Successfully Copied

हीनाले पहिरिन् ‘मिसेस् नेपाल पिस’ को ताज

यो वर्षको ‘मिसेस् नेपाल पिस २०२२’ को उपाधि हीना शुक्लाले प्राप्त गरेकी छन् । राजधानीमा आयोजित प्रतियोगितामा फोटोजेनिक विधाको अवार्डसहित उनलाई उक्त उपाधि प्राप्त भएको हो ।

यो वर्षको ‘मिसेस् नेपाल पिस २०२२’ को उपाधि हीना शुक्लाले प्राप्त गरेकी छन् । राजधानीमा आयोजित प्रतियोगितामा फोटोजेनिक विधाको अवार्डसहित उनलाई उक्त उपाधि प्राप्त भएको हो । उनलाई कार्यक्रममा ‘ब्रान्ड एम्बेसडर’ समेत रहेकी अभिनेतृ रिचा शर्माले विजेताको ताज पहि¥याएकी थिइन् । प्रतियोगितामा ‘पर्सनालिटीको अवार्ड’सहित रिमा खड्काले ‘फस्ट रनर्स अप’, सुविना शाक्यले ‘सेकेन्ड रनर्स अप’, सीमा सर्राफले ‘थर्ड रनर्स अप’ तथा रेशमा पुरीले ‘फोर्थ रनर्स अप’ उपाधि प्राप्त गर्न सफल भए ।  

यसैगरी, प्रतियोगितामा अञ्जु ढुंगानाले ‘पब्लिक च्वाइस’, विनीता प्रधानले ‘भ्युअर्स च्वाइस’, हीरा देवी श्रेष्ठले ‘ट्यालेन्ट’, सबी ह्याउँमिखाले ‘म्यानेज्मेन्ट च्वाइस’को ताज पहिरिन सफल भए । ‘एमी इन्टरटेनमेन्ट’का लागि एमी रौनियार आयोजक रहेको प्रतियोगिताको व्यवस्थापन युहान इन्टरनेसनल इभेन्ट्सले गरेको थियो ।

 Image