‘अमेरिकामा पनि सहज छैन म्युजिक करिअर’
नेपाली मूलका आमाबुवाबाट अमेरिकामा जन्मिएकी हुन्, प्रकृति देउजा । सानै उमेरदेखि संगीतमा रुचि राख्ने २५ वर्षीया प्रकृति अहिले संगीतमै सक्रिय छिन् । उनले अमेरिकामा थुप्रै स्टेज शो गरिसकेकी छन् ।
काभ्रेकी सोनाली सापकोटाले यो वर्षको ‘मिस इन्टरग्लोबल २०२२’ को ताज पहिरन सफल भएकी छन् । नाइजेरियास्थित लागोस लेकीमा सम्पन्न अन्तर्राष्ट्रिय फाइनल प्रतिस्पर्धामा उनले आफ्नो अब्बल प्रस्तुति दिँदै प्रतियोगिताको शीर्ष उपाधिमा नाम दर्ज गराएकी हुन् । प्रतियोगितामा क्यामरुनकी फ्लेचप जेमो सेलिया ‘फस्ट रनर अप’ तथा जाम्बियाकी ग्रेस म्विला ‘सेकेन्ड रनर अप’ घोषित भए ।

‘मिस इन्टरग्लोबल २०२२’ मा सहभागिता जनाउनुअघि सोनालीले ‘मिस ग्रान्ड नेपाल २०२१’ मा सहभागिता जनाएकी थिइन् । उक्त प्रतियोगितामा उनले ‘मिस कन्फिडेन्ट’ र ‘वेस्ट स्पिच’को अवार्डसहित ‘मिस स्कुबा नेपाल २०२०’ को ताज पहिरिएकी थिइन् । हालै मात्र ‘मिस इन्टरग्लोबल नेपाल २०२२’ को ताज पहिरिएपछि उनी ‘मिस इन्टरग्लोबल २०२२’ का लागि नेपालका तर्फबाट सहभागिता जनाउन नाइजेरिया पुगेकी थिइन् ।