प्रमिलाको ‘ब्युटी विथ नेचर’
विभिन्न चराचुरुङ्गीका सुन्दर आकृति क्यान्भासमा उतार्ने प्रमिला राजकर्णिकार यथार्थवादी धारलाई पछ्याउने कलाकार हुन् । उनका सुन्दर कलाकृति प्रकृति र स्वतन्त्रतामा बढी केन्द्रित रहन्छन् ।

काठमाडौंमा हालै प्रीति आत्रेय ज्ञवालीका ‘अनुभूतिको इन्द्रेणी’ कविता संग्रह सावर्जनिक भएको छ । पुस्तकमा ५९ वटा कविता समावेश छन् । पुस्तकमा समावेश कविता सरल, सरस र जीवन उपयोगी मार्मिक भएको विचार कार्यक्रमका सहभागीहरुले बताए । पितृलाई स्मरण गर्ने दिन पारेर कृति विमोचन गर्नुको कारण पिताप्रति श्रद्धाञ्जलीका लागि भएको प्रीतिको भनाइ थियो । ‘शब्दार्थ प्रकाशन’ले पुस्तक बजारमा ल्याएको हो ।