सेजल राजभण्डारी ‘मिस इको इन्टरनेशनल नेपाल २०२६’ घोषित
आगामी अप्रिलमा इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस इको इन्टरनेशनल २०२६ का लागि नेपालबाट आधिकारिक प्रतिनिधिको रूपमा सेजल राजभण्डारी छनोट भएकी छिन् ।
विवाहित महिलाहरुको प्रतियोगिता मिसेस नेपाल वर्ल्ड २०२४ को उपाधि डेनिला कार्कीले जितेकी छन् । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आयोजित अन्तिम प्रतिस्पर्धामा २८ प्रतिस्पर्धीलाई पछि पार्दै डेनिलाले सो उपाधि चुमेकी हुन् । कार्यक्रमका मुख्य निर्णायक एवं माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले फाइनलमा सोधेको प्रश्नको उत्कृष्ट जवाफ दिएर डेनिलाले सो उपाधि प्राप्त गरेकी हुन् । उनले उपाधिसँगै एउटा स्कुटर, आगामी जनवरी अमेरिकामा हुने मिसेस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने अवसर पनि हाासिल गरेकी छिन् ।
प्रतियोगितामा मिसेस नेपाल वर्ल्डमै फस्ट रनरअपको उपाधि एलिना घिमिरे, सेकेन्ड रनरअपको उपाधि किरण कार्कीले र थर्ड रनरअपको उपाधि अनु कार्कीले प्राप्त गरेका छन् । उनीहरुले पनि उपाधिसँगै गिफ्ट ह्याम्पर प्राप्त गरे ।
यस्तै सोही समारोहमा मिसेस नेपाल इन्टरनेसनलको उपाधि सुयशा राउतले प्राप्त गरिन भने एमएस नेपाल इन्टरनेसनलको उपाधि रेश्मा घिमिरेले हाासिल गरिन् । यी दुई विजेताले सिंगापुरमा हुने मिसेस इन्टरनेशनल र एमएस इन्टरनेशनल प्रतियोगितामा नेपालको तर्फबाट भाग लिन पाउने छन् । उक्त समारोहमा नेपालकी अग्रज हास्य अभिनेत्री वसन्धुरा भुसाललाई ६ दशकदेखि नेपाली चलचित्रमा निरन्तर योगदान पुर्याएकोमा मिसेस नेपाल वर्ल्ड मानार्थ सम्मान २०२४ बाट सम्मानित गरियो ।
मिसेस नेपाल वर्ल्ड मानार्थ सम्मानबाट सम्मानित भएकोमा खुसी व्यक्त गर्दै यो उपाधिले नेपाली चलचित्र क्षेत्रमा आगामी दिनमा अझ धेरै काम गर्ने र नेपाली चलचित्र हेरिदिन अनुरोध गरिन् ।
विभिन्न सांगीतिक प्रस्तुतिसहित रिबन इन्टरटेनमेन्टद्वारा आयोजना गरिएको यो प्रतियोगितामा विभिन्न शीर्षकमा उपाधि पनि प्रदान गरियो ।
यो प्रतियोगिताको मुख्य निर्णायकमा अनुराधा कोइराला, निर्णायकमा टेलिभिजनकर्मी भाष्कारराज राजकर्णिकार, अभिनेता धिरेन शाक्य, हास्य अभिनेता केदार प्रसाद घिमिरे, अधिवक्ता जेनिश पहारी, अभिनेतृ उषा रजक, श्री केश तेलका अध्यक्ष टिकाराम बुढाथोकीलगायत थिए ।