छोला भटोरा
श्रावण ११, २०७९ सामग्री : मैदा २ सय ग्राम, सुजी २० ग्राम, अलिकति नुन, प्याज, अदुवा–लसुनको पेस्ट, जिरा–धनियाँको धूलो, नुन, बेसार, छोला मसला, आमचुर पाउडर, कस्तुरी मेथी, गरम मसला ।
विधि : मैदा, सुजी, अलिकति नुन हालेर मुछ्ने र ३० मिनेट छाडिदिने ।
छोलाका लागि
काबुली चना भिजाउने र उसिन्ने । कराहीमा तेल तताउने र त्यसमा प्याज, अदुवा–लसुनको पेस्ट खैरो हुन्जेल भुट्ने । त्यसपछि जिरा–धनियाँको धूलो, नुन, बेसार, छोला मसला, आमचुर पाउडर, कस्तुरी मेथी, गरम मसला हाल्ने र छोला हालेर करिब १५–२० मिनेट पकाउने ।
अब अघि मुछेर राखेको रोटी बेलेर तेलमा तार्ने ।
- एमडी रिजवाल
सेफ, गंगोर रेस्टुरेन्ट
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्