छठ पर्व सम्पन्न
बिहान उदाउँदो सूर्यको अर्घ्य दिँदै छठ पर्वको विधिवत समापन गरिएको छ । जलासय किनारमा पूजासामग्रीसहित ब्रतालुले आदिदेव सूर्यको अर्घ्य दिएपछि छठ सम्पन्न भएको हो ।
काठमाडौंमा हालै प्रीति आत्रेय ज्ञवालीका ‘अनुभूतिको इन्द्रेणी’ कविता संग्रह सावर्जनिक भएको छ । पुस्तकमा ५९ वटा कविता समावेश छन् । पुस्तकमा समावेश कविता सरल, सरस र जीवन उपयोगी मार्मिक भएको विचार कार्यक्रमका सहभागीहरुले बताए । पितृलाई स्मरण गर्ने दिन पारेर कृति विमोचन गर्नुको कारण पिताप्रति श्रद्धाञ्जलीका लागि भएको प्रीतिको भनाइ थियो । ‘शब्दार्थ प्रकाशन’ले पुस्तक बजारमा ल्याएको हो ।