क्वाटरवालीको रात

भूमिका विष्ट

भाद्र ९, २०७९ उनले जता हावा चल्छ त्यतै दियो बाल्छिन् । उनलाई दियो निभ्ने कुरा थाहा छ । उनी मुस्कुराइरहेकी छन् । उनलाई यो पनि थाहा छ–यो पापीहरूको सहर हो । जहा“ स्त्रीको एक मुस्कानको अर्थ ‘ग्रिन सिंगनल’ सोच्दै पुरुषहरू अपरिचित स्त्रीस“ग पनि सहवासको कल्पना गर्न थाल्छन् । तर पनि उनी मुस्कुराइरहेकी छन् । पुरानो एकसरो लुगा लगाएकी उनी यस्तो सहरमा बसिरहेकी छन्, जहा“  स्त्रीको बाहिरी शारीरिक बनावट देख्दा पलभरमै आ“खामा नग्न नारीको चित्र कोर्ने कतिपय पुरुषहरू बस्छन् ।

आजसम्म उनको नाम पनि कसैले सोधेनन् । उनको परिचय सोध्ने मानिस भइदिए उनको परिचय उनको नामबाटै हुनुपथ्र्यो । उनको परिचय त उनी बस्ने सानो घरले बनाइदिएको छ–क्वाटरवाली । उनी हाइवेबाट केही पर एउटा सानो दुई कोठे घरमा बस्छिन् । जुन एक बा“झो घर हो । धेरै पहिले त्यहा“ एउटा सानो परिवार बस्थ्यो । उनीहरू रोजगारीका क्रममा भारत गए तर फर्केर आएनन् । त्यही घरलाई स्थानीयले ‘क्वाटर’ भन्दा रहेछन् । 

उनी छोरा–बुहारीबाट अलि पर सानो घर बनाएर श्रीमान्स“गै पहाडमा बस्दै आएकी थिइन् । उमेरले ८० कटेका उनका श्रीमान् बढी धूम्रपान गर्थे । धूम्रपानकै कारण श्रीमान् लामो समय दम रोगले ग्रसित थिए । एक दिन त्यही रोगबाट श्रीमान्को मृत्यु भयो । त्यसपछि उनी बस्ने सानो घर उनका छोराले भत्काएर त्यहा“ खेती गर्न थाले । 

श्रीमान्को मृत्युपछि उनी छोरा–बुहारीस“गै बस्न थालेकी थिइन् । श्रीमान्स“गै उनले पनि धूम्रपान गर्थिन् । उनले धूम्रपान गरेको बुहारीलाई मन पर्दैनथ्यो । धेरै पटक बुहारीले धूम्रपान नगर्न अनुरोध गरे पनि उनले धूम्रपान गर्न छाडिनन् । छोरा–बुहारीले दिनहु“ ‘गन्हाउने बूढी’ चा“डै मरे हुन्थ्यो भन्न थाले । छोरा–बुहारीबाट अपमानित भएपछि उनी टाढै जाने निधो गरिन् । उनी एकदिन कसैलाई नभनी पहाडबाट महेन्द्रनगर आउने गाडीमा चढी मधेस झरिन्  ।

उनले पहिलो रात महेन्द्रनगर बसपार्क नजिकैको पिपलको चौतारोमा बिताइन् । दोस्रो दिन उनी गाउ“ पसेकी थिइन् । मधेसका बस्तीमा उनलाई सबैले मागी खाने महिला सम्झेर केही खाने कुरा दिए । ठूल्ठूला घर देख्दा उनले कसैले घरायसी काममा राखे बस्ने विचार गरेकी थिइन् । तर सबै आ–आफ्नै धुनमा थिए, कसैले उनलाई कहा“बाट आएको भनेर पनि सोधेनन्् । रात परिसकेको थियो । उनी त्यो रात पनि फेरि पिपलकै रूखमुनि बास बस्न पुगिन् ।

आकाशमा कालो बादल लागिरहेको थियो । चिसो हावा चलिरहेको थियो । मधेसको प्रचण्ड गर्मी, असारको त्यो रात, आकाशमा लागेको बादल र चिसो हावाले उनको मन केही शान्त भएको थियो । त्यसपछि उनी पिपलको रूखमुनि मस्त निदाइन् तर केही बेरमा उनलाई एक पुरुषले जबर्जस्ती गर्न खोज्यो । उनी त्यहा“बाट पनि भागिन् । उनले अलि पर एउटा घरमा रातो बत्ती बलेको देखिन् । उनी आत्ति“दै त्यहँ“ पुगिन्, ढोकामा चुकुल लगाएको थियो । उनी हतार–हतार चुकुल खोलेर भित्र पसी ढोका लगाइन्, लामो श्वास लि“दै आफूलाई सम्हालिन् ।  

उनी पसेको कोठा निकै अ“ध्यारो थियो । त्यसैले उनी झ्यालको नजिक आइन् जहा“बाट बादल गर्जिएको आवाज र केही उज्यालो आइरहेको थियो । उनले कोठालाई राम्रोस“ग हेर्न पाइनन् । घर धेरै पुरानो र फोहोर थियो, कोठाभरि माकुराका जाला थिए । उनले बत्ती भनीे टाढाबाट देखेको उज्यालो मेन सुइचको रातो बत्ती रहेछ, जुन कोठाको झ्यालबाट देखिएको रहेछ । एकैछिनमा ठूलो पानी प¥यो । उनले झ्याल बन्द गरी त्यही अ“ध्यारो कोठामा निदाइन् । 

भोलिपल्ट बिहान मात्र उनलाई त्यहा“ वरपरका मानिसबाट त्यो घरको नाम ‘क्वाटर’ भन्ने थाहा भयो । तर उनलाई कसैले किन त्यहा“ बसेको ? भनी सोधेनन् । सा“झपख घर वरपर साना केटाकेटी खेल्दै थिए । साना केटाकेटीको मुखबाट भने उनले सात बजेपछि ‘क्वाटर’ नजिक जान हुन्न । यो त भूत घर  हो, यहा“ राति भूतले रातो बत्ती बाल्छ भनेको सुनिन् । यो सुनेपछि त्यो घर यहा“ बस्ने कसैको निजी घर नभएको हु“दा घरमा आफू बसेकोमा कसैलाई आपत्ति नहुने कुरा बुझिन् । त्यो दिनदेखि त्यही ‘क्वाटर’ नै उनको वासस्थान बन्न पुग्यो । त्यसपछि उनलाई वरपरका मानिसले ‘क्वाटरवाली’ भन्न थाले । दुई कोठा मात्र भएकाले त्यो घरलाई ‘क्वाटर’ भनेका रहेछन् । उनी दिनभरि गाउ“मा अन्न मागेर सा“झ ‘क्वाटर’ मा फर्कन्थिन् । 

गाउ“गाउ“ डुलेर मागेको अन्नमध्ये केही बेचेर आफूलाई चाहिने सामान किन्थिन् । उनले आफ्नो कोठाको झ्याल नजिकै भगवान्को तस्बिर पनि राखेकी थिइन् । उनले सधै सा“झमा एउटा माटाको दियोमा बत्ती बाल्थिन् । 

केही समय मात्र भएको थियो, ‘क्वाटर’ मा उनको बास । उनलाई एक सा“झ गाउ“बाटै पछ्याउ“दै केही पुरुष ‘क्वाटर’ सम्म पुगेका थिए । उनी सा“झ खाना खाएर ढोका बन्द गरी सुतेकी थिइन् । मध्यरातमा कसैले उनलाई ढोका नखोले फोडेर भित्र आउने धम्की दिए । ढोका खोल्नासाथ उनलाई दुवै पुरुषले झम्टिए । झ्याल नजिकै बलिरहेको दियोलाई एक जना मानिसले निभाउ“दा त्यसको अनुहार दियोको उज्यालोमा छर्ल¨ देखियो । ती तिनै पुरुष थिए, जसले उनलाई गाउ“बाटै पछ्याउ“दै आएका थिए । तिनले उनलाई जबर्जस्ती गर्न थाले । आफ्नो यौन चाहनाको आनन्द लिएर ती पुरुष राति नै त्यहा“बाट भागे ।

त्यो रात उनले आफ्ना छोराहरूलाई सम्झिइन् । उनका दुई छोरा साना हु“दा उनको दूध खान स्तनमा लडीबुडी गर्थे । उनी दूध खुवाएर छोराको पेट भर्थिन् । छोराको उमेरका पुरुषहरूले आफ्नो बूढो शरीरमा लुछालुछ गरेपछि उनने ती पुरुषलाई सरापिन् । 

तर उनले त्यो कुरा कसैलाई भन्न सकिनन् । उनी आफूलाई सहज बनाउ“दै फेरि गाउ“मा माग्न जान थालिन् । त्यो रातपछिका प्रत्येक रात एक न एक पुरुष उनको ‘क्वाटर’ मा आउन थाले ।

रूप, बैंस हु“दा मात्र स्त्रीको वासनामा पुरुषहरू मोहित हुन्छन् भन्ने कुरालाई ‘क्वाटरवाली’ ले अस्वीकार गरिन् । किनभने उनको अशक्त शरीरस“ग यौन चाहना मेट्न सहरका एक न एक पुरुष हरेक राति उनीकहँ“ आउ“छन् । उनी उमेरले साठीकी छन् । दिउ“सो तरुनीहरूस“ग घुमेर मध्यरातमा केवल यौनका लागि मरिमेटेको देख्दा उनलाई पुरुषस“ग घृणा लाग्छ । 

रात पर्नेबित्तिकै ढोका खोल्न भनिन्छ । उनी बाध्य भएर ढोका खोल्छिन् । ढोका नखोले बाहिरबाट आगो लगाई जिउ“दै जलाउने धम्की दिइन्छ । बा“च्नका लागि पनि उनले ढोका खोल्छिन् । ढोका खोलेपछि झ्याल नजिकै बालेको बत्ती निभाउन अपराधी पुरुषहरू आउ“छन् । दियो निभाउ“दा उनी ती पुरुषको उनुहार हेर्छिन् । तीमध्ये कोही अधबैसे हुन्छन् भने कोही भर्खरका युवाहरू  ।

उनले भगवान्को तस्बिर नजिकै झ्यालमा दियो बाल्छिन् । उनलाई केहीबेरमा त्यो दियो निभ्ने कुरा पनि थाहा थियो । उनको दियो झ्यालबाट आउने हावाले निभाउनेछ वा ती भोका पुरुषले निभाउनेछन् । उनले रातिमा पुरानो एकसरो लुगा लगाएकी थिइन् । उनलाई जबर्जस्ती गरिने कुरा थाहा थियो । नभन्दै त्यहा“ एउटा युवक आयो । दियो निभायो र उनलाई जबर्जस्ती बलात्कार गरी आफ्नो यौन चाहना मेटायो ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>