आ–आफ्नो जोडी एवं साथीबाट अपेक्षित सहयोग पाउनेछन् । व्यक्तिगत कामका लागि समय निस्कनेछ । अनपेक्षित विवादको सम्भावना भएकाले सकेसम्म आपूmस“ग असम्बन्धित कुराबाट टाढै रहनु राम्रो हुनेछ ।

मीन

धार्मिक कार्यप्रति आस्था बढ्नेछ । कुनै माङ्गलिक कार्यमा सहभागी हुने मौका मिल्नेछ । कतैबाट कुनै कुराको लाभ हुनेछ । विभिन्न कामहरू तपाईंकै प्रभुत्व र जिम्मेवारीमा सम्पन्न हुनेछन् । काम गर्दा विभिन्न माध्यम एवं व्यक्तिहरूबाट सहयोग पाइनेछ । दाम्पत्य जीवन सोचेझैं सुमधुर रहनेछ । आफ्नो व्यक्तिगत काम एवं खुसीका लागि पनि समय निस्कनेछ । कहिलेकाहीँ कामको प्राथमिकता हेरी सबै काम निश्चित अवधिभन्दा केही समयअघि नै सक्ने प्रयास गरे सजिलो हुनेछ । अनपेक्षित विवादबाट तर्किन सम्बन्धित कुराबाहेकका कुरामा मौन रहनु नै राम्रो हुनेछ ।

 Image